• १३ साउन २०८१, आइतबार

सुत्केरी महिलाको हेलिकोप्टरद्वारा उद्धार

blog

चार दिन देखि सुत्केरी व्यथाले छटपटाई रहेकी नलगाड नगरपालिका ८ की लक्ष्मी वलीको हेलिकोप्टरद्वारा उद्धार । तस्बिर: वासुदेव शर्मा

जाजरकोट भदौ १९ गते । जाजरकोटमा एक सुत्केरी महिलाको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ । नलगाड नगरपालिका -८ लुपानाकी २७ वर्षीया लक्ष्मी वलीलाई हेलिकोप्टरबाट उद्धार गरिएको हो । 

सुत्केरी व्यथाले छटपटाई रहेकी वली सुरक्षित प्रसूतिका लागि प्राथमिक स्वास्थ्य केन्द्र दल्ली आउनु भएको थियो । प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा उपचार सम्भव नभएपछि थप उपचारका लागी रिफर गरेको हो । 

भौगोलिक विकटता बर्षायामको समय भएका कारण बाटो अवरुद्ध हुने भएकाले एम्बुलेन्सबाट ज्यान जोखिम हुने हुँदा हेलिकोप्टर मार्फत प्रदेश अस्पताल सुर्खेत पठाएको नलगाड नगरपालिका -४ का वडा अध्यक्ष बद्री पन्तले बताउनुभयो । 

सुरक्षित सुत्केरी हुन नसकी केही दिन देखि प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा छटपटाइ रहेकी वलीको अवस्था गम्भीर देखेर आमा बच्चालाई सुरक्षित राख्न हेलिकोप्टरको व्यवस्था गरेर कर्णाली प्रदेशको राजधानी सुर्खेत पठाएको हो । 
Author

वासुदेव शर्मा