• १३ साउन २०८१, आइतबार

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही सम्मानित

blog

मुख्यमन्त्री शाहीलाई सम्मान गर्दै मञ्चका अध्यक्ष लामा । तस्बिर : राजन रावत

राजन रावत

हुुम्ला, भदौ १६ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही सम्मानित हुनुभएको छ । लामा सांस्कृति मञ्च हुम्लाले मुख्यमन्त्री शाहीलाई सम्मानित गरेको हो । मञ्चका सदस्य राजबहादुर लामाले मुख्यमन्त्री शाहीले सामाजिक विकासमा गरेको योगदानको कदर गर्दै उहाँलाई सम्मानित गरिएको बताउनुभयो । 

मुख्यमन्त्री शाहीलाई मञ्चका अध्यक्ष धर्मानन्द लामाले दोसल्ला ओढाएर तथा कदरपत्र प्रदान गरेर सम्मानित गर्नुभयो । राजनीतिकर्मी भएर धर्म संस्कृतिको संरक्षण तथा सम्बद्र्धनमा योगदान गरेको भन्दै मञ्चले उहाँलाई सम्मान गरेको उहाँको भनाइ छ ।  

आफुु सम्मानित भएपछि मुख्यमन्त्री शाहीले आफू मञ्चको अभियानमा साथ रहेको बताउनुभयो । धर्म र संस्कृति बचाउन सबैको दायित्व भएको बताउँदै मञ्चको अधुरो भवन निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

मुख्यमन्त्री शाहीले सबै जातजाति मिलेर जिल्लाको विकासका लागि लाग्नुपर्ने बेला आएको बताउनुभयो । परम्परागत साँस्कृतिलाई बचाउन नयाँ पिँडीका लागि पर्नुपर्ने बताउनुभयो । सम्मानले आफुसलाई सामाजिक क्षेत्रमा अझ कटिबद्ध भएर लाग्ने प्रेरणा मिलेको उहाँले बताउनुभयो । 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्मा, प्रमुख जिल्ला अधिकारी सीता परियार, नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामा, सिमकोट गाउँपालिकाका निवर्तमान अध्यक्ष पदमबहादुर लामा लगायतको सहभागिता थियो ।