• १३ साउन २०८१, आइतबार

दोहोरो झडपमा परी मृत्यु

blog

नवीन सुवेदी 

सुर्खेत, भदौ १५ गते । हरितालिका तीजका अवसरमा भएको नाचगान रमाइलो हेर्न गएका एक युवाको वीरेन्द्रनगरमा दोहोरो झडपमा परी मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० बामेखोलामा मङ्गलवार बेलुकी नाचगान हेर्न गएका २१ वर्षीय रोशन जिसीको दोहोरो झडपमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको घर वीरेन्द्रनगर वडा नम्बर १० बामेखोलास्थित पठानटोलमा छ । मङ्गलवार नाचगान हेर्न गएका युवाहरूबीच झडपमा परी मृत्यु  भएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार झडपका क्रममा घाइते भएका जिसीलाई उपचारका लागि अस्पताल लग्नासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । घटनामा संलग्नहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता सुरज कार्की बताउनुभयो ।