खराब मौसमका कारण रोकिए पर्यटक
नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न गएका ५६ पर्यटकको टोली लिमीको ताक्चीमा रोकिएको छ । दर्शन गरेर फर्किएको यो टोली खराब मौसमको कारण हेलिकोप्टर उडान नहुँदा ताक्चीमा रोकिको हो । मानसरोवर कैलाशको दर्शन गरेर सोमबार सिमकोट आउनुपर्ने ५६ जना धार्मिक पर्यटक ताक्चीमै रोकिएको ट्रेकर सोसाइटीका प्रबन्धक प्रह्लाद लिम्बूले जानकारी दिनुभयो । ती पर्यटकलाई हेलिकोप्टरबाट सिमकोट ल्याउने कार्यक्रम रहेको भए पनि खराब मौसमका कारण हेलिकोप्टरले उडान भर्न नसकेपछि पर्यटक ताक्चीमै रोकिएका हुन् । त्यस्तै खराब मौसमकै कारण लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न ताक्ची पुगेका ९४ जना पर्यटक पनि रोकिएका छन् । खराब मौसमका कारण यो टोलीले कैलाश दर्शन गर्न सकेको छैन ।
अटो दुर्घटनामा दुईजनाको मृत्यु, पाँच घाइते
सल्यानमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण
कर्णाली प्रदेश सरकारका नवनियुक्त दुईजना मन्त्रीले शपथ ग्रहण गर्नुभएको छ । सोमबार आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रातो कामीलाई नियुक्त गरिएको थियो ।
बीउ उत्पादनमा आत्मनिर्भर बन्दै भेरी नगरपालिका
आगामी पाँच बर्षमा सबैखाले बीउ उत्पादनमा आत्मनिर्भर बन्ने भेरी नगरपालिकाले लक्ष्य लिएको छ । बिउको खोजीमा व्यावसायिक किसानलाई नगरपालिकाभन्दा बाहिर जानुपर्ने अबस्थाको अन्त्य गर्न भेरी नगरपालिकाले सो लक्ष्य लिएको हो ।
जङ्गल संरक्षण गर्न स्टिम बोइलर चुलो जडान
वन जंङ्गलको संरक्षण गर्न जिल्लाको एक विद्यालयले स्टिम बोइलर चुलो जडान गरेको छ । नाम्खा गाउँपालिका –४ को याल्वाङको नाम्ख्युङ महामाया आधारभूत विद्यालयले सो चुलो जडान गरेको हो ।
एक सातामा १८ जनामा डेङ्गु सङ्क्रमण
रुकुम पश्चिममा डेङ्गुका बिरामी बढ्दै गएका छन् । जिल्लामा पछिल्लो एक सातामा १८ जनामा डेङ्गु फेला परेको बताइएको छ । जिल्ला अस्पताल सल्ले र एक निजि अस्पतालमा मात्र एक हप्तामा १८ जना डेङ्गुका बिरामी फेला परेका हुन् ।
सिकाइमैत्री वातावरणको अभाव
कर्णालीका बालविकास केन्द्रमा सिकाइमैत्री वातावरणको अभाव देखिएको छ। शैक्षिक सामग्री, बालमैत्री शौचालय, खानेपानी र सिकाइका लागि उचित वातावरणको अभाव छ। जसले गर्दा बालबालिकामा सिकाइको जग बलियो बन्न नसकेको बताइएको छ। दुल्लु नगरपालिका–१०, ज्वाला आधारभूत बालविकास केन्द्रका शिक्षक अमृता थापाले बालबालिकाका लागि आवश्यक पर्ने पर्याप्त शैक्षिक सामग्रीको अभाव भएको बताउनुभयो। उहाँले बालविकास केन्द्रमा विद्यार्थीको चाप बढेको तर अपेक्षित सिकाइ हुन नसकेको बताउनुभयो।
अझै धामीझाँक्रीकै भर
अहिलेको समयमा पनि हुम्लाका मानिस बिरामी हुँदा उपचारका लागि धामीझाँक्रीको भर पर्ने प्रचलन हटेको छैन। बिरामीलाई भूतप्रेत लागेको आशङ्कामा धार्मिक मान्यताअनुसार धामीसँग पु-याएपछि निको हुन्छ भन्ने अन्धविश्वासले यस्तो प्रचनल बढ्दै गरेको हो। सिमकोट गाउँपालिका–५ की बाँचकली रावतले २३ वर्षकी छोरी बिरामी भएपछि घण्टपाल देवताको धामीकोमा पु-याएको बताउनुभयो। नबोल्ने, रुने, कराउने, हिँड्न नसक्ने भएपछि उहाँले छोरीलाई धामी बसाल्न लैजानुभएको हो।
नक्कली परीक्षार्थी पक्राउ
रुकुमपश्चिममा अरुको नामबाट परीक्षा दिने एक बिद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ स्थित श्री यमुना नन्द नमूना माविमा संचालन भइरहेको कक्षा १० को एसईईको ग्रेड बृद्धिको परीक्षामा अर्काको नाममा परीक्षा दिने एक व्यक्ति पक्राउ परेका हुन् ।
दुई बालिका बलात्कृत, एक अभियुक्त पक्राउ
सल्यानमा दुई बालिका बलात्कृत भएका छन् । जिल्लाको १४ वर्षीया र १७ वर्षीया दुई बालिका बलात्कृत भएको घटना खुलासा भएको हो ।
पहिरोमा पुरिएर आमाछोरीको मृत्यु, एक बेपत्ता
शनिबार रातिबाट परेको अविरल वर्षाका कारण आइतबार आएको पहिरामापरी आमाछोरीको मृत्यु भएको छ । खोलाले बगाउँदा एक बृद्ध बेपत्ता हुनुभएको छ भने एक बालिकाको जीवितै उद्धार गरिएको छ ।
हिलाम्मे सडकले यात्रुलाई सास्ती
दार्मा गाउँपालिका २ का हेमन्त शर्मा सल्यान खलंगा आउन पैदल चार घण्टा हिँडेर थारमारे आउनुभयो । पश्चिम रुकुम चौरजहारी दार्मा हुँदै राप्ती राजमार्गको थारमारे आउने सडक वर्षा सुरु भएपछि अवरुद्ध भएको छ । दार्मा ६ का इन्द्रबहादुर केसीले सडक अवरुद्ध हुँदा सास्ती भएको बताउनुभएको छ ।
पादुकास्थानका सम्पदा उच्च जोखिममा
नेपाल सरकारले तोकेका एक सयवटा पर्यटकीय गन्तव्यमा सूचीकृत पञ्चकोसीका पाँच थानमध्ये एक पादुकास्थान संरक्षणविहीन बनेको छ। सरोकार निकायको ध्यान संरक्षणमा नजाँदा ऐतिहासिक कला र सम्पदा उच्च जोखिममा परेका छन्। वैष्णव र शिव पुराणका अनुसार पादुकास्थान देवी सतीको पाउ पतन भएको स्थान मानिन्छ। कुनै बेला १६० वटा मन्दिर रहेको पादुकामा अहिले सबै भत्किसकेका छन्। मन्दिर क्षेत्र आसपासमा भग्नावशेष यत्रतत्र छरिएका छन्। मूर्तिसमेत हराउँदै गएका छन्। भएका मूर्तिको समेत उचित संरक्षण हुन सकेको छैन। मन्दिरमा झारपात उम्रिएको छ। त्यो क्षेत्रमा नयाँ कालिका मन्दिर निर्माण गरिएको छ। धुनीघरलाई मर्मत गरिएको छ। जहाँ मन्दिरमा आएका धर्मावलम्बी र मन्दिरका पुजारी बस्ने गर्छन्।
हिमाल छ, आरोही छैनन्
मुगु जिल्लाका कोइकी, चङ्खेली, काञ्जिरोवा हिमाल आरोहणको कार्य अघि बढ्न सकेको छैन। जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगमकामारोङ गाउँपालिका–२ मा कोइकी हिमाल पर्छ। यो हिमालको प्रचारप्रसारको अभावले गुमनाम जस्तै छ। मुगुमकामारोङ गाउँपालिका–२ का स्थानीय छेतुङ लामाले हिमालको प्रवद्र्धन नहुँदा आरोहणको कार्य अघि बढ्न नसकेको बताउनुभयो। कोइकी हिमाल चढ्ने गरेका लामाले कहिलेकाहीँ जापानी, फ्रान्सेली, अमेरिकी पर्यटक चढ्न आउने गरे पनि आजसम्म हिमाल चढ्न नसकेको बताउनुभयो।
लाप्चाबाट कैलाश दर्शन गर्ने बढे
यस वर्षको पहिलो विदेशी पर्यटकको समूहले नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गरेको छ । हुम्लाको सदरमुकाम सिमकोट आइपुगेको चौथो दिन पर्यटकले मानसरोवर कैलाशको दर्शन गरेको हो । ट्रेकर सोसाइटीका प्रबन्धक प्रह्लाद लिम्बूले विभिन्न मुलुकका ५६ जनाको टोलीले लाप्चाबाट शनिबार दिउँसो मानसरोवर कैलाशको दर्शन गरेको बताउनुभयो ।
मुगुका किसानलाई स्याउ टिप्न चटारो
मुगुको छायाँनाथ रारा नगरपालिका–५ ताल्चाकी विस्नमाया रोकायाको परिवारलाई यतिवेला आफ्नो बगैँचामा फलेको स्याउ टिप्न भ्याइनभ्याई छ । यस्तै वडा नं ४ का हरिबहादुर भाम पनि स्याउ टिप्नमै व्यस्त हुनुहुन्छ । रोकाया र भाम मात्र होइन गाउँका सबैलाई स्याउ टिप्न चटारो छ ।
मौसमी रुघाखोकीका बिरामी बढे
जिल्लाभर कोरोना सङ्क्रमणका लक्षणसँग मिल्ने मौसमी रुघाखोकीमा बिरामी बढेका छन् । मौसम परिवर्तन हुनुु र चाडवाडमा स्थानीयले सावधानी अपनाउन नसकेको कारण यस्ता लक्षणका बिरामीको सङ्ख्यामा बृद्धि भएको चिकित्सकको भनाइ छ ।
छेडागाड नगरपालिकाका सामुदायिक विद्यालय एक हप्ता बन्द
सामुदायिक विद्यालय कार्यालय सहयोगी संघर्ष समिति, छेडागाड नगरपालिकाले एक हप्ता विद्यालय बन्द गर्ने निर्णय गरेको छ । संघर्ष समितिका सचिव कालीबहादुर बस्नेतले नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिको पत्राचार अनुसार विद्यालय बन्द गर्ने निर्णय गरेको बताउनुभयो ।
म्याद थपका लागि ठेकेदारको दौडधुप
कालीकोटको कोटवाडा विमानस्थलमा हवाईजहाज अवतरण होला त ? भनेर प्रश्न गर्नेले सैँतीस वर्ष बिताइसकेका छन्। सो विमानस्थल २०४२ साल जेठदेखि निर्माण थालिएको थियो। सदरमुकाम मान्मदेखि पाँच घण्टा टाढाको दूरीमा रहेको कोटवाडा विमानस्थल निर्माणमा ३५ जना मजदुरले ज्यानसमेत गुमाइसकेका छन्। २०५८ सालको त्यो त्रासदी घटनामा धादिङको जोगीमाराका १७ जना मजदुरले ज्यान गुमाएका थिए। स्थानीय कृष्ण विष्टको घरमा बसेका ती मजदुरलाई सशस्त्र द्वन्द्वरत माओवादीको आशङ्कामा सेनाले कारबाही गरेको थियो। सो घटनामा छ महिनाको बालकसहित ३५ जनाले ज्यान गुमाएका थिए। ती मृतकको शवसमेत सेनाले बन्दै गरेको विमानस्थल क्षेत्रभित्रै गाडेका थिए।
कर्णालीका नौ हजार बढी उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च विवरण
निर्वाचन सम्पन्न भएको तीन महिना बितिसक्दासमेत कर्णालीका नौ हजार बढी उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गराएका १२ हजार आठ सय ४७ मध्ये नौ हजार चार सय छ जनाले खर्च विवरण नबुझाएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।
सिंजा संरक्षण सम्बन्धी विधेयक फिर्ताको प्रस्ताव
कर्णाली प्रदेस सरकारले सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८ लाई अघि नबढाउने भएको छ । सरकारले लामो समयदेखि छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको विधेयक फिर्ताको प्रस्ताव गरेको हो ।
वन र खोल्सामा प्याड
गत वर्षदेखि सुर्खेतका सामुदायिक विद्यालयले छात्राहरूलाई निःशुल्क रूपमा प्याड उपलब्ध गराउन थालेपछि उनीहरूलाई प्याडको समस्या हटेको छ। तर प्याड प्रयोग गरिसकेपछि विसर्जन गर्ने ठाउँ नहुँदा निकै समस्या भएको छ। छात्राहरूले अहिले पनि रगतले लतपतिएको प्याड आफ्नै झोलाभित्र राख्छन् र वनजङ्गल तथा खोलाखोल्सातिर लगेर फ्याँक्छन्। यो उनीहरूको रहर होइन, बाध्यता हो। उनीहरूलाई प्याड दिइयो, विसर्जन गर्ने तरिका बताइएन, जसले गर्दा छात्राहरू प्रयोग भएको प्याड खोलानालामा फाल्न बाध्य भएका छन्।
सेनाको क्याप्टेन हुँ भन्दै हिड्ने युवा पक्राउ
नेपाली सेनाको क्याप्टेन हुँ भन्दै हिड्ने एक ब्यक्ति जाजरकोटमा पक्राउ परेका छन् । जाजरकोट नलगाड नगरपालिका १३ खातीगुर्ताका २७ बर्षीय विष्णु गिरीलाई नक्कली कागजात सहित प्रहरीले पक्राउ गरेको हो ।
दश जनाको परीक्षण गर्दा आठमा कोरोना पुष्टि
दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका –४ को गोठेलबाडा गाउँमा दश जनाको कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको छ । सिङ्गो गाउँमा कोरोनाका लक्षणसँग मिल्ने बिरामी देखिएपछि परीक्षणका लागि स्वास्थ्यकर्मीको टोलीले नमूना संकलन बिधिद्वारा परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।