• १३ साउन २०८१, आइतबार

अटो दुर्घटनामा दुईजनाको मृत्यु, पाँच घाइते

blog

प्रतीक इच्छुक शर्मा

सल्यान, भदौ १३ गते । सल्यानमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्लाको कालीमाटी गाउँपालिका-१ चुरीकोइराबाट सोही वडाको लक्ष्मीपुर टोटाबाज जाँदै गरेको रा १ ह २२१९ नम्बरको अटो  सोमबार साँझ शारदा नगरपालिका १० नयाँ गाउँ नजिकै दुर्घटना भएको हो । 

दुर्घटनामा परी कालिमाटी गाउँपालिका-१ लक्ष्मीपुरकी अन्दाजी ३० वर्षीया धनी पुन र अन्दाजी ७० वर्षीया कमला पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले  दुवै जनाको सल्यान जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिनु भयो । उहाँका अनुसार  दुर्घटनामा परी लक्ष्मीपुरकी अन्दाजी ३० वर्षीया अमृता बपाल, उहाका २ वर्षको छोरा अविषेक बपाल २० वर्षीया अस्मिता पुन  उहाँका ३ वर्षीय छोरा सुसान्त पुन, र अटो चालक १८ वर्षीय धनिराम बुढाथोकी घाइते भएका छन् । 

घाइते सबैको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था मध्यम रहेको प्रहरी भनाइ छ । अटो अनिमन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको छ ।