शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शंकर केसी
सल्यान, चैत २७ गते । भिरबाट सल्यानमा एकजनाको ज्यान गएको छ । जिल्लाको दार्मा गाउँपालिका–६ मल्चा निवासी ५९ वर्षीय प्रेमबहादुर कामीको सोहि स्थानस्थित चिसापानी भिरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बिहीबार दिउँसो २ बजेतिर स्थानीयले चिसापानी भिरबाट करिब १०० मिटर तल खसेको अवस्थामा उनको शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
मृतक प्रेमबहादुर गत चैत २५ गते जाजरकोटबाट घर फर्कने क्रममा उक्त घटना भएको बुझिएको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।