• १७ असार २०८१, सोमबार

दुई बालिका बलात्कृत, एक अभियुक्त पक्राउ

blog

सल्यान, भदौ १३ गते ।  सल्यानमा दुई बालिका बलात्कृत भएका छन् । जिल्लाको १४ वर्षीया र १७ वर्षीया दुई बालिका बलात्कृत भएको घटना खुलासा भएको हो ।

दुवै बालिकाहरूमाथि विवाहको प्रलोभन देखाएर बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले  बालिकामाथि कालीमाटी गाउँपालिका ४ का १९ वर्षीय छविलाल गिरी र २० वर्षीय मेघराज थापाले विवाह गर्ने प्रलोभन देखाएर बलात्कार गरेको उजुरी परेको बताउनुभयो । उहाँका अनुसार कालीमाटी गाउँपालिका १ लक्ष्मीपुरको त्रिज माविमा बालिकालाई बोलाएर जबर्जस्ती करणी गरेको खुलासा भएको हो ।

प्रहरीका अनुसार विवाह गर्ने प्रलोभनमा बलात्कार गरेपछि दुई बालिकालाई जङ्गलमा छाडी दुवै जना पुरुषहरू फरार भएका थिए । आरोपित छविलाल गिरीलाई पक्राउ परेका छन् । अर्का आरोपित मेघराज थापा भने फरार रहेका छन् । उनीहरू माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



Author

प्रतीक इच्छुक शर्मा

लेखक बाट थप