• ७ जेठ २०८१, सोमबार

नक्कली परीक्षार्थी पक्राउ

blog

रुकुम पश्चिम, भदौ १३ गते । रुकुम पश्चिममा अरूको नामबाट परीक्षा दिने एक विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ स्थित श्री यमुना नन्द नमुना माविमा सञ्चालन भइरहेको कक्षा १० को एसइईको ग्रेड वृद्धिको परीक्षामा अर्काको नाममा परीक्षा दिने एक व्यक्ति पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी रुकुम पश्चिमका अनुसार जिल्लाको आठबिसकोट नगरपालिका १४ का १९ वर्षीय वीरेन्द्र मल्ल पक्राउ परेका हुन् । पक्राउ परेका मल्ललाई शिक्षा ऐन अन्तर्गत जिल्ला अदालतबाट म्याद थप गरेर कारबाहीका लागि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) विष्णु प्रसाद सोतीले जानकारी दिनुभयो ।  

Author

राजु लामिछाने