सुर्खेतमा बैकल्पिक विमानस्थल निर्माण गरिँदै
सुर्खेतको भेरीगंगा नगरपालिकामा विमानस्थल निर्माणका लागि प्रक्रिया सुरु भएको छ । नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षमा सुर्खेतमा बैकल्पिक विमानस्थल निर्माणको लागि बजेट विनियोजन गरेको छ ।
कर्णालीका विद्यार्थीले पाएनन् अझै पाठ्यपुस्तक
शैक्षिक सत्र सुरु भएको चार महिना बित्न लाग्दा पनि कर्णालीका अधिकांश विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन्। अघिल्ला वर्षजस्तै यस वर्ष पनि विद्यालय तहका विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउन सकेका छैनन्। भर्ना भएर विद्यालय गए पनि यो अवधिसम्म हजारौँ विद्यार्थीका हात खाली छन्। प्रदेशभरका धेरै सामुदायिक विद्यालयले पुस्तक अभाव झेलिरहेको बताइएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सञ्चालित विद्यालयका विद्यार्थीसमेत पाठ्यपुस्तकको पर्खाइमा छन्। वीरेन्द्रनगर नगरपालिकाका सामुदायिक विद्यालयले पर्याप्त पाठ्यपुुस्तक पाएका छैनन्। प्रदेशका दुर्गम जिल्लाहरूको अवस्था उस्तै छ।
प्रदेश मन्त्रिपरिषद् समावेशी नहुँदा नवनियुक्त मन्त्रीको शपथ रोकियो
कर्णाली प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीको शपथ रोकिएको छ।
उद्योगमन्त्रीमा सिफारिस हुनुभएका शाहीको शपथ रोकियो
कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त हुनुभएका वीरबहादुर शाहीको शपथ ग्रहण रोकिएको छ ।
कोरोना प्रतिकार्यमा जुट्यो कर्णाली सरकार
कोभिड–१९ रोकथाम, निदान र उपचारसम्बन्धी कामलाई प्रभावकारी बनाउन गठित प्रदेशस्तरीय निर्देशक समितिको बिहीबार बसेको बैठकले परीक्षणको दायरा बढाउने, एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने, खोप अभियान समुदाय स्तरसम्म पुर्याउने मातहतका निकायलाई निर्देशन दिएको छ ।
५५ वर्षकी लामा कक्षा एकमा भर्ना
सिमकोट गाउँपालिका–३ को गुम्वा गाउँँकी ५५ वर्षीया एक महिला कक्षा एकमा भर्ना हुनुभएको छ ।
ज्याला माग्दै मजदुर
कर्णाली लोकमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डका मजदुरले दुई वर्षसम्म पनि ज्याला पाएका छैनन् । सिञ्जा गाउँपालिका–२ घोडेङ्गा गाउँदेखि कनकासुन्दरी गाउँपालिका–८ रोकायावाडासम्मको खडकखण्डमा काम गरेका मजदुरले ज्याला नपाएका हुन् । सिञ्जा गाउँपालिका–१ की मूलकली कामीले सडकमा ज्याला मजदुरी गरेको ज्याला नपाएको बताउनुभयो । उहाँले दैनिक पाँच सय रुपियाँ ज्याला दिने भनेर काममा लगाइएको र काम गरेको दुई वर्षसम्म ठेकेदारले ज्याला नदिएको बताउनुभयो ।
गाउँपालिकाको बजेट फिर्ता
आर्थिक वर्ष २०७८–७९ मा सिमकोट गाउँपालिकाको बिकासे बजेट पौने आठ करोड रुपियाँ फिर्ता गएको छ । काम सुरु हुन नसक्नु, भएको काम पूर्ण नगर्नु र गाउँपालिकाले मिलान कोष शिर्षकमा बजेट बिनियोजन नगरेपछि बजेट फिर्ता गएको बताइएको छ ।
कर्णालीमा अझै ६० हजार पाठ्यपुस्तक अभाव
कर्णाली प्रदेशमा अझै करिब ६० हजार पाठ्यपुस्तक अभाव छ । जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्य पुस्तक पठाउन नसकेको जनाएको छ ।
जोखिममा कपुरकोट
कपुरकोट बजार पहिरोको जोखिममा परेको छ। खारा पहिरोका कारण कपुरकोट गाउँपालिका–३ को कपुरकोट बजार र राप्ती लोकमार्ग बर्सेनि भासिँदै गएका छन्। पहिरोका कारण कपुरकोट बजारका चार दर्जनभन्दा बढी घरधुरी अति जोखिममा रहेका छन्। कपुरकोट गाउँपालिका–२, कपुरकोटका केशव शर्माले दिनप्रतिदिन जमिन भासिँदै गएपछि स्थानीयवासी त्रसित भएको बताउनुभयो।
आयोग पदाधिकारीको सुविधासम्बन्धी विधेयक प्रमाणीकरण
कर्णाली प्रदेश लोक सेवा आयोगका पदाधिकारीको पमरिश्रमिक, सेवाका शर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा २०१ को उपधारा २ बमोजिम बुुधबार सो विधेयक प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिनुभयो ।
कर्णाली प्रदेश आन्दोलनको सात वर्ष पूरा, सहिद परिवारकाे जीविकाेपार्जनमा समस्या
नवीन सुवेदीसुर्खेत, साउन २५ गते । अखण्ड मध्यपश्चिमको माग राख्दै २०७२ साउन २५ गते सुर्खेतमा भएको आन्दोलनका क्रममा सहिद भएकाहरुको श्रद्धाञ्जली अर्पण गरिएको छ । प्रदेश प्राप्तिका लागि भएको आन्दोलन आज (साउन २५ गते) ७ वर्ष पूरा भएको छ । सो बेला सुर्खेतका तीन र जुम्लामा एक जनाको मृत्यु भएको थियोे । मध्यपश्चिम र सुदूरपश्चिमलाई गाभेर प्रदेश नम्बर ६ बनाएपछि चर्केको आन्दोलनमा प्रहरीको गाली लागि सुर्खेतका यामबहादुर बिसी, गोपालसिंह रजवार, टीकाराम गौतम र जुम्लाका हरिबहादुर कुँवरको मृत्यु भएको थियो । कर्णाली प्रदेश जन्माउने चार जना सहिदलाई कर्णाली प्रदेश सरकारले बिर्सिँदै गएको सहिद परिवारले गुनासो गरेका छन् । सहिद यामबहादुर बिसी स्मृति प्रतिष्ठानले गरेको सातौँं सहिद समृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली सभामा प्रदेश सरकारले पीडामाथि झन् पीडा थप्दै गएको उहाँहरुले गुनासो गर्नुभएको छ । सहिद बिसीा बहिनी भगवति बिसीले अधिकार प्राप्तिको लडाईँमा रगत बगाएका सहिदलाई सरकारले अपमान गरेको बताउँदै भन्नुभयो, ‘‘प्रदेश सरकारले हामीलाई जुन प्रकारको आश्वासन दिएको थियो त्यस अनुसार काम नहुँदा पीडा बोध हुन्छ, एउटा सानो श्रद्धाञ्जली सभा आयोजना गर्न हलको व्यवस्था समेत गर्न सकेको छैन ।’’ यस्तै, वीरेन्द्रनगर ४ का सहिद गौतमका छोरो अमृत गौतमले छात्रवृतिका नाममा २४ हजार बाहेक अन्य सहयोग सरकारले नगरेको दुखेसो पोख्नुभयो । उहाँका आमा दुर्गादेवी गौतम दीर्घ रोगी हुनुहुन्छ । मुटुको भल्व परिवर्तन गरेका दुर्गादेवीलाई अहिले उपचारमा समस्या भइरहेको छ । आम्दानीको मुख्य स्रोत कृषि रहेको थियो ।सहिदका सपना पूरा गर्न प्रदेश सरकार लागेको छ: मन्त्री बुढाक्षेत्रीश्रद्धाञ्जली सभामा बोल्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले सहिदको सपना साकार पार्न लागि परेको बताउनुभयो । संघीयता प्राप्ति पछिको आन्दोलनले कर्णाली जन्मेको भन्दै मन्त्री बुढाक्षेत्रीले प्रदेश प्राप्तिको आन्दोलनमा राज्य पक्षको गोली लागि सहादत प्राप्त गर्ने चार जनालाई कर्णाली सरकारले उच्च सम्मान गरेको बताउनुभयो । उहाँले सहिदको सम्झनामा प्रादेशिक सहिदपार्क स्थापना गरिएको उल्लेख गर्दै परिवारका बालबालिकालाई छात्रवृति, जीविकोपार्जन, रोजगारी, घाइतेहरुको उपचार र उत्थानमा प्रदेश सरकारले विशेष योजना अगाडि सार्ने प्रतिबद्धता जनाउनुभयो ।
वाह ! महावुमा श्रद्धालुको ओइरो (फोटो फिचर)
महावुधाम धार्मिक तथा पयर्टकीय क्षेत्रको रुपमा प्रख्यता छ । दैलेख जिल्लाको नौमुले गाँउपालिका २ वडा अन्तर्गत पर्ने महावुधाम कालिकोट जिल्लाको महावै गाँउपालिका र दैलेखकै महावु गाँउपालिकासँग जोडिएको छ ।
खाजाको बजेट कटाएर शिक्षकलाई पारिश्रमिक
सरकारले बालबालिकाका लागि उपलब्ध गराउँदै आएको दिवा खाजाको बजेटबाट शिक्षकलाई पारिश्रमिक दिँदै आएको पाइएको छ। विद्यालयमा शिक्षक दरबन्दी कम र विद्यार्थी चाप बढी हुँदा निजी स्रोतबाट शिक्षक नियुक्ति गरेर दिवा खाजाको बजेटबाट शिक्षकलाई पारिश्रमिक दिइएको बताइएको छ।
कर्णालीको मन्त्रिपरिषद् हेरफेर
कर्णाली प्रदेशको मन्त्रिपरिषद् हेरफेर गरिएको छ । मुख्यमन्त्री जीवन बहादुर शाहीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय आफैसँग राख्नु भएको छ ।
भेरी खानेपानीको डिजाइन रिभ्यु हुने
भेरी लिफ्टिङ्ग खानेपानी आयोजनाको ‘डिजाइन रिभ्यु’ हुने भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा आगामी ३० वर्षको अवधिमा बृद्धि हुनसक्ने जनसंख्यालाई पानीको सहज आपूर्ति गर्ने उद्देश्य राखी निर्माण गर्न लागिएको आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डिपिआर माथी विज्ञहरुबाट पुनः परामर्श लिन लागिएको हो ।
लाखौं खर्च गरेर बनाएको तरकारी संकलन केन्द्र संचालनमा आएन
रुकुम पश्चिमको मुसीकोट नगरपालिका ५ बागबजारमा निर्माण गरिएको तरकारी संकलन केन्द्र निर्माण भएको लामो समय बितिसक्दा पनि संचालन हुन सकेको छैन । एक वर्षअघि नै तरकारी संकलन केन्द्र संचालन गर्नेगरी निर्माण सम्पन्न गरिए पनि हालसम्म संचालनमा नआएको हो ।
पहिरो जोखिममा कपुरकोट
कपुरकोट बजार पहिरोको जोखिममा परेको छ । खारा पहिरोको कारण कपुरकोट गाउँपालिका–३ को कपुरकोट बजार, राप्ती लोकमार्ग वर्षेनि भासिँदै गएको छ ।
उच्च घरानाका लागि विलासिताका सावर उत्पादन
सावर एक प्रकारको विशिष्ट किसिमको छाला हो । सावर गाई, गोरु, राँगा, भैँसी, मृग, रतुवा वा अन्य चौपायाको बनाउन सकिन्छ । काल गतिले मेरेका होस् वा शिकारीले शिकार गरेका हुन् । शरीरबाट छाला निकालेर खाडलमा राखेर प्रसोधन गरेपछि सावर बन्छ । तर सर्वोत्कृष्ट सावर मृग अथवा रतुवाको बन्छ ।
भवन बन्यो, सेवा सुरु भएन
सिमकोट गाउँपालिका–५, तल्लो गाउँमा सामुदायिक स्वास्थ्य एकाइको भवन बने पनि सञ्चालनमा आउन सकेको छैन। भवन निर्माण सम्पन्न भएको एक वर्ष भइसक्दा पनि सो एकाइका लागि आवश्यक उपकरण र जनशक्तिको व्यवस्था हुन नसक्दा सञ्चालनमा आउन नसकेको बताइएको छ।
बेपत्ता स्वास्थ्यकर्मी मृत फेला
गतको शुक्रबारबाट बेपत्ता भएका ताँजकोट गाउँपालिका– ४ का स्वास्थ्यकर्मी १९ वर्षीय जीवन बोगटी मृत भेटिएका छन् । स्वास्थ्य संस्थादेखि घर फर्केका बोगटी सोमबार बेलुका सल्लाको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छप्रेला प्रहरी चौकीका इन्चार्ज बलिभद्र पनेरुले जानकारी दिनुभयो ।
विद्यालयमै बालबालिकालाई दूध
बालबालिकाको पोषणमा सुधार ल्याउने उद्देश्यसाथ रुकुमपश्चिमको मुसीकोट नगरपालिका–६ का बालबालिकालाई विद्यालयमै दूध खुवाउने व्यवस्था गरिएको छ। वडाले वाल शिक्षा र कक्षा १ का बालबालिकालाई विद्यालयमा दूध कार्यक्रम थालेको हो। चालू आर्थिक वर्षको बाल पोषण कार्यक्रमअन्तर्गत वडामा रहेका तीनवटा विद्यालयमा सो कार्यक्रम सञ्चालन गरिएको कार्यवाहक वडाध्यक्ष अनिल बुढाले जानकारी दिनुभयो।
लाप्चा गेउ खोलामा बन्यो गाडी गुड्ने काठेपुल
पर्यटकीय स्थल लाप्चा क्षेत्र जाने गेउ खोलामा गाडी गुड्ने काठे पुल निर्माण भएको छ । यसअघि सडक निर्माण भएपनि यातायात सञ्चालनमा समस्या हुँदै आएको थियो । काठेपुल बनेपछि यातायात सञ्चालनमा सहज भएको छ ।
अरिंगालले टोकेर कर संकलकको मृत्यु
रुकुम पश्चिममा अरिंगालको टोकाईबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका अन्तर्गत कर संकलन केन्द्र झुल्नेटामा कर संकलक पदमा कार्यरत सुवर्ण सुनारको मृत्यु भएको छ ।