• १३ साउन २०८१, आइतबार

आयोग पदाधिकारीको सुविधासम्बन्धी विधेयक प्रमाणीकरण

blog

मुना हमाल

सुर्खेत, साउन २५ गते । कर्णाली प्रदेश लोक सेवा आयोगका पदाधिकारीको पमरिश्रमिक, सेवाका शर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा २०१ को उपधारा २ बमोजिम बुुधबार सो विधेयक प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिनुभयो ।  

लोक सेवा आयोगका पदाधिकारीहरुको सुविधासम्बन्धी विधेयक प्रदेश सभाबाट साउन ९ गते पारित भएको थियो ।