रास्कोटमा अर्को अस्पताल बन्न सुरु
कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा अर्को अस्पताल बन्न सुरु भएको छ । संघ सरकारको सहयोगमा नगरपालिका वडा नं ५ को कुमालकोटमा १५ श्य्याको अस्पताल बन्न सुरु गरेको हो । धुलिखेल निर्माण सेवा काठमाडौंले रास्कोटमा अस्पताल निर्माणको काम गरिरहेको छ ।
भेरी र कर्णाली करिडोरलाई प्राथमिकता दिने: मुख्यमन्त्री शाही
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले भेरी र कर्णाली करिडोरलाई प्राथमिकता दिने बताउनुभएको छ । विकास र सुशासन नै समृद्धिको आधार भएकाले ठूला योजनालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको हो ।
महिना दिनपछि खुल्यो सडक
कालीकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपालिकाको मुल सडक एक महिना पछि सुचारु भएको छ । गत असारको १९ गते वाट अवरुद्ध भएको सान्तीघाट मेहेलमुडीको मुल सडक शुक्रबार साँझबाट सञ्चालनमा आएको हो ।
नेपालकै आकर्षक र चर्चित पुल
कैलाली जिल्लाको चिसापानी कर्णाली नदीमा निर्माण गरिएको केबुल स्टेड पुल निकै आकर्षक र चर्चित पनि छ ।
निर्माण नसक्दै भत्कियो नाला
सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ मा निर्माण भइरहेको नाला काम नसकिदै भत्किएको छ । हटलाईन सडक अन्तर्गत औद्योगिक क्षेत्र टोलदेखि नेवारेसम्म निर्माण हुन लागेको करिव ५०० मिटर मध्ये एक सय मिटरबढि नाला निर्माण ठेकेदारको लापरवाहीले भत्किएको हो ।
पढाइ खर्च जुटाउन कालापहाड
जिल्लाका विपन्न समुदायका विद्यार्थी बिदाको समयमा मजदुरी गर्न भारतको कालापहाड जाने गरेका छन्। भारतमा मजदुरी गरी कमाएर विद्यालय पोसाक, स्टेसनरी र पढाइ शुल्क तिर्ने गरेको उनीहरूले बताएका छन्।
फुरु व्यवसायबाट दैनिक एक लाख रुपियाँ कमाई
कोरोना अघि ६ महिनाका लागि चीनको ताक्लाकोट जानुभएका हुुम्लावासीको फुरु (काठको भाँडा) ब्यापार फस्टाउदै गएको छ । कोरोनाको कारण हिल्सा नाका बन्द हुँदा अन्य ब्यापारी जान नपाउने र उतै रोकिनुुभएका ब्यापारी थोरै भएपछि फुुरु ब्यापारबाट कमाई राम्रो भएको व्यापारीको भनाइ छ ।
बेतन कर्णालीको पूर्वतयारी धमाधम
सुर्खेत र अछाममा निर्माण हुने बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको काम धमाधम भइरहेको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भई प्रभावित क्षेत्रमा रायसुझाव लिने काम भइरहेको छ भने मुआब्जा वितरणको काम सकिने लागेको छ । आयोजनाको पूर्वाधार निर्माणभन्दा अगाडिको प्रारम्भिक आधारभूत संरचना निर्माणको काम पनि भइरहेको छ ।
बडीमालिकाको पूजा गर्न डोलीसहित सरकारी टोली
बाजुरा जिल्लास्थित बडीमालिका भगवती पूजाका लागि वैदिक विधिअनुरूपका पूजाको डोलीसहित जुम्लाबाट सरकारी टोली त्यसतर्फ पैदलै प्रस्थान गरेको छ। जनैपूर्णिमाको दिन लाग्ने मेलाका लागि फूलप्रसादसहितको सरकारी डोली पठाइएको हो। सो डोली बडीमालिका मन्दिरमा पुग्न कम्तीमा पनि एक हप्ता समय लाग्ने जनाइएको छ। सो डोली लैजाँदा पैदलै जानुपर्ने परम्परा रहेको छ।
चन्द समूहका जिल्ला नेता केसी मृत फेला
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला नेता मृत फेला पर्नुभएको छ । पार्टीको विशेष कमिटीका सदस्य, पूर्व जिल्ला इन्चार्ज लोकपाल केसी (महेन्द्र) मृत फेला पर्नु भएको हो ।
पहिरोको जोखिममा सदरमुकाम मान्म
कालीकोट जिल्लाको सदरमुकाम मान्म बजार र आसपासको क्षेत्र पहिरोको उच्च जोखिममा छ। डाँडामाथि बजार, दुवै तर्फको जमिन पहरामाथि भएकाले जति बेला पनि पहिरो खस्ने खतरा छ।
कर्णालीबाट चिकित्साशास्त्र अध्यापन
स्याङ्जाका सिद्धार्थ पौडेल अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएस अध्ययनरत हुनुहुन्छ । आईएस्सी उत्तीर्ण गर्दैगर्दा उहाँलाई जुम्लामा एमबीबीएस पढाइ हुने कलेज छ भन्नेसमेत थाहा थिएन । एमबीबीएस तयारीमा रहेको बेला जुम्लामा चिकित्साशास्त्र पढाइ हुने खबर सुनेपछि उहाँले जुम्लामा गएर एमबीबीएस पढ्ने निधो गरी प्रवेश परीक्षामा सहभागी भएको बताउनुभयो । पढाइका लागि नाम निस्किएपछि जुम्ला आएको सुनाउँदै उहाँले भन्नुभयो, “सुरुमा कस्तो होला ? कसरी जुम्ला जाने भन्ने लाग्थ्यो । अहिले यस्तो राम्रो ठाउँमा आएर एमबीबीएस पढ्न पाउँदा खुसी लागेको छ । अब जुम्लाबाट चिकित्सक बन्ने सपना पूरा गर्दै छु ।”
फुरु ब्यापारबाटै दैनिक एक लाख कमाई
कोरोना अघि ६ महिनाका लागि चीनको ताक्लाकोट जानु भएका हुम्लावासीको फुरु (काठको भाँडा) ब्यापार फस्टाउदै गएको पाईएको छ । कोरोनाको कारण हिल्सा नाका बन्द हुँदा अन्य ब्यापारी जान नपाउने र उता रोकिने ब्यापारी थोरै भएपछि फुरु ब्यापारबाट कमाई राम्रो हुने गरेको हो ।
मतदान स्थल थप्न माग
जिल्लामा बसेको सर्वपक्षीय बैठकले दुर्गमको मासपुरसहित दसवटा स्थानमा नयाँ मतदान स्थल कायम गर्न माग गरेको छ । मतदातालाई मतदान गर्न १३ घण्टा पैदल हिँड्नुुपर्ने र मतदाता सङ्ख्या पनि बढी भएका कारण नयाँ मतदान स्थल कायम गर्न निर्वाचन आयोगसमक्ष माग गरिएको हो ।
११ स्थानीय तहका विद्यालयमा नर्स कार्यक्रम सुरु हुँदैै
कर्णाली प्रदेशका ११ वटा स्थानीय तहमा रहेका १०९ वटा विद्यालयमा नर्स राखिने भएको छ । विद्यालय नर्स कार्यक्रम अन्तर्गत विद्यालयमा नर्स राखिने भएको हो । विद्यालय तहबाट नै बालबालिकालाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले यस कार्यक्रमले लिएको छ ।
अठतीस प्रतिशत जनसङ्ख्या निरक्षर
नेपाल सरकारले आर्थिक वर्ष २०६५/०६६ मा दुई वर्षभित्र देशबाट निरक्षरता उन्मूलन गर्ने योजनासहित अभियान सुरु गरेको भए पनि कर्णाली प्रदेशमा ३८ प्रतिशत जनसङ्ख्या साधारण लेखपढ गर्नसमेत जाँदैनन् । कर्णालीमा कुल जनसङ्ख्याको ६२ प्रतिशत मात्रै साक्षर छन् । जसअनुसार कर्णालीमा अझै चार लाख बढी जनसङ्ख्या निरक्षर छन् । कर्णालीका कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा पूर्ण साक्षर हुुन बाँकी छन् । प्रदेशका १० जिल्लाका ७९ स्थानीय तहमध्ये ३० भन्दा बढी साक्षर घोषणा हुनसकेका छैनन् । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत व्यक्ति साक्षर भएमा पूर्णसाक्षर जिल्ला घोषणा गर्ने गरिएको छ ।
कर्णाली कोरिडोरको पहिरो हटाउन सुरु
हिल्सा जोड्ने कर्णाली कोरिडोर बन्द भएको आठ दिनपछि पचालझरना गाउँपालिकाले सो सडक सञ्चालनको प्रयास थालेको छ । सो कोरिडोरका विभिन्न ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । अहिले स्काभेटर लगाएर पहिरो पन्छाउने काम भइरहेको छ । पचालझरना गाउँपालिका–८, लाफा खण्डमा अघिल्लो आइतबार पहिरो आएको थियो । ठाउँठाउँको हिलाम्मे सडक पार गरे पनि सयौँ यातायातका साधान लाफा पहिरोमा थुनिएका थिए । कोरिडोर बन्द भएको समाचार गोरखापत्रमा प्रकाशित भएपछि गाउँपालिकाले पहिरो पन्छाउन थालेको हो ।
चार दिनदेखि हवाई सेवा अवरुद्ध
हुम्लाको हवाई सेवा चार दिनदेखि मौसम खराब हुँदा अवरुद्ध भएको छ । बाक्लो बादल लाग्नुका साथै निरन्तर पानी परिरहेका कारण हवाई उडान हुन नसकेको हो ।
सडक स्तरोन्नतिमा असन्तुष्टि
जीर्ण र जोखिमयुक्त भएको कपुरकोट–निगालपानी सडकको स्तरोन्नति कार्य सन्तोषजनक नभएको भनी नागरिकस्तरबाट विरोध गरिएको छ । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने चुनढुङ्गा ढुवानी गर्ने टिप्परका कारण कपुरकोट गाउँपालिका क्षेत्रको सडकमा अत्यधिक जोखिम र समस्या निम्त्याइएको भन्दै नागरिकस्तरबाट लामो समयदेखि आन्दोलन हुँदै आएको छ ।
लिमीवासीले नौ महिनापछि पाए ४० केजी खाद्यन्न
नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीवासीले नौ महिनापछि प्रति घरधुरी ४० केजी खाद्यन्न पाएका छन् । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सिमकोटबाट गएको खाद्यन्न लिमी पुगेपछि लिमीका तीन गाउँवासीले सो खाद्यन्न पाएका हुन् ।
वितरण नहुँदै हरायो १५९ क्विन्टल अनुदानको नुन
सरकारले मुगुमा बिक्री वितरणका लागि अनुदानमा उपलब्ध गराएको नुन जिल्ला सदरमुकाम गमगढी बजारबाट हराएको छ । छायाँनाथ रारा एयर कार्गो ढुवानी सेवाले ढुवानी जिम्मा लिएको १ सय ५९ क्वीन्टल नुन सदरमुकाम गमगढीबाट हराएको हो ।
दलित र न्यून आय भएकालाई खाद्यान्न सहयोग
खार्पुनाथ गाउँपालिका वडा नं. ५ का अध्यक्ष भरतजंग शाहीले आफूले राज्यबाट पाउने पहिलो सेवा र सुविधाबाट खाद्ायन्न सहयोग गर्नुभएको छ । वडाका दलित, एकल महिला र पुुरुष तथा आफ्नै आम्दानीबाट खाना नपुग्नेलाई सो खाद्यान्न सहयोग गरिएको उहाँले बताउनुभयो ।
कर्णाली करिडोर एक सातादेखि बन्द
कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा सडकखण्ड एक सातादेखि बन्द रहेको छ । दैनिकजसो पानी पर्ने भएका कारणले सडक हिलाम्मे भएपछि यातायात सेवा बन्द भएको हो ।
पानीमा भेटियो ‘कोलिफर्म’
सदरमुकाम सिमकोटको खानेपानीमा मानव स्वास्थ्यका लागि हानिकारक जीवाणु कोलिफर्म र इकोली भेटिएको छ । सिमकोट बजार र वडा नं. ५ र ६ का लागि आपूर्ति हुँदै आएको खानेपानी योजनाको मुहान, इन्टेक र धाराको पानी परीक्षण गर्ने क्रममा सो जीवाणु भेटिएको हो ।