• ७ वैशाख २०८१, शुक्रबार

फुरु व्यवसायबाट दैनिक एक लाख रुपियाँ कमाई

blog

आफ्नो फुरु ब्यापारको पसलमा काम गर्दै हुुम्लाका महिला ब्यापारी । तस्बिर : सौजन्न ठोक्याल लामा

राजन रावत

हुुम्ला साउन २० गते । कोरोना अघि ६ महिनाका लागि चीनको ताक्लाकोट जानुुभएका हुुम्लावासीको फुुरु (काठको भाँडा) ब्यापार फस्टाउँदै गएको छ । कोरोनाको कारण हिल्सा नाका बन्द हुँदा अन्य ब्यापारी जान नपाउने र उतै रोकिनुुभएका व्यापारी थोरै भएपछि फुुरु ब्यापारबाट कमाइ राम्रो भएको व्यापारीको भनाइ छ ।

दुुई वर्षदेखि चीनको पुुराङ काउण्टीको ताक्लाकोटमा फुुरु ब्यापार गर्दै आउनुुभएका ब्यापारी ठोक्याल लामाले अहिले दैनिक एक लाख रुपियाँ कमाइ हुनेगरेको बताउनुुभयो । २०७६ को जेठ महिनामा उहाँ लगायतको टोली ताक्लाकोटमा ब्यापार गर्न जानुुभएको थियो । सो वर्ष कात्तिक महिनामै हिमपात भएको कारण उहाँ लगायत १४७ जना हुुम्लावासी फर्कन पाउनुुभएन । लगत्तै कोरोना सुरु भएको थियो ।

ताक्लाकोटबाट हुम्ला फिर्ता आउन नपाउने भएपछि फुुरु ब्यापारतर्फ लागेको लामाले बताउनुुभयो । एउटा राम्रोखाले फुरुको मूल्य दशदेखि ४० हजारसम्म पर्ने उहाँको भनाइ छ । नाका बन्द भए पनि ब्यापार राम्रो भएको कारण सबै ब्यापारी खुुसीले ताक्लाकोटमा बस्दैआएको बताउनुुभयो । ९८ जना हुम्लाका ब्यापारीले यो ब्यापार गर्दैआएको उहाँले जानकारी दिनुभयो । 

सबै नेपालीको ब्यापार जोड्दा दैनिक डेढ करोडसम्म कमाइ हुन्छ उहाँले भन्नुभयो । सबैको कमाइ राम्रो भएको कारण सिमकोटदेखि सुर्खेत र काठमाडौंमा घरघडेरीको ब्यवस्था गर्न ब्यापारी सफल भएको बताउनुुभयो । ताक्लाकोटमा रोकिएकामध्ये ४९ जनाले मजदुुरी काम गर्दै आउनुभएको उहाँले बताउनुभयो ।