• १४ वैशाख २०८१, शुक्रबार

चन्द समूहका जिल्ला नेता केसी मृत फेला

blog

प्रतीक इच्छुक शर्मा 

सल्यान, साउन १९ गते । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला नेता मृत फेला पर्नुभएको छ । पार्टीको विशेष कमिटीका सदस्य, पूर्व जिल्ला इन्चार्ज लोकपाल केसी (महेन्द्र) मृत फेला पर्नुभएको हो । 

बाग्चौर नगरपालिका–१० मोख्ला नजिकै धानखेतमा उहाँ मृत भेटिनुभएको प्रहरीले जनाएको छ । झोला बोकेकै अवस्थामा उहाँ धानखेतमा घोप्टो परेको अवस्थामा मृत फेला  परेको प्रहरीको भनाइ छ ।  

छत्रेस्वरी गाउँपालिका –४ भिम्पे ठूलीखर्क घर भएका केसी मृत अवस्थामा फेला परेको खबर पाएपछि प्रहरी घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालले मोख्लाबाट स्यानीखालतिर जाने क्रममा भीरबाट मान्छे लडेकोजस्तो देखिएपछि त्यहाँको अनुसन्धान भएको बताउनुभयो ।

घटनास्थलको थप अनुसन्धान भइरहेको उहाँले जानाकरी दिनुभयो । उहाँका अनुसार नेता केसीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ ।