• ४ जेठ २०८१, शुक्रबार

दलित र न्यून आय भएकालाई खाद्यान्न सहयोग

blog

खाद्यन्न सहयोग गर्नुहुँदै वडा अध्यक्ष शाही । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, साउन १५ गते । खार्पुनाथ गाउँपालिका वडा नं. ५ का अध्यक्ष भरतजंग शाहीले आफूले राज्यबाट पाउने पहिलो सेवा र सुविधाबाट खाद्यन्न सहयोग गर्नुभएको छ । वडाका दलित, एकल महिला र पुुरुष तथा आफ्नै आम्दानीबाट खाना नपुग्नेलाई सो खाद्यान्न सहयोग गरिएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष शाहीले आफ्नो बाचाअनुुसार पहिलो पारिश्रमिकबाट वडाका न्यून आयस्रोत भएको परिवारलाई खाद्यान्न सहयोग गरिएको बताउनुुभयो । उहाँले वडाका सबै दलित, एकल महिला र पुुरुष तथा आफ्नो आम्दानीबाट खाना नपुग्ने २५ घरधुरीलाई खाद्यान्न सहयोग गरेको उहाँको भनाइ छ ।

प्रतिपरिवार १५ केजी खाद्यान्न सहयोग गरिएको उहाँले जानकारी दिनुभयो । पहिलो पारिश्रमिक आफ्नो खातामा आएलगत्तै सहयोग सुुरु गरिएको र अब सहयोगको क्रम जारी रहने उहाँले बताउनुुभयो । आफुूले दिएको सहयोग ठूलो नभए पनि यसबाट केही राहत पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । 

निर्वाचन अघि आफूले जनतामाझ बाचा गरेअनुसार सहयोग शुरु गरेको उहाँको भनाइ छ । आफुू निर्वाचित भएलगत्तै आफुूले राज्यबाट पाउने सेवा र सुविधाबाट सुत्केरीको उद्धार, बिरामीलाई उपचार र घरमा खाना नपुग्नेलाई खाद्यान्न सहयोग गर्ने प्रतिबद्धता जनाएको उहाँले बताउनुभयो ।