दसैँका लागि साइपालका भेडाच्याङ्ग्रा पोखरा निर्यात
दसैँतिहार पर्व सुरु भएसँगै बझाङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने साइपाल गाउँपालिकाबाट करिब चार करोड रुपियाँ मूल्य बराबरका भेडाच्याङ्ग्रा बिक्रीवितरणका लागि गण्डकी प्रदेशको कास्की पोखरा निर्यात गरिएको छ । यस गाउँपालिकाबाट २२ ट्रक भेडाच्याङ्ग्रा बिक्रीका लागि पोखरा पु¥याएको जानकारी स्थानीय जनप्रतिनिधिले नै दिएका हुन् । निकै कम खाद्यान्न उत्पादन हुने साइपाल क्षेत्रका स्थानीयको मुख्य आम्दानीको स्रोत भेडापालन तथा जडीबुटी हो ।
नयाँ भाडा तोकिए पनि असुली धन्दा यथावत्
सार्वजनिक यातायातका साधनमा नयाँ भाडा दर लागु भए पनि बाजुराका सवारीचालकले भने पुरानै भाडादर उठाउने धन्दा यथावत् राखेको स्थानीयले गुनासो गरेका छन् । असोजमा जिल्ला प्रशासन कार्यालय सवारीसाधनको नयाँ भाडादर कायम गरेको हो । चालकले मनोमानी भाडा लिने गरेको गुनासो स्थानीय बाजुरावासीको छ। खप्तड छेडेदह गाउँपालिका–५ का स्थानीय धन रावतले सार्वजनिक सवारीसाधनको नयाँ भाडादर तोकिए पनि पुरानै भाडा लिने गरेको बताउनुभयो ।
बझाङ केन्द्र विन्दु बनाएर भूकम्प
सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र विन्दु बनाएर भूकम्प गएको छ ।
अनुगमनले टीकापुरको बजारमा सुधार हुँदै
टीकापुर नगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । दशैं नजिकिदै जाँदा किरानाका थोक पसललाई लक्षितगरी बुधबार १६ वटा पसलको अनुगमन गरिएको छ ।
सुदूरपश्चिम नाकाबाट स्वदेश फर्कनेको लर्को
सुदूरपश्चिम प्रदेशमा रहेको विभिन्न नाका भएर भारतबाट स्वदेश फर्कनेको लर्को लागेको छ । रोजगारीको सिलसिलामा भारत गएका नेपालीहरू चाडपर्व मनाउन स्वदेश फर्कन थालेपछि नाकामा फर्कनेको भिड बढेको हो ।
दसैँका लागि घर सजाउँदै थारु समुदाय
यतिबेला कञ्चनपुरका थारु समुदायका महिलाहरू दसैँका लागि घर सजाउन व्यस्त छन् । दसैँका लागि घर चिटिक्क पार्ने, आँगन सजाउने, माछामासु र दाउराको जोहो गर्ने र किनमेल गर्ने जस्ता कार्यमा यो समुदायका व्यक्ति व्यस्त देखिन्छन् ।
इजरायलबाट फर्किएका नेपाली भन्छन् : ‘स्वदेश आइपुग्दा धेरै खुसी छौँ’
द्वन्द्वग्रस्त इजरायलबाट स्वदेश फर्किन पाउँदा नेपाली नागरिक निकै खुसी भएका छन् । इजरायल र प्यालेस्टाइनको युद्धले इजरायलमा असुरक्षित बनेका नेपाली नागरिक स्वदेश फर्किरहेका छन् ।
झुलाघाट नाका पूर्णरूपमा सञ्चालनमा
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुङ्गे पुलको मर्मतसम्भार कार्य भइरहेकाले गत असोज ९ गतेदेखि आंशिकरूपमा मात्रै सञ्चालनमा थियो ।
वर्षा र हावाहुरीले केराखेतीमा क्षति
यो समय केरा किसानले उत्पादन बजारमा पठाउने समय हो । कैलालीका किसान आजभोलि उत्पादन भएको केरा बजारमा पठाउन थालेका छन् । केरा तयार भएर आम्दानी लिने समयमा आएको बेमौसमी वर्षासँगैको हावाहुरीले किसानलाई नोक्सान भएको छ ।
अजयमेरु गाउँपालिकामा तालाबन्दी
अजयमेरु गाउँपालिकामा युवाले ताला लगाएका छन् । गाउँपालिकाको कार्यालयसँगै अध्यक्ष उमेशप्रसाद भट्ट विकास, उपाध्यक्ष वसन्ती पाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल सेठीको कार्यकक्षमा तालाबन्दी गरिएको हो । गाउँपालिकामा बढेको विवादका कारण कर्मचारीले असारपछि तलब नै नपाएको र सामाजिक सुरक्षा भत्तासमेत निकासा नहुँदा गाउँपालिकावासीलाई समस्या भएकाले तालाबन्दी गरिएको सुनील ठकुराठीले जानकारी दिनुभयो ।
लाखौँ मूल्यको बन्दा उत्पादन
तरकारी तथा फलफूल उत्पादनको भण्डार मानिएको बाजुराको बडीमालिका–७ का किसानले एकै सिजनमा २२ लाख मूल्यबराबरको बन्दा उत्पादन गरेका छन् । वडा नम्बर–७ कोे जिल्ली, रजातोली र ढम्कनेलगायतका गाउँबस्तीमा यति मूल्यको बन्दा उत्पादन भएको कृषक खडकबहादुर धामीले बताउनुभयो। कृषि ज्ञान केन्द्र बाजुराको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित प्राङ्गारिक मिसन कार्यक्रम अन्तर्गत माटो परीक्षण, प्राङ्गारिक मलको प्रयोग गरी माटो सुहाउँदो खेती गर्दा एकै वडामा यति ठुलो मात्रामा तरकारी उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मीनप्रसाद जैसीले बताउनुभयो ।
‘बहुचर्चित पञ्चेश्वर बनाउनै पर्छ भन्ने माग जनताको छ’
बैतडी जिल्लाको दक्षिणपश्चिम भेगमा पर्ने पञ्चेश्वर गाउँपालिकाको पूर्वमा मेलौली नगरपालिका, पश्चिममा भारतको सिमाना, उत्तरमा दशरथचन्द नगरपालिका र दक्षिणमा शिवनाथ गाउँपालिका रहेका छन् । स्थानीय तहको पुनर्संरचनापछि छ वटा वडामा विभाजित यस गाउँपालिकाको कुल जनसङ्ख्या १८ हजार ७६६ रहेको छ । क्षेत्रफलका आधारमा १२०.४१ वर्गकिलोमिटरमा फैलिएको छ । बहुप्रतीक्षित पञ्चेश्वर आयोजना स्थल यही गाउँपालिकामा पर्छ । यद्यपि गाउँपालि
सुदूरपश्चिममा बिरामीका दुःख, डाक्टरविहीन अस्पताल
टीकापुर अस्पतालले केही समयअघि बालरोग विशेषज्ञ, अर्थोपेडिक सर्जन, इएनटी, एनेस्थेसियोलोजिस्ट, रेडियोलोजिस्ट, फिजिसियन एक/एक जना र पाँच जना मेडिकल अधिकृत गरी ११ जना भर्नाका लागि आवेदन माग्यो । रेडियोलोजिस्ट, फिजिसियन र मेडिकल अधिकृतमा एक/एक जनाको आवेदन प¥यो । तीनै जना छनोट पनि भए तर छनोट भएका रेडियोलोजिस्टले टीकापुरकै निजी अस्पताल रोज्नुभयो र सरकारी अस्पतालमा सम्झौता गर्न आउनुभएन । ११ जनाका लागि खुलेको विज्ञापनबाट दुई जना मात्रै चिकित्सक सम्पर्कमा आए । २५ शय्याको स्वीकृति पाएको टीकापुर अस्पतालमा ७५ शय्या सञ्चालनमा छ तर दरबन्दी २५ शय्या बराबर पनि छैन ।
प्रस्तावित गेटा मेडिकल विश्वविद्यालयमा सय बेडको सेवा सुरु हुँदै
प्रस्तावित गेटा मेडिकल विश्वविद्यालयमा भोलिदेखि एक सय बेडको अस्पताल सञ्चालनमा आउने भएको छ । एक सय बेड क्षमताको अस्पताल सञ्चालनका लागि सबै तयारी पूरा भइसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रमोद जोशीले बताउनुभयो ।
प्रहरीले आफ्नो गरिमा कायम राख्नुपर्छ : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल प्रहरीले जनतालाई साथमा लिएर आफ्नो गरिमालाई कायम राख्ने विश्वास व्यक्त गर्नुभएको छ ।
साइपालबाट चार करोड मूल्य बराबरको भेडा निर्यात
हिन्दुहरुको महान चाड दसैं सुरु भएसँगै जिल्लाको उत्तरी भेगमा पर्ने साइपाल गाउँपालिकाबाट झण्डै चार करोड रुपियाँ मुल्य बरावरका भेडा बिक्रीका लागि पोखरा लगिएका छन् ।
तीन महिनामा बाढी र पहिरोमा परी पाँच जनाको मृत्यु
जिल्लामा मौसम बदलीसँगै भएको दैवी विपत्तिमा विगत तीन महिनामा पाँच जनाको मृत्यु भएको छ ।
हवाई भाडा वृद्धिविरुद्ध नेविसङ्घको धर्ना
नेपाली कांग्रेस पार्टीको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले काठमाडौँ–धनगढी हवाई भाडा बढाइएको प्रति विरोध जनाउँदै धनगढी विमानस्थलको मूलगेटमा शान्तिपूर्ण धर्ना दिएको छ । नेविसङ्घका कैलाली जिल्ला अध्यक्ष मनीष कुँवरको नेतृत्वमा रहेको विद्यार्थीको समूहले विमानस्थल गेटबाहिर उभिई हवाई भाडा वृद्धिको विरोध जनाएको छ ।
पञ्चेश्वर सडकमा कमसल सामग्रीको प्रयोग
बहुप्रतिक्षित पाटन–पञ्चेश्वर सडकखण्डको मेलौलीदेखि पञ्चेश्वर जोड्ने २५ किलोमिटर सडकखण्डमा कमसल निर्माण सामग्रीको प्रयोग भएको पाइएको छ । तल्लोस्वराड क्षेत्रका तीन वटा स्थानीय तह जोड्न मेलौली नगरपालिकाको काँडाबजारदेखि शिवनाथ गाउँपालिका हुँदै पञ्चेश्वर गाउँपालिकासम्मको उक्त सडक कालोपत्रे गर्न ४१ करोड रुपियाँको ठेक्का लागेको हो । पूर्वाधार विकास कार्यालय बैतडीबाट आर्थिक वर्ष २०७६/७७ मा ठेक्का आह्वान भई कनकाइ कन्स्ट्रक्सनले सडक निर्माण तथा कालोपत्रे कामको जिम्म्मा लिएको हो । गत वर्ष नै सडक कालोपत्रे र पर्खाल लगाउने काम सम्पन्न भइसक्नुपर्नेमा अझै पूरा हुन सकेको छैन ।
खाली भएका गाउँबस्ती दसैँमा भरिँदै
हिउँद तथा बर्खाको समयमा खाली भएका बाजुराका अधिकांश गाउँबस्ती दसैँतिहार लागेसँगै भरिन थालेका छन् । भोको पेट पाल्न रोजगारीका लागि भारत तथा विभिन्न सहरमा गएका स्थानीयवासी यति बेला दसैँ मनाउन गृह जिल्ला बाजुरा फर्किंदै छन् । नेपाल–भारत सीमानाका तथा राजधानी काठमाडौँ र धनगढीबाट धमाधम घर फर्किन थालेपछि बर्खाको समयमा खाली हुँदै गएका गाउँबस्ती अहिले भरिन थालेका हुन् ।
सरकारले सुदूरपश्चिमलाई विशेष प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल प्रचण्डले सुदूरपश्चिम प्रदेशलाई विशेष प्राथमिकतामा राखेर सरकारले काम गरेको बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा घोडाघोडी क्याम्पसको भवन शिलान्यास
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोडाघोडी बहुमुखी क्याम्पस सुखड, कैलालीमा शैक्षिक भवन शिलान्यास गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड कैलालीमा
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कैलाली आइपुग्नुभएको छ ।
सुदूरपश्चिममा भूकम्पको धक्का महसुस
बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ