सार्वजनिक लिखत ऐन संशोधन विधेयकमाथि छलफल
सुदूरपश्चिम प्रदेश सभा बैठकमा सार्वजनिक लिखत प्रमाणीकरण ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गरिएको छ ।
सालका कडीसहित तीन पक्राउ
कैलालीको गोदावरी नगरपालिका–८ सूर्योदय सामुदायिक वन क्षेत्रबाट एक सय सात थान सालको कडीसहित तीन जना पक्राउ परेका छन् ।
दलित समुदायलाई आरन चलाएर जीविका चलाउनै मुस्किल
वेदकोट नगरपालिका–३ का डम्बर ताम्राकारलाई आरन चलाएर जीविका चलाउन गाह्रो भएको छ । आरन चलाएर निर्माण गरिने धातुका वस्तु बिक्री हुन छाडेपछि उहाँलाई जीविका चलाउन गाह्रो भएको हो ।
चाडपर्व मनाउन स्वदेश फर्किंदै
रोजगारीको सिलसिलामा भारत पसेका नेपाली दसैँतिहार मनाउन धमाधम स्वदेश फर्किन थालेका छन् । लामो समयदेखि भारतमा बस्दै आएकादेखि बर्खे खेती लगाएर भारत गएकाहरू फर्किरहेका छन् । प्रदेशका विभिन्न नाकामा बिहान सबेरैदेखि भिड लाग्ने गरेको छ । बर्खे खेतीपातीको काम सकेर धेरै नेपाली भारतको सिमला, हिमाचल प्रदेशलगायत विभिन्न स्थानमा काम गर्न जाने गरेका छन् ।
चाडबाड नजिकिँदा खाद्य बिक्री केन्द्र बन्द
चाडबाड नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट सञ्चालित खाद्यान्न बिक्री केन्द्र बन्द हुने गरेको पाइएको छ । सदरमुकाम अमरगढीमा रहेको उक्त कार्यालय एक जना कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ । दसैँतिहार नजिकिँदै गर्दा बिक्री केन्द्र बन्द हुने गरेको गुनासो उपभोक्ताको छ । बिक्री केन्द्र बन्द हुँदा बजारको भन्दा सस्तो मूल्यमा चामललगायत खाद्य सामाग्री खरिद गर्न स्थानीय वञ्चित भएका छन् । नेपाल खाद्य संस्थान सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले यही असोज ४ गते दुई सय क्विन्टल मसिनो चामल सो केन्द्रमा पठाएको जनाएको छ ।
एमाले सुदूरपश्चिमको अधिवेशन आजबाट सुरु
नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेशको अधिवेशन आजबाट सुरु हुने भएको छ । अधिवेशनको उद्घाटनका लागि पार्टीका अध्यक्ष केपी शर्मा ओली धनगढी आउँदै कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।
गाईको गोबरबाट धुपबत्ती र दियो बनाउन थालियो
कैलालीको टीकापुरस्थित टीकापुर गौशालाले गाईको गोबरबाट धुपबत्ती र बत्ती बाल्ने दियो बनाउन सुरुआत गरेको छ । सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समिति टीकापुर गौशालाले तीन चरणको परीक्षणपछि धुपबत्ती बनाउन थालनी गरेको हो ।
सेती नदीमा डुबेर दुई बालक बेपत्ता
डोटीको सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ स्थित सेती पुल नजिक नुहाउने क्रममा दुई बालका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तले बताउनुभयो ।
बाटो खुलेपछि स्याउ टिप्न सुरु
बाजुराका किसानले स्याउ टिप्न सुरु गरेका छन् । बाजुराको अर्ग्यानिक स्याउ बिक्रीका लागि बाहिर लग्नेगरी पालिका र कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदान समेतको व्यवस्था गरेको छ ।
चार दिनमा बझाङ केन्द्रबिन्दु भएर १५ पटक भूकम्प
बझाङ केन्द्रबिन्दु भएर आज (शनिबार) दिउँसो ११ बजेर ४५ मिनेटमा पाँच दशमलव तीन र १२ बजेर ३२ मिनेटमा चार दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको छ ।
बझाङमा फेरि ५.३ रेक्टरको भूकम्प
सुदूरपश्चिम प्रदेशको बझाङमा भूकम्प गएको छ । आज (शनिबार) बिहान ११ः४५ बजे बझाङको भातेखोला केन्द्रबिन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
जीर्ण भवनबाट प्रहरीको शान्तिसुरक्षा
बैतडी जिल्लामा रहेका ३२ वटा प्रहरी कार्यालय (युनिट) मध्ये २७ वटाको आफ्नै भवन नहुँदा भाडाको जीर्ण भवनबाट प्रहरी कर्मचारी अहोरात्र नागरिकको शान्तिसुरक्षामा खटिन बाध्य छन् । प्रहरीले भाडामा लिएका भवनमध्ये १४ वटाको अवस्था जीर्ण रहेको छ । भूकम्पले बेला बेलामा कार्यालय भवन हल्लाइरहँदा प्रहरी कर्मचारी त्रसित बन्ने गरेका छन् । हिउँदमा चिसो र बर्खामा पानी चुहिने समस्या त सामान्य जस्तै छ ।
सद्भाव कायम राख्नका लागि पूर्व शान्ति समितिको अपिल
गजेन्द्र गुरुङखजुरा, असोज १९ गते । धार्मिक विषयलाई लिएर नेपालगञ्जमा उत्पन्न पछिल्लो असहज परिस्थितीप्रति पूर्वस्थानीय शान्ति समिति बाँकेका संयोजकहरुले दुःख व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न सम्बद्ध पक्षसँग सामूहिक अपिल गर्नुभएको छ ।२०८० असोज १६ गतेको प्रदर्शनका क्रममा हिन्दु र मुस्लिम समुदायबीच बिबाद सृजना हुँदा सार्वजनिक तथा नीजि सम्पत्ति तोडफोड तथा उच्छृङ्खल गतिविधी भएको र त्यसैका क्रममा केही सुरक्षाकर्मीसहित २२ जना घाइते समेत भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।पूर्वशान्ति समितिका संयोजकहरुद्धारा जारी अपिलमा नेपालको संविधानले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी विविधताबीचको एकता, सामाजिक, सांस्कृतिक एक्यवद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्ने उल्लेख गरिएको सन्दर्भमा सबै पक्षले यस संरक्षण एवं प्रवद्र्धन गर्न अनुरोध गरेको छ । संयुक्त राष्ट्र संघको वडापत्र, मानव अधिकारको विश्वव्यापी घोषणापत्र तथा नेपाल पक्ष राष्ट्र भएका महासन्धिका व्यवस्थाहरुलाई समेत आत्मसात गर्दै सामाजिक सद्भाव कायम गर्नु, गराउनु सबै जात, जाती, धर्म, समुदायका नागरिकको कर्तव्य एवं दायित्व हुने भएकाले यसमा सबैले सकारात्मक भूमिका खेल्न अपिलमा गरेको छ।साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्ति सुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुन, सामाजिक सञ्जालमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति सुरक्षामानै असर गर्ने खालका सामाग्रीहरु पोष्ट नगर्न, धार्मिक आस्थामा असर पर्ने गरी अमर्यादित रुपमा सामाजिक सञ्जालको प्रयोग नगर्न, विचार तथा अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्दा अरुको अधिकार हनन नगर्न समेत सम्बन्धित पक्षलाई आग्रह गरेकोे छ । घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीमाथि कानून बमोजिम कारबाही गर्न, घाइतेको उपचारको व्यवस्था गर्न, विविध सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुग्ने गतिविधि नगर्न÷नगराउन र संयमता अपनाउन पूर्वस्थानीय शान्ति समितिले सबैमा अपिल गरेको छ ।
मृतकका परिवारलाई जनही दुई लाख दिने घोषणा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बझाङमा भूकम्पका कारण गएका पहिरोमा परी मृत्यु भएका प्रति परिवारलाई दुई लाख रुपियाँ सहयोग प्रदान गर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री भूकम्प प्रभावित जिल्ला बझाङमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्ला बझाङ पुग्नुभएको छ । शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट प्रधानमन्त्री बझाङ पुग्नुभएको हो ।
कर्मचारीद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द
सरकारले ल्याउन लागेको सङ्घीय निजामती ऐनमा आफूहरुलाई विभेद गरेको भन्दै अछामका स्थानीय तहमा कार्यरत कर्मचारीले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् ।
भूकम्प पीडितलाई राहत माग गर्दै सर्वदलीय प्रतिनिधिले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन-पत्र
मङ्गलवार बझाङमा गएको भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन गर्दै पीडितलाई तत्काल राहत दिन माग गरिएको छ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरलगायत नेताहरूको सर्वदलीय प्रतिनिधि मण्डलले बुधवार बेलुकी प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै पीडितलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेको हो।
किसानलाई क्षतिपूर्तिको माग
औद्योगिकजन्य रसायनका कारण धान र उखु बालीमा क्षति पु¥याएको भन्दै कञ्चनपुर पुनर्वासका स्थानीय किसानले क्षतिपूर्तिको माग गरेका छन् । गएको साउन २४ र २५ गतेको बाढीका कारण डुबान भएको पुनर्वास नगरपालिका–२, ५, ७ र ९ मा धान र उखु नष्ट भएको थियो ।
घर छाडेर त्रिपालको बास
बाजुराका अधिकांश स्थानीयवासी भूकम्प आउने डरले घर छोडेर धमाधम त्रिपालमुनि बास बस्न बाध्य भएका छन् । मङ्गलबार बझाङमा गएको भूकम्पले बाजुरामा पनि क्षति पुगेको छ । भूकम्पले घर चर्किने र भत्केपछि अहिले यहाँका स्थानीय घर भत्कने डरले त्रिपालमुनिको बास बस्न थालेका छन् । खप्तड छेडेदह गाउँपालिका–२, पिपल गाउँका स्थानीय पदम बुढाले भूकम्पको डरले त्रिपालमुनिको बास बस्न थालेको बताउनुभयो ।
मुख्यमन्त्री शाह भूकम्प प्रभावित क्षेत्रमा
मुख्यमन्त्री कमलबहादुर शाह भूकम्प प्रभावित क्षेत्रको अवस्था बुझ्न बझाङ आइपुग्नुभएको छ । उहाँले केदारस्यु गाउँपालिकाका स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीसँग राहत तथा पुनस्र्थापनाका विषयमा छलफल गर्नुभएको छ । त्यस्तै थलारा गाउँपालिका–३, कुच गाउँका भूकम्प प्रभावितहरूको अवस्था तथा भूकम्पले भत्किएका घरको स्थलगत अवलोकन गर्नुभएको छ । भूकम्प प्रभावित स्थानीयलाई कम्मल, त्रिपाल र खाद्यलगायतका सामग्री तत्काल उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन दिनुभयो ।
बझाङमा आज फेरि भूकम्प
सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ ।
स्याउ ढुवानीमा सहयोग
बाजुराको मार्तडी–कोल्टी सडक मर्मत भएसँगै जिल्लाको मल्लो क्षेत्रमा उत्पादन गरिएको अर्गानिक स्याउ बिक्रीका लागि ढुवानीमा अनुदानको व्यवस्था गरिएको छ । बाजुरामा उत्पादन भएको अर्गानिक स्याउ बिक्रीका लागि जिल्लाभन्दा बाहिर लाने गरी पालिका र कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदानको व्यवस्था गरेका हुन् । बाजुरामा उत्पादन भएको अर्गानिक स्याउले नजिक बजार नपाएपछि बाहिर लैजाने तयारी गरिएको स्याउ किसानले बताएका छन् । पछिल्लो समय बारीमा स्याउ राम्रो फल्ने गरेको भए पनि बिक्रीका लागि भने निकै समस्या हुने गरेको स्वामिकार्तिक–१, जोरुका स्याउ किसान धनबहादुर रावलले बताउनुभयो ।
प्राविधिक धारमा पनि छैनन् विद्यार्थी
सरकारले प्राविधिक शिक्षामा जोड दिँदै सामुदायिक विद्यालयमा कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङको पढाइ सुरु गरेको छ । सरकारबाटै मान्यता प्राप्त गरेका कैलालीका पाँच विद्यालयमा सिभिल इन्जिनियरिङको पढाइ हुँदै आएको छ ।
दार्चुलामा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, चालक फरार
दार्चुलामा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।