• २१ असार २०८१, शुक्रबार

दाउरा चिर्न गएका बालकको रूखले च्यापिएर मृत्यु

blog

शिवराज ढुङ्गाना 

अछाम, पुस २९ गते । दाउरा चिर्न गएका एक बालकको रूखमा च्यापिएर मृत्यु भएको छ  । रामारोशन गाउँपालिका ७ सुतार निवासी केसे कामीको छोरा १४ वर्षीय जनक विकको ज्यान गएको हो । 

घरबाट करिब ३ किलोमिटर टाढा रहेको भालुदुला नामक वनमा दाउरा चिर्न जाँदा सोही रूखले च्यापेर मृत्यु भएको स्थानीय पूर्णबहादुर विकले जानकारी दिनुभयो । जनकको रूख च्यापिएर मृत्युको खबर अबेर जानकारी पाइएको बताइएको छ ।