• १३ साउन २०८१, आइतबार

बँदेलको आक्रमणबाट दुई जना घाइते

blog

बँदेल । फाइल तस्बिर ।

केशवचन्द्र महरा

दिपायल, माघ २ गते । डोटीमा जङ्गली बँदेलको आक्रमणबाट दुई जना घाइते भएका छन् । जिल्लाको केआईसिंह गाउँपालिका ९  बसिनाका ७२ वर्षीय भगी भूल र सोही ठाउँकी ३५ वर्षीया जगुली देवी भूल घाइते भएको प्रहरीले जनाएको छ ।

मङ्गलबार बिहान गाउँ नजिकैको जङ्गलमा घाँस काट्ने क्रममा बँदेलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेको टाउको र खुट्टामा चोट लागेको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ ।