रामारोशनमा बढे पर्यटक
रामारोशन अछामको मात्रै नभई सुदूरपश्चिमकै पर्यटकीय तथा धार्मिक क्षेत्र हो । रामारोशन लाई रामे र रोशन नाम गरेका दुई दाजुभाइको नामबाट नाम रामारोशन रहेको किम्बदन्ती रहीआएको छ । एकथरीले यो क्षेत्रमा शिव-पार्वती बस्ने गरेकाले नै रामारोशन नामकरण भएको बताउँदै आएका छन् ।
जङ्गली हात्ती उखुबालीमा पसेपछि ...
बैंकबाट ऋण निकालेर लगाएको उखु बाली जङ्गली हात्तीको बथानले सखाप पारेपछि शुक्लाफाँटा नगरपालिका–६ कसरौलका रामकृष्ण राना निकै चिन्तित हुनुहुन्छ । कृषि विकास बैंकबाट रु १० लाख ऋण निकालेर उहाँले उखुखेती गर्नुभएको थियो ।
‘एक वडा, एक उत्पादनको अभ्यास गर्दै छौँ’
कृषियोग्य जमिन र यातायात सेवाले सुगम मानिएको जोशीपुर गाउँपालिका सुदूरपश्चिम प्रदेशकै सबैभन्दा सानो भूगोल भएको पालिका हो । अधिकांश पालिकावासी कृषिमा आत्मनिर्भर रहेको जोशीपुरको कुल क्षेत्रफल ६५.५७ वर्गकिलोमिटर छ । साबिकका जोशीपुर र बौनियाँ गाविस जोडेर बनेको यस गाउँपालिकामा ७ वडा छन् । वरिपरि छिमेकमा नगरपालिका भए पनि जोशीपुर भने सानो भूगोल भएकै कारण गाउँपालिका भएको बताइन्छ । यस पालिकामा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष, उपाध्यक्ष र बहुमत वडाध्यक्ष छन् ।
घाइते अजिङ्गरको उद्धार
कैलालीको टीकापुरमा आहारा खाएर एक किसानको खेतमा बसेको दुर्लभ अजिङ्गर (बर्मेस पाइथन) सर्पको उद्धार गरी प्राकृतिक वासस्थानमा छाडिएको छ ।
एमाले सुदूरपश्चिममा २३ जनाबिच प्रतिस्पर्धा
सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) लाई नेतृत्व गर्न २३ जनाबिच प्रतिस्पर्धा हुने देखिएको छ । पाँच पदाधिकारी चयनका लागि २३ जना प्रतिस्पर्धामा रहनुभएको सो दलले जनाएको छ ।
सरकारी तथा गैरसरकारी निकाय भूकम्पपीडित प्रभावित क्षेत्रमा
बझाङमा केन्द्रबिन्दु बनाई मंगलबारदेखि पटक पटक गएको भूकम्पका कारण जिल्लाका १२ हजार ३४ वटा घर तथा भवनमा क्षति भएको छ ।
सुदूरपश्चिममा स्क्रब टाइफसका एक हजार बढी बिरामी
सुदूरपश्चिम प्रदेशमा भदौ र असोजमा एक हजार एक सय ५२ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार सबैभन्दा बढी कैलालीमा चार सय ४० जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् ।
इजरायलमा नेपाली विद्यार्थीको मृत्युले शोकमा दार्चुलावासी
ठुलो सपना बोकेर इजरायल गएको एक महिना नबित्दै दार्चुलाका दिपेशराज विष्ट र लोकेन्द्रसिंह धामीसहित १० जना नेपाली विद्यार्थी नफर्किनेगरी अस्ताए । परिवारका सदस्यहरू शोकाकुल हुँदा छिमेकी समेत भावविह्वल बनेका छन् ।
घाम लागेपछि किसानले धान भित्र्याउन थाले
कैलालीमा केही दिनदेखि घाम लाग्न थालेपछि किसानहरू धान भित्र्याउन सुरु गरेका छन् । मनसुन अब करिब अन्त्य भएपछि किसानहरू धान भित्र्याउनमा लागेका हुन् ।
एमाले सुदूरपश्चिम अध्यक्षका लागि चार जनाको उम्मेदवारी
नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ । धनगढीमा जारी प्रथम प्रदेश अधिवेशनअन्तर्गत मङ्गलबार चार जनाले प्रदेश अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको हो ।
बझाङमा थप भूकम्प मापकयन्त्र जडान
बझाङमा भूकम्प मापकयन्त्र (सेस्मोमिटर) जडान गर्न सुरुआत गरिएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयमा आज शोक बिदा
इजरायलमा आफ्नो विद्यार्थी मारिएपछि सुदूरपश्चिम विश्वविद्यालयले आज शोक बिदा दिएको छ ।
भूकम्पपीडितका लागि गाउँमा राहत पठाइँदै
जिल्ला विपत् व्यवस्थापन समितिले १२ वटै स्थानीय तहका भूकम्पपीडितका लागि विभिन्न निकायबाट उपलब्ध भएको राहत सामग्री गाउँ गाउँ पठाउने तयारी गरेको छ । सदरमुकाम चैनपुरस्थित जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपत् समितिको बैठक बसेर सबै पालिकामा क्षतिको आधारमा राहत पठाउने निर्णय गरेको जनाइएको छ । प्रशासन कार्यालयले स्थानीय तहमा राहत पठाउन सुरु गरेको हो ।
सात हजारभन्दा बढी संरचना क्षति
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङमा गएको भूकम्पबाट सात हजारभन्दा बढी भौतिक संरचनामा क्षति पुगेको छ । गत हप्ताको मङ्गलबार दिउँसो सदरमुकाम चैनपुरलगायतका क्षेत्रमा केन्द्र बनाई ५.३ र ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण एक जनाको मृत्यु र २९ जना घाइते भएको सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ । घाइते हुनेमा बझाङमा २१, अछाममा तीन, बैतडीका तीन र बाजुरामा दुई जना छन् ।
सालकको उद्धारगरी सुरक्षित स्थानमा छोडियो
कैलालीमा लोपोन्मुख प्रजातीको सालक फेला परेको छ । घोडाघोडी नगरपालिका –५ वनखेत शिबसमाज सामुदायिक बन छेउमा रहेको खानेपानी ट्याङ्कीनजिक लोपोन्मुख सालक फेला परेको हो ।
खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गरिँदै
कैलालीको दुई वटा स्थानीय तहले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने प्रक्रिया अघि बढाएका छन् ।
‘अनुसन्धान केन्द्र सञ्चालन गर्ने योजना थियो, खरानी भयो’
कैलालीको जोशीपुर गाउँपालिका –५ मैनापोखरीका २५ वर्षीय आशिष् चौधरीको पारिवारिक आर्थिक अवस्था कमजोर थियो ।
इजरायलमा छोरासँग सम्पर्क टुटेपछि परिवार चिन्तित
इजरायलमा रहेका छोरासँग सम्पर्क टुटेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशीको परिवार चिन्तामा डुबेको छ । भीमदत्त नगरपालिका–३ नागार्जुन टोल निवासी उहाँका परिवार छोरासँग सम्पर्क नहुन नसकेपछि चिन्तामा डुबेको हो ।
छिटो उद्धारको माग गर्दै विद्यार्थीको मौन र्याली
इजरायलको युद्धग्रस्त क्षेत्रमा फसेका नेपालीको छिटो उद्धार होस् भन्दै टीकापुरमा विद्यार्थीले मौन र्याली निकालेका छन् ।
इजरायलमा विद्यार्थीले ज्यान गुमाउँदा सुदूरपश्चिम विश्वविद्यालय शोकमा
सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्कायबाट ‘अर्न एण्ड लर्न कार्यक्रम’मार्फत इजरायल पुग्नुभएका पाण्डेले अगाडि भन्नुभएको छ, “साइरनको त्यो ठूलो आवाजले सातो जान्छ ।
इजरायलमा ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारको दुई लाख राहत
इजरायलको किबुज अलुमिममा विद्रोही समूहको आक्रमणबाट निधन भएका परिवारलाई प्रतिव्यक्ति दुई लाखका दरले राहत दिने भएको छ ।
जानकी गाउँपालिका प्रमुख बर्लिनमा
जर्मनीको राजधानी बर्लिनमा आयोजना हुने ग्लोबल डाइलग फोरममा कैलालीको जानकी गाउँपालिकाले पनि विपत् व्यवस्थापनको सिकाइबारे अनुभव आदानप्रदान गर्ने जनाएको छ । विपत् व्यवस्थापनमा प्रभावकारी काम गरेपछि जानकी गाउँपालिकालाई सो कार्यक्रममा बोलाइएको हो । सो कार्यक्रममा पालिका अध्यक्ष गणेश चौधरीले अनुभव सुनाउने बताइएको छ । उहाँ आइतबार नै जर्मनीतर्फ जानुभएको छ ।
जुम्लामा खाद्य कम्पनीको सुपथ पसल सञ्चालन
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्य पसल सञ्चालन गरेको छ । दसैँलगायत चाडबाडलाई लक्षित गरी जुम्लाका स्थानीयलाई सहुलियतमा चामल बिक्री गर्न आजदेखि सुपथ पसल सञ्चालन भएको हो ।
एमाले सिध्याउन पार्टीभित्रैबाट घेराबन्दी भएको थियो : अध्यक्ष ओली
पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत निर्वाचनमा एमालेलाई सिद्ध्याउन पार्टीभित्रैबाट प्रयत्न भएको बताउनुभएको छ ।