• १३ साउन २०८१, आइतबार

गाउँपालिका उपाध्यक्ष जोशीको निधन

blog

सङ्गीता तिमिल्सेना 

बाजुरा, माघ ४ गते । जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष मैना जोशीको ५० वर्षको उमेरमा आज बिहान निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित जोशीको उपचारपछि घरमै आराम गरिरहेको बेला बिहान ४ बजे निधन भएको हो ।

गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाका अनुसार २०७९ को स्थानीय तहको निर्वाचनबाट नेपाली काँग्रेसबाट निर्वाचित हुनुभएको थियो । 

काँग्रेस जिल्ला कार्यसमिति बाजुरा सदस्यसमेत रहनुभएकी जोशीको स्वामिकार्तिक खापर गाउँपालिका–४ वाईमा आफ्नै निवासमा निधन भएको हो । उपाध्यक्षको निधनप्रति गाउँपालिका अध्यक्ष रोकायाले दुःख व्यक्त गर्नुभयो ।