बैतडीमा छुट्टाछुट्टै घटनामा दुईको मृत्युु
बैतडीमा छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्युु भएको छ । जिल्लाको पाटन नगरपालिका –५ का ओदालीका ३२ वर्षीय रामबहादुर चन्द मङ्गलबार मृत भेट्टिएका छन् ।
उपमहानगरपालिकाद्वारा फूल किनेर किसानको प्रोत्साहन
कैलालीको धनगढी उपमहानगरपालिकाले दसैंको बेला बिक्री हुन नसकेको किसानको फूल खरिद गरेर प्रोत्साहित गरेको छ ।
वरघरियाको हातबाट टीका थाप्दै थारु सदस्य
विजयादशमीको अवसरमा शुक्लाफाँटा नगरपालिका –३ पिपलाडीका थारु महिला मङ्गलबार वरघरियाको हातबाट टीका थाप्दै । थारु समुदायमा पहुरा (कोशेली) सहित गाउँको मुख्य व्यक्ति वरघरीयाको हातबाट टीका थाप्ने चलन रहेको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, रासस
बाजुराका भूकम्प पीडितको दसैं खल्लो
बाजुराका भूकम्प पीडितका लागि यती बेलाको दसैं खल्लो बनेको छ । गत असोज १६ गते आएको भूकम्पले बाजुराका अधिकाशं स्थानीयवासी अहिले त्रिपालको बास गरिरहेका छन् ।
दिपेश र लोकेन्द्रको सपना महाकालीमा बिलायो, परिवारमा बज्रपात
इजरायलमा मारिएका दार्चुलाको लेकम गाउँपालिका ५ टकना घर भइ कञ्चनपुर बस्दैआएका दिपेशराज बिष्ट र मालिकार्जुन गाउँपालिका ४ हुनैनाथका लोकेन्द्रसिंह धामीको सपना महाकाली नदीमा बिलाएको छ ।
आशिष र नारायणको अन्त्येष्टि, आँशुमा डुब्यो गाउँ
आज दसैंको नवौं दिन । विदेशमा भएका छोराछोरी घर आउने, परिवारसँग मिलन हुने पर्व हो दसैं । घरमा मिठो मसिनो पकाएर खुशी साटासाट गर्ने दिन । तर कैलालीको जोशीपुर गाउँपालिका ५ मैनापोखरी गाउँ र घोडाघोडी नगरपालिका ४ जनकपुर गाउँ भने आँशुमा डुबेको छ ।
इजरायलमा मृत्यु भएका आशिषको अन्त्येष्टि
सबैतिर दसैंको रमाइलो भइरहेको बेला कैलालीको जोशीपुर गाउँपालिका–५ मैनपोखरी गाउँ भने शोकमा डुबेको छ ।
सहारा बनेको छोरो बाकसमा फर्किदा...
टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका दीपेश विष्टको शव निम्बुखेडा पुगेपछि उहाँको परिवारसँगै सिङ्गो टोल शोकमा डुब्यो ।
प्रसुति गृह सञ्चालन नहुँदा सुत्केरी गराउन समस्या
बाजुरामा विभिन्न ठाउँमा निर्माण गरिएका प्रसुति गृहबाट सेवा सुचारु नहँुदा यहाँका महिलालाई सुत्केरी गराउन समस्या भएको छ । प्रदेश सरकारको आर्थिक सहगोगबाट निर्माण गरिएका प्रसुति गृहबाट अझै सेवा सुचारु नहुँदा यहाँका महिलालाई सुत्केरी गराउन समस्या भएको हो ।
इजरायलबाट धनगढी ल्याइएको चार शव आफन्तले बुझे
गत असोज इजरायलमा हमास आक्रमणमा परी मृत्यु भएकामध्ये चार विद्यार्थीको शव आज आफन्तले बुझेका छन् ।
थारु बस्तीमा सखिया नाचको रौनक
यतिबेला थारु बस्तीमा सखिया नाचको रौनक छाएको छ । दसैँको आगमनसँगै थारु समुदायको घरघरमा अबेर रातिसम्म मादल घन्किने गर्दछ ।
महाअष्टमी मेलामा उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो
आइतबार दशैँको महाअष्टमीको दिन सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपिठ उग्रतारा भगवती मन्दिरमा मेला लागेको छ । डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा उत्तरतर्फ रहेको मन्दिरमा अष्टमी मेला भर्न दर्शनार्थीको घुइँचो लागेको छ ।
ट्याक्टर दुर्घटनामा एकको मृत्यु
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका –६ जडाङ्गाका अन्दाजी ३७ वर्षीय बहादुर दानी रहनुभएको छ ।
धनगढी र टीकापुरमा बजार अनुगमन
धनगढी उपमहानगरपालिकाले गत साउन महिनादेखि हालसम्म २१ पटक बजार अनुगमन गरेको छ । साउनमा पाँच पटक, भदौमा छ पटक र असोजमा आठ पटक गरी पहिलो त्रैमासमा २१ पटक अनुगमन गरेको हो । बजार अनुगमन समितिका संयोजक नारायणप्रसाद शर्माका अनुसार यस अवधिमा ४०० भन्दा बढी पसलमा अनुगमन गरी म्याद नाघेका वस्तु नष्ट गरिएको छ ।
हराउँदै छ पिङ खेल्ने परम्परा
दसैँतिहारलगायत चाडपर्वको बेला विभिन्न गाउँ तथा मन्दिरमा रमाइलोका लागि खेलिने हिङलो (पिङ) को प्रयोग पछिल्लो समय घट्दै गएको छ । जात्रा, धार्मिक मेला तथा चाडपर्वको बेला मठमन्दिरमा पूजाआजा सकिएपछि हिङलो खेलेर रमाइलो गरिन्छ ।
सुदूरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानीसम्बन्धी सम्झौता
सुदुरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानी प्रवद्र्धन र बिकासका गतिविधि सञ्चालनका लागि सहकार्य गर्ने बिषयमा समझदारी भएको छ । आज महासंघमा आयोजित एक कार्यक्रममा सदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।
गाउँमा नेता र कलाकार
नेपालीको मौलिक पर्व विजयादशमीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका चर्चित नेता तथा कलाकारलाई थातथलोमा डो¥याएर ल्याएको छ । नेपाली कांग्रेसका नेता एवं मुख्य सचेत रमेश लेखक परिवारका सदस्यसहित जन्मथलो बैतडी पुग्नुभएको छ । बैतडीदेखि बलिउडसम्म पुग्नुभएकी चर्चित अभिनेतृ साध्वी भट्ट दसैँ मनाउन कर्मथलो भारतबाट बैतडीको दशरथचन्द नगरपालिका–२, देहिमाडौँ आइपुग्नुभएको छ ।
भारततिर उडे ‘क-याङकुरुङ’ सारस
। कर्णाली प्रदेशको डोल्पा, जुम्ला, सुर्खेत र कैलाली हुँदै हजारौँ किलोमिटर उडान भरेर आएका ‘क-याङकुरुङ’ सारस भारततर्फ जान थालेका छन् । उत्तरी एसियाको मङ्गोलिया, रसिया र चीनबाट आएका ‘क-याङकुरुङ’ जाडो यामभरि अस्थायी बसोबासका लागि भारततिर जान थालेका हुन् ।
सुदूरपश्चिमका शक्तिपीठ : विविध विशेषता
सुदूरपश्चिम प्रदेशका १६ भगवती बहिनी (षोड्समातृका) मा पौराणिक रूपमा रहेका सप्तमातृकालाई सात बहिनी र नवदुर्गा भगवतीलाई नौ बहिनीका रूपमा पुज्ने परम्परा छ । भगवतीको पूजा हुने स्थानमा भूमिराज (भुमे देवता) को पनि अनिवार्य पूजा गरिन्छ । भूमिराजलाई भगवतीको भाइका रूपमा मान्ने परम्परा रहेकाले कतै मस्टो देवतालाई पनि भगवतीको भाइका रूपमा पूजा गर्ने चलन छ । मस्टो (भूमि देवता) अछाम, बझाङ, बाजुरामा पनि पुज्ने चलन छ ।
बझाङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते
बझाङमा जीप दुर्घटनामा हुँदा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा भएको जीप दुर्घटनामा परी घाइते भएका सोही वडा बुड्खोरीका २५ वर्षीय रेशम महत (इनार) को मृत्यु भएको हो ।
शक्तिपीठहरूमा भक्तजनको भिड
दसैँको अवसरमा दार्चुलाका प्रमुख धार्मिकस्थलमा भक्तजनको भिड बढेको छ । देशकै सातधाम मध्येको मालिकार्जुन मन्दिर मड, लटिनाथ मन्दिर जयपुर, हुनैनाथ मन्दिर औतालेक, गलैनाथ मन्दिर बन्तोलीलगायत दर्जनौँ प्रसिद्ध धार्मिक एवं ऐतिहासिक शक्तिपीठमा नवरात्र सुरु भएदेखि नै सयौँ भक्तजनको भिड बढेको हो ।
शवको पर्खाइमा न्यौपाने परिवार
कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–४, जनकपुरका ७५ वर्षीय हरिकृष्ण न्यौपाने शव कहिले आउँछ भन्दै बारम्बार सोधिरहनुहुन्छ । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी उहाँका छोरा नारायणको मृत्यु भएको दुई हप्ता बितिसकेको छ ।
पीडा र सन्नाटा बिच शवको पर्खाइमा न्यौपाने परिवार
कैलालीको घोडाघोडी–४ जनकपुरका हरिकृष्ण न्यौपाने छोराको मृत्युको खबरसँगै शोकमा हुनुहुन्छ ।
चाडबाडका बेलामा बैतडी क्रिकेटमय
नेपालीको मुख्य चाड दसैँ र तिहारको अवसरमा बैतडी जिल्ला क्रिकेटमय बनेको छ । दसैँ र तिहारको अवसर पारेर यहाँ चारवटा क्रिकेट प्रतियोगिता आयोजना गरिँदै छ ।