दीपावली र रङ्गोली दियो बजारमा
कैलालीको टीकापुरस्थित गौशालाले दीपावलीलाई लक्षित गरेर गाईको गोबरबाट निर्माण गरिएका ‘दीपावली र रङ्गोली दियो’ बजारमा ल्याएको छ ।
प्लाष्टिकबाट बनेका माला बिक्री वितरण गर्न प्रतिबन्ध
तिहारका बेला प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाले प्रतिबन्ध लगाएको छ । वातावरणीय प्रदूषण कम गर्ने उद्देश्यले नगरपालिकाले प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो ।
अरिङ्गालको टोकाइबाट महिलाको मृत्यु
अरिङ्गालको टोकाइबाट अछामको पायलमा एक महिलाको उपचारको क्रममा निधन भएको छ । चौर पाटी गाउँपालिका–४ पायलकी ३१ वर्षीया सरस्वती देउकरको उपचारको क्रममा मङ्गलवार निधन भएको हो ।
चिनी मिल सञ्चालन हुने भएपछि किसान उखुखेतीतर्फ आकर्षित
बर्दियाको राजापुरमा चिनी मिल सञ्चालनको तयारी थलिएपछि किसान उखुखेतीमा आकर्षित भएका छन् ।
रासायनिक मलको कोटा निर्धारण
किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण गरेको छ । सहकारीमार्फत किसानलाई रासायनिक मल उपलब्ध गराउन कोटा निर्धारण गरिएको हो।
‘कर्मचारी नियमित नहुँदा काम गर्न समस्या छ’
बैतडीको पूर्वी क्षेत्रमा रहेको सिगास गाउँपालिका प्राकृतिक रूपमा रमणीय र हरियाली वनजङ्गलले घेरिएको गाउँपालिका हो । पूर्वमा डोटीको आदर्श गाउँपालिका, बझाङको केरादस्यु गाउँपालिका, पश्चिम बैतडीको सुर्नया गाउँपालिका, पाटन नगरपालिका तथा उत्तरमा बझाङको वित्थडचिर र दक्षिण डडेलधुराको नवदुर्गा गाउँपालिका रहेको छ । २४५.४४ वर्ग किमी क्षेत्रमा फैलिएको सिगास गाउँपालिकाको कुल जनसङ्ख्या २१ हजार ५१० रहेको छ । समुद्र सतहदेखि २२४९ मिटर उचाइमा रहेको यस गाउँपालिकाको केन्द्र गर्जेमा रहेको छ । स्थानीय तहको पुनर्संरचना हुँदा साबिकका सिगास, गाँजरी, ढुङ्गाड, थालाकाँडा, शिवलिङ,
साढे छ वर्षमा पनि बनेन हुलाकी सडक
तीस महिनाभित्र कालोपत्रे गरिसक्ने गरी कञ्चनपुरमा ६४ किलोमिटर हुलाकी सडक निर्माण थालिएको साढे छ वर्षमा पनि पूरा हुन सकेको छैन ।
बाजुरामा भूकम्पको धक्का
जिल्लाको पूर्वीउत्तरी भेगको हिमाली गाउँपालिकाको रया केन्द्रबिन्दु भई मङ्गलबार दिउँसो १२ः ५८ बजे भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार चार रेक्टर स्केलको भूकम्प गएको हो ।
महाकाली सिँचाइ : पानी छाड्न सफाइ गरिँदै मूल नहर
राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ तेस्रो चरण अन्तर्गत मूल नहर सफाइको काम तीव्र गतिमा भइरहेको छ । टनकपुर बाँधबाट पानी छोड्न मूल नहरको साढे बाह्र किलोमिटर लम्बाइमा सफाइको काम भइरहेको हो ।
पश्चिम नेपालमा एक वर्षयता बारम्बार ठूला स्केलका भूकम्प
गत शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्प नेपालको २०७२ सालपछिको ठूलो भूकम्प हो ।
अदालतबाट मिसिल र पेस्तोल चोरी
कैलाली जिल्ला अदालतबाट मुद्दाको मिसिल, कटुवा पेस्तोल र त्यसमा लाग्ने चार थान गोलीसहित पाँच वटा मोबाइल चोरी भएको छ ।
सुदूरपश्चिमको मेडिकल टोलीलाई सुर्खेतबाटै फर्काइयो
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि सुदूरपश्चिम प्रदेश सरकारले पठाएको विशेषज्ञ चिकित्सकसहितको टोली भूकम्प प्रभावित क्षेत्र नपुगी फर्केका छन् ।
अस्थायी घरटहरा बनाइँदै
बझाङका युवा समाजसेवी विष्णु ऐडीले व्यक्तिगत लगानीमा भूकम्प प्रभावितका लागि अस्थायी घरटहरा निर्माण कार्यलाई अभियानकै रूपमा सञ्चालन गर्नुभएको छ । असोज १६ गते चैनपुर आसपास केन्द्रबिन्दु बनाएर आएको भूकम्पका कारण सयौँ परिवार त्रिपाल टाँगेर बारीमा बस्दै आएका छन् । घरहरू चर्किएर चिरा परेको र केहीको घर पूर्ण रूपमा भत्किएकाले बारीमा पाल टाँगेर बसेकाका लागि जस्तापातासहितको पक्की टहरा निर्माण गर्न थालेको समाजसेवी ऐडीले बताउनुभयो । भूकम्पको बारम्बारको धक्काले जनजीवन अस्तव्यस्त बनिरहेका बेला आफू सामान्य सहयोगमा जुटेको उहाँले बताउनुभयो । मष्टा गाउँपालिका–२, डुग्रीकी एकल महिला बेलमती विष्ट त्रिपालमुनि बस्दै आएको हप्तौँ बित्यो तर समाजसेवी ऐडीको समूहले पक्की टहरा बनाइदिएपछि भने घरमै बास बसे जस्तो अनुभूति भएको भनाइ उहाँको छ ।
सडक विस्तारका लागि बागबजारमा चल्यो डोजर
जिल्ला सदरमुकाम बागबजार क्षेत्रमा सडक क्षेत्राधिकारभित्रका संरचना हटाउन डोजर चलाइएको छ । घरधनी तथा व्यापारीले आफैँ भत्काउन अटेर गरेपछि अमरगढी नगरपालिका र सडक डिभिजन कार्यालय डोटीले डोजर चलाएको हो । सडक क्षेत्राधिकारभित्र रहेका घर, टहरा, सिँढी सबै भत्काउन थालेको छ । अमरगढी नगरपालिकाले बसपार्कमा रहेका तीन सटर भएको आफ्नै भवन भत्काएर सर्वसाधारणका संरचना भत्काउन थालेको हो । सडकको बिचभागदेखि १५–१५ मिटर दायाँबायाँभित्र बनेका टहरा हटाउन बाँकी घर र सिँढी डोजर लगाई हटाउन सुरु गरेको वडा नं. ५ का अध्यक्ष टङ्कबहादुर क्षेत्रीले बताउनुभयो ।
विद्यार्थीलाई गुणस्तरीय शिक्षा आवश्यक : नियन्त्रक जोशी
दैनिक विद्यार्थी विदेशिने क्रम बढेको उल्लेख गर्दै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले विद्यार्थी विदेशिनुबाट रोक्न गुणस्तरीय सीप विकास शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।
हत्या गरिएको अवस्थामा वृद्धाको शव फेला
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –७ शान्तिपुरस्थित वातावरण मध्यवर्ती सामुदायिक वनमा हत्या गरिएको अवस्थामा वृद्धाको शव फेला परेको छ ।
धान राख्ने बाँसको भकारी
शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा बिक्रीका लागि राखिएका बाँसबाट निर्मित भकारी । परम्परागत सीपको प्रयोग गरी निर्माण गरिएका बाँसका भकारी धान, गहुँलगायत अन्न राख्नका लागि किसानले प्रयोगमा ल्याउने गरेका छन ।
इजरायलमा मारिएका दुई विद्यार्थीको शव आफन्तको जिम्मा
प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका डोटीका दुई विद्यार्थीको शव डोटी ल्याई आफन्तको जिम्मा लगाइएको छ ।
कांग्रेसद्वारा बाजुरा जीप दुर्घटनाप्रति दु:ख व्यक्त
नेपाली कांग्रेसले धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप दुर्घटनाप्रति दु:ख व्यक्त गरेको छ ।
खाद्यले समयमै धान खरिद गरेपछि किसान खुसी
खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले बुधबारदेखि किसानका धान खरिद सुरु गरेको छ । यस वर्ष खाद्यले समयमै धान खरिद सुरु गरेपछि किसान उत्साहित बनेका छन् ।
धनगढी–दिपायल द्रुतमार्गमा कालोपत्र गरिँदै
धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्ग कालोपत्र गर्ने काम अघि बढेको छ । सडक कालोपत्रका लागि धनगढी–स्याउले सडकखण्डमा पानी पिचको काम सुरु भएको सडक योजना कार्यालयले जनाएको छ ।
भूकम्पपीडितलाई गोदावरी नगरपालिकाले एक लाख दिने
कैलालीको गोदावरी नगरपालिकाले भूकम्पमा परी घाइतेहरुको उद्धार तथा राहातका लागि नेपाल सरकारलाई एक लाख सहयोग गर्ने निर्णय गरेको छ ।
सुदूरबाट स्वास्थ्य सामग्रीसहित चिकित्सक टोली खटियो
भूकम्पपीडितका लागि सुदूरपश्चिम प्रदेश सरकारले शनिबार रू. एक करोड रकम सहयोगका साथै प्रभावित क्षेत्रमा २० जना चिकित्सकसहितको स्वास्थ्कर्मीको टोली खटाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज बिहान सुर्खेत पुगेर टोलीले कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेललाई औषधि र स्वास्थ्य सामग्री हस्तान्तरण गरेको सुदूरपश्चिम स्वास्थ्य
भूकम्प पीडितलाई डोटीका दुई स्थानीय तहको आर्थिक सहयोग
डोटी जिल्लाका सायल र बोगटान फुड्सिल गाउँपालिकाले जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामोडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण पीडित भएकालाई दुई÷दुई लाख रुपियाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।