दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना
दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजितसिंह धामी सवार जिप दुर्घटना भएको छ । नौगाड –२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड –३ बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको हो ।
परम्परागत माटोको भकारी बनाउँदै थारु महिला
कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटामा माटोको भकारी (डेहरी) बनाउँदै स्थानीय महिला । अन्न राख्नका लागि थारु समुदायले माटोको भकारी बनाउदैआएका छन् ।
विद्यालयमा प्रभावकारी बन्दै दिवा खाजा
बाजुराका विद्यालयमा सञ्चालन गरिएको दिवा खाजा कार्यक्रम पछिल्लो समय प्रभावकारी बन्दैगएको छ । विद्यालयमा उपस्थित नहुने बालबालिकालाई नियमित सहभागी गराउँदै आएपछि पछिल्लो समय बाजुरामा दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दैगएको हो ।
श्रीमतीको हत्या आरोपमा शेरबहादुर पक्राउ
आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले बुधवार मङ्गलसेन नगरपालिका ३ लाक्षीमना निवासी शेरबहादुर भण्डारीलाई नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा दुईजनाको मृत्युु, चार घाइते
अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र०१००१ह ५५४५ नम्बरको टेम्पो गए राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो ।
मूर्तिकला रामबहादुरको जीउने आधार
शुक्लाफाँटा–१० झलारीका ३५ वर्षीय रामबहादुर बिष्ट बिहानीको झिसमिसेदेखि साँझ नपर्दासम्म मूर्ति कोर्नमै व्यस्त हुनुहुन्छ । सिमेन्ट, धातु, ढुङ्गा र काठमा मूर्ति कोर्ने सौख बिष्टको बचपनादेखिकै हो ।
फूल नबिकेपछि किसान चिन्तामा
यसवर्ष टीकापुरका फूल व्यवसायीहरु घाटामा गएका छन् । तिहारको अन्तिम दिन भाइटीकामा पनि फूल नबिकेपछि व्यवसाय घाटामा गएको भन्दै किसानहरु चिन्तामा परेका हुन् ।
देउसी भैलो खेल्दै सेना
नेपाली सेनाले संस्कृति झल्किने शैलीको देउसी–भैलो खेलेको छ । अमरगढी नगरपालिका–१ दहमा रहेको नेपाली सेनाको रण बम गणले जिल्ला सदरमुकाम बागबजारमा देउसी–भैलो खेलेको हो ।
लिजको जमिनमा भागेश्वर माविको पुष्प खेती
उच्च शिक्षा अध्ययन र रोजगारीका लागि विदेश जाने युवाहरुको लर्को लगेका बेला यहाँको एक विद्यालयले जग्गा भाडामा लिई व्यवसायिक रुपमा पुष्प खेती गरी आम्दानीको स्रोत बढाएको छ ।
सुदूरपश्चिम सरकारले राष्ट्रिय क्रिकेटका तीन खेलाडीलाई १६ लाख पुरस्कार दिने
सुदूरपश्चिम प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टोलीका तीन जना खेलाडीलाई १६ लाख रुपियाँ पुरस्कार दिने घोषणा गरेको छ ।
धनगढीको दुई स्थानमा फूल बिक्री केन्द्र स्थापना
सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र धनगढीमा दुई स्थानमा फूल बिक्री केन्द्र स्थापना गरिएको छ । किसानद्वारा उत्पादित फूलको सहज बिक्री गर्ने उद्देश्यसाथ धनगढी उपमहानगरपालिकाको कार्यालय परिसर र बोराडाँडीमा रहेको भाटभटेनी सुपरमार्केट परिसरमा फूल बिक्री केन्द्र स्थापना गरिएको हो ।
धनगढीमा पाँच बिघामा व्यावसायिक फूल खेती
कैलालीको धनगढीमा पाँच बिघा जमिनमा व्यावसायिक फूल खेती गरिएको छ। चाडपर्वमा हुने प्लाष्टिक मालाको प्रयोग रोक्ने र स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यका साथ नगर क्षेत्रको विभिन्न स्थानमा फूल खेती गरिएको हो।
कैलालीमा पटका, बिक्री र प्रयोगमा रोक
जिल्ला प्रशासन कार्यालय कैलालीले तिहारमा पटका, आतिसबाजी जस्ता प्रज्वलनशील एवम् विष्फोटक पदार्थ उत्पादन, ओसारपसार, बिक्री वितरण तथा प्रयोगमा रोक लगाएको छ ।
कैलालीमा धान खरिद सुरु
कैलालीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीले किसानको धान खरिद कार्य सुरु गरेको छ । कम्पनीले जिल्लाको तीन ठाउँमा काँटा लगाएर किसानको धान खरिद गर्न थालेको हो । धनगढीको मोहनपुर, टीकापुर नगरपालिकाको टीकापुर र भजनी नगरपालिकाको भजनीबाट कम्पनीले किसानको धान खरिद गरिरहेको प्रमुख इन्जिला बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “कात्तिक १९ गतेबाटै किसानको धान खरिद गर्ने कार्य सुरु भएको हो । यो वर्ष हामीले गत वर्ष तुलनामा एक महिनाअघिबाटै धान खरिद गरिरहेका छौँ ।”
शुक्लाफाँटा घुम्ने पर्यटकको संख्या बढ्यो
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुमघाम गर्ने आन्तरिक पर्यटकको सङ्ख्यामा बृद्धि भएको छ । चाडपर्वको अवसर पारेर आन्तरिक पर्यटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पुगिरहेकाले अवलोकन गर्नेको सङ्ख्यामा बढोत्तरी भएको हो ।
दुर्लभ अजिङ्गरको उद्धार
गाउँ पसेको दुर्लभ अजिङ्गरको उद्धार गरिएको छ । गएराति कैलारी गाउँपालिका–५ स्थित बिसनपुर गाउँमा पसेको अजिङ्गरको उद्धार गरिएको हो ।
बझाङमा ‘अस्थायी भूकम्प मापन केन्द्र’ निर्माण
पछिल्लो समय नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा भूकम्प जाने क्रम बढेसँगै बझाङ सदरमुकाम चैनपुरमा ‘अस्थायी भूकम्प मापन केन्द्र’ निर्माण गरिएको छ ।
अमरगढी ढुङ्गे किल्ला संरक्षणमा सेना
डडेलधुरा जिल्ला सदरमुकाम खलङ्गामा रहेको ऐतिहासिक ढुङ्गे अमरगढी किल्लाको संरक्षणमा नेपाली सेनाले चासो देखाएको छ । अमरगढी नगरपालिका–५, खलङ्गामा अवस्थित सो किल्ला छ हजार ५०० फिट उचाइमा रहेको छ । सो किल्ला ढुङ्गा, माटोसँगै काठले बनेको छ । यसको सिंहको टाउकोको आकार जस्तो छ । श्री ५ रणबहादुर शाहको शासनकाल सन् १८४७ भाद्र ३१ गते नेपाल एकीकरणको सिलसिलामा डोटेली राज्यको नारीदाङमा युद्ध भएपछि विशाल डोटी राज्य नेपाल अधिराज्यमा गाभियो भन्ने इतिहास पाइन्छ । नारीदाङमा कप्तान रणवीर खत्रीको नेतृत्वमा आएको १० कम्पनीका सैनिक जवान र डोटेली राज्यसँग घमासान युद्ध भएको इतिहास छ । युद्धमा गोरखाली फौजसँग डोटेली फौज पराजित भइसकेपछि यस भूभागको सुशासनलाई सुदृढ र विस्तार गर्न बडाकाजी अमरसिंह थापा प्रथम प्रशासकका रूपमा आउनुभएको बताइन्छ ।
थुनुवा कक्षमा एक जनाको मृत्यु
जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा एक जना थुनुवाको मृत्यु भएको छ । धनगढी –१६ घसिटाका ३१ वर्षीय कृष्णबहादुर सेटीको बिहीबार (आज) बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कुलदिप चन्दले बताउनुभयो ।
भूकम्प प्रभावितलाई उपमहानगरले दियो सय क्विन्टल चामल
जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितका लागि धनगढी उपमहानगरपालिकाले बिहीवार खाद्यन्न सहयोग गरेको छ ।
ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया
टीकापुर अस्पतालमा ल्याप्रोस्कोपी विधिबाट पित्त थैलीमा भएको पत्थरीको शल्यक्रिया सेवा र कल्चर सेवा सुरु भएको छ । टीकापुर नगरपालिका–२ की रमिता चौधरीको पित्तथैलीको पत्थरीको पहिलो शल्यक्रिया भएको छ । ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरिएपछि बिरामीलाई हुने दुखाइ, घाउको आकार घटाएको र बिरामीको अस्पताल बसाइ छोट्याएको छ ।
भूकम्पीय जोखिम न्यूनीकरण नीति बनाउन विज्ञको सुझाव
भूकम्पको उच्च जोखिम रहेको सुदूरपश्चिममा भूकम्पीय जोखिम न्यूनीकरण गर्ने खालको नीति, नियम तथा कार्यक्रम बनाउन प्रदेश सरकार र प्रदेश सभा सदस्यलाई विज्ञहरूले सुझाव दिनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा धनगढीमा आयोजित ‘जोखिम सुसूचित सार्वजनिक नीति तय गर्न सांसदको भूमिका’ विषयक कार्यक्रममा उहाँहरूले जोखिम न्यूनीकरण गर्ने नीति, नियम र कार्यक्रम बनाउन सल्लाह दिनुभएको हो ।
बानेगाउँ बहाडीडाँडा खाउँ भन्या पानी नाइँ
“बानेगाउँ बहाडीडाँडा, खाउँ भन्या पानी नाइँ । हात समाई साइ सक्नेनाइ जाउँ भन्या बानीलाई ।। ” माथि उल्लेखित देउडा गीत बाजुराको बानेगाउँको समस्याप्रति लक्षित छ । बार्जुकोट भुक्तोली दसैँमा जिल्लाका विभिन्न गाउँबाट मेला हेर्न आउने छो¥याट्टा (केटा), छो¥याट्टी (केटी) ले देउडा खेल्ने बेला बानेगाउँलाई सम्झने गर्छन् ।
विपद् जोखिम न्यूनीकरण सुदूरपश्चिम सरकार संवेदनशील छ: मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विपद्का दृष्टिकोणले अत्यन्त संवेदनशील रहेको सुदूरपश्चिममा विपद् जोखिम न्यूनीकरण गर्न प्रदेश सरकारले हरतरहको प्रयास गरेको बताउनु भएको छ ।