दार्चुलाको हिम पहिरोमा हराएका पाँच जनाको परिचय खुल्यो
दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ को भोलुम डाँडामा मङ्गलबार गएको हिम पहिरोमा परेर बेपत्ता पाँच जनाको परिचय खुलेको छ ।
तरकारी खेतीले फेरियो जीवन
कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३, बैबाह बस्ने रामलाल चौधरीको दैनिकी प्रायः माटोसँगै खेलेर सुरु हुन्छ । विगत १३ वर्षदेखि उहाँ व्यावसायिक तरकारी खेती गरिराख्नुभएको छ । किसानको छोरा भए पनि जग्गा कम भएका र आर्थिक रूपमा कमजोर रामलालको अहिले गाउँमै राम्रो कमाइ हुनुका साथै जीवनस्तरमा समेत परिवर्तन आएको छ ।
हिमपहिरोमा बेपत्ता सात जना सम्पर्कमा आए, अझै पाँच बेपत्ता
दार्चुलामा हिमपहिरोमा परेर मंगलबार दिउँसो २:४५ बजेतिर यार्सागुम्वा टिप्न गएका हराएका १२ जनामध्ये सात जना सम्पर्कमा आएका छन् । अझै पाँच जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
हिमपहिरोमा पुरिएर आठ बेपत्ता
दार्चुलामा हिमपहिरोमा पुरिएर आठ जना बेपत्ता भएका छन् । मंगलबार दिउँसो २:४५ बजेतिर यार्सागुम्बा टिप्न गएकाबेला हिमपहिरोमा परी ती व्यक्ति बेपत्ता भएका हुन् ।
जमिन भासिँदा पुलमा दुर्घटना जोखिम
कैलालीको घुरहा नदीमा रहेको पुल छेउको जमिन भासिएर ठूलो दुर्घटनाको जोखिम बढेको छ । कैलारी गाउँपालिका –४ र ६ को सिमानामा रहेको पुलमा दुर्घटनाको जोखिम बढेको हो ।
सार्वजनिक बिदाको दिनमा नागरिकता
जिल्ला प्रशासन कार्यालय बैतडीले चाडपर्वलगायत विभिन्न सार्वजनिक बिदाको दिन पनि नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र दिने भएको छ तर शनिबार भने बिदा नै हुनेछ। प्रशासन कार्यालयले शनिबारबाहेक सार्वजनिक बिदाका दिन नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा दिने जनाएको छ। नेपाल सरकारले सार्वजनिक बिदाको दिन पनि नियमित सेवा प्रवाह गर्ने विशेष व्यवस्था गरेअनुरूप बिदाको दिन सेवा प्रवाह गर्न थालेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो।
गहुँ खेती गर्नेलाई प्रतिकेजी सात रुपियाँ अनुदान
कृषि पेसामा आकर्षित गराउनका लागि कैलालीको जानकी गाउँपालिकाले नयाँ नीति ल्याएको छ । उक्त पालिकाका अध्यक्ष गणेश चौधरीका अनुसार कृषकहरूलाई प्रोत्साहित गर्नका लागि गहुँ खेतीमा अनुदान दिन थालिएको छ ।
प्रदेश सरकारले दिएको एम्बुलेन्स पालिकाहरुबाट फिर्ता
उपचार सहजताका लागि सुदूरपश्चिम प्रदेश सरकारले दिएको एम्बुलेन्स स्वास्थ्य संस्था र पालिकाहरुले प्रदेश सरकारलाई नै फिर्ता गर्न थालेका छन् । एम्बुलेन्स बिग्रेपछि खर्चिलो र पहाडी जिल्लाका लागि अनुपयुक्त भएपछि एम्बुलेन्स पाएका स्वास्थ्य संस्था र पालिकाले साढे तीन वर्षमै सरकारलाई एम्बुलेन्स फिर्ता गर्न थालेका हुन् ।
‘दैजि–छेला औद्योगिक क्षेत्रको काम अघि बढ्छ’
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक तथा कञ्चनपुर क्षेत्र ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम् पूर्वमन्त्री रमेश लेखकले दैजि–छेला औद्योगिक क्षेत्रको काम अघि बढ्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कञ्चनपुरले सोमबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।
वन क्षेत्र कब्जा गरी बनाइएका घर टहरामाथि डोजर चल्यो
कैलालीको अत्तरियामा अतिक्रमित वनक्षेत्र खाली गरिएको छ । गोदावरी नगरपालिका –३ अत्तरियास्थित चौकीडाँडामा अतिक्रमित क्षेत्र खाली गराउन वन कार्यालयले सोमबार डोजर चलाएको हो ।
सडक दुर्घटनामा दुई जनाको मृत्यु
कञ्चनपुरमा सडक दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा एक जना र साइकल र मोटरसाइकल ठोकिदा एक गरी दुई जनाको मृत्यु भएको हो ।
महिला हिंसाका घटना बढे
बैतडीमा महिला हिंसाको अवस्था विकराल बन्दै गएको छ। एक तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको २०७९ साउनदेखि २०८० वैशाखसम्म प्रहरीमा ३० वटा उजुरी परेका छन्। हिंसामा परेका १८१ महिलाको उद्धार गरिएको छ।
पीडित महिलाले न्याय पाउनुपर्छ
राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले पीडित महिलाले सहजै न्याय पाउने वातावरण बनाउनका लागि सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।
भर्नाकै दिन किताब पाएपछि विद्यार्थी हर्षित
गतवर्ष किताब नपाए पनि परीक्षा दिएका बाजुराका अधिकांश विद्यार्थीले यो वर्ष भने भर्नाकै दिन किताब पाएपछि हर्षित देखिएका छन्।
सीमा समस्या समाधान चाँडै हुन्छ : परराष्ट्रमन्त्री साउद
नेपाल सरकारका परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले नेपाल भारत सीमा क्षेत्रमा देखिएको समस्या समाधान चाँडै हुने बताउनुभएको छ ।
शिक्षकलाई अन्तरविद्यालय सरुवा
दुहुँ गाउँपालिकाले एउटै विद्यालयमा पाँच वर्ष शिक्षण गरेका शिक्षकलाई सरुवा गर्ने तयारी गरेको छ । अन्तरविद्यालय सरुवाका लागि गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखामा निवेदन दिन शिक्षकहरूलाई सूचित गरेको छ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको समयानुसार अनिवार्य सरुवा नहुँदा त्यसको असर विद्यार्थीको सिकाइमा परेकाले एउटै विद्यालयमा लामो समयसम्म पठनपाठन गराउँदा शिक्षकमा आलस्यसमेत बढेको पाइएकाले गाउँपालिकाले सो निर्णय गरेको जनाएको छ ।
उग्रतारा–मेलौली सडक कालोपत्रे
सुदूरपश्चिम प्रदेशको गौरवको आयोजना उग्रतारा– मेलौली सडकअन्तर्गत थप १० किलोमिटर सडक कालोपत्रे सुरु भएको छ । डडेलधुराको उग्रतारा मन्दिरको फेददेखि बैतडीको पञ्चेश्वर गाउँपालिका जोड्ने राजमार्ग निर्माण सुरु भएको तीन दशकपछि थप १० किलोमिटर कालोपत्रे हुन थालेको हो । सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय डडेलधुराको करिब २३ करोड रुपियाँ लागतमा कालोपत्रे हुन थालेको हो । पूर्वाधार विकास कार्यालय प्रमुख नवराज रावलले अजयमेरु गाउँपालिकाको–१, बयलडाँडादेखि–२, चमडासम्म कालोपत्रे गर्ने कार्य सुरु भएको बताउनुभयो ।
जलवायु अनुकुलन तरकारीखेतीतर्फ किसान आकर्षित
जलबायु परिवर्तनले खेतीबालीमा समेत असर गर्न थालेपछि कैलालीमा जलवायू अनुकुलन कृषक पाठशाला कार्यक्रम सञ्चालन भएको छ । चार महिनासम्म जलवायु अनुकूलन कृषक पाठशाला कार्यक्रम सञ्चालनगरी यहाँका महिलालाई जलबायु परिवर्तनले हुने विभिन्न परिस्थितिमा कसरी तरकारी खेती उत्पादन गर्न सकिन्छ भन्नेबारे सिकाइएको छ ।
सुदूरपश्चिममा कोरोना सङ्क्रमण घट्दै
सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण घट्दैगएको छ । चैत अन्तिमदेखि उकालो लागेको सङ्क्रमण दर वैशाख दोस्रो साताबाट ओरालो लागेको हो । सङ्क्रमण घटेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घटेको छ ।
विकासका लागि दलीय स्वार्थभन्दा माथि उठौँ : मन्त्री साउद
नेपाल सरकारका परराष्ट्रमन्त्री नारायणप्रकाश साउद (एनपी) ले देशको विकासका लागि सबै नेताहरू दलीय स्वार्थभन्दा माथि उठ्न आवश्यक रहेको बताउनुभएको छ ।
भर्नासँगै किताब पाएपछि विद्यार्थी खुसी
गत वर्ष किताब नपाएर नै परीक्षा दिएका बाजुराका अधिकांश विद्यार्थीहरुले यो वर्ष भर्नाकै दिन किताब पाएपछि हर्षित छन् ।
विकासका लागि पार्टी हितभन्दा साझा रूपमा अघि बढाऔँ : मन्त्री साउद
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विकासका लागि राजनीति गरिएकाले पार्टीको हित मात्रै नभई साझा रूपमा अघि बढ्नुपर्ने बताउनुभएको छ ।
सेवा सुविधा नपाएको फरक क्षमताका व्यक्तिहरूको गुनासो
फरक क्षमताका व्यक्तिहरूले संविधानमा उल्लेखित हकअधिकार र सरकारले नै जारी गरेको निर्देशिकाअनुसारका सेवा सुविधा नपाएको गुनासो गरिएको छ ।
प्रशासनद्वारा मिटरब्याज पीडितबाट निवेदन माग
जिल्ला प्रशासन कार्यालय कैलालीले अनुचित लेनदेन (मिटरब्याज) पीडितबाट निवेदन माग गरेको छ । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग २०७९ बाट निवेदन आह्वान भएबमोजिम पीडितहरूको नाम सङ्कलन गर्ने उद्देश्यले प्रशासनले निवेदन माग गरेको हो ।