मालिका माविलाई विद्यार्थी धान्न सकस
बाजुराको सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–८ स्थित मालिका माविलाई थप विद्यार्थीको भर्ना लिन सकस भएको छ । यो शैक्षिक सत्रबाट बाजुराका अधिकांश बालबालिका निजी विद्यालय छोडेर धमाधम भर्ना हुन थालेपछि मालिका माविलाई नयाँ विद्यार्थी भर्ना लिन समस्या भएको हो ।
खलो प्रथाका कारण आरन पेसा सङ्कटमा
खलो प्रथाका कारण बैतडीका अधिकांश ठाउँमा परम्परागत आरन बन्द हुँदै गएका छन् । वर्षभरि आरनमा फलाम पिटेर कृषि औजार बनाएबापत खलो (बालीघरे)का रूपमा पाइने एक पाथी मकै र गहुँले जीविका नचलेपछि आरनको काम छाडेर शिल्पकारहरू ज्याला मजदुरी गर्न भारत जान थालेका छन्
चरा संरक्षणका लागि ईको क्लव
विश्व रामसार क्षेत्रमा सुचीकृत जैविक विविधताले महत्वपूर्ण कैलालीको घोडाघोडी ताल नेपालको पहिला बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) घोषणा भएलगतै चरा संरक्षणका लागि सरकारले चासो दिएको छ ।
बझाङको साइपाल
बझाङको साइपाल गाउँपालिका–५, न्यूना गाउँ । यहाँ करिब ६० परिवार बस्छन् ।
सुदूरपश्चिममा १८ जनामात्रै सक्रिय सङ्क्रमित
सुदूरपश्चिम प्रदेशमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या घटेको छ। पछिल्लो समय कोरोना सङ्क्रमण दर घटेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घटेको हो।
हिमपहिरोमा बेपत्ता पाँच जनाको शव भेटियो
दार्चुलाको व्यास गाउँपालिका –१ भोलुङमा गएको हिमपहिरोमा बेपत्ता भएका पाँचै जनाको शव फेला परेको छ। वैशाख १९ गते गएको हिमपहिरोमा परेर पाँच जना बेपत्ता भएका थिए। सात जनाले भागेर ज्यान जोगाएका थिए।
टीकापुरमा कृषकको आकर्षक कृषि र पर्यटन योजना
टीकापुर नगरपालिका –१ बनगाउँका किसानहरूले सामूहिक कृषि खेतीसँगै आकर्षक पर्यटन व्यवसायको योजना सुरु गरेका छन् । समुदायमा आधारित कृषि तथा पर्यटन परियोजना नाम दिइएको कार्यक्रममा स्थानीय किसानले पाँच बिघा जमिन भाडामा लिएर तरकारी खेती सुरु गरेका हुन् ।
दैलेख आगलागी अपडेट : घाइते विकको मृत्यु
दैलेखको आठविस नगरपालिका –६ स्थित माल्या जङ्गलमा बुधवार आगलागीमा परी घाइते भएका एक जनाको मृत्यु भएको छ ।
नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेता परिवर्तन
नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको संसदीय दलका नेता परिवर्तन गरेको छ ।
विपत् व्यवस्थापनको तयारी
जिल्ला विपत् व्यवस्थापन समिति विपत् व्यवस्थापनको पूर्वतयारीमा जुटेको छ । मनसुन भित्रिने समय नजिकिँदै गर्दा जल तथा मौसमको गडबडीले मानव समुदाय एवं प्राकृतिक क्षेत्रमा पु-याउने क्षति कम गर्न विपत्को पूर्वतयारी थालिएको हो ।
प्रदेश सरकारले पूर्णता पाउँदै
करिब सय दिन पुग्नुभन्दा अगावै सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाउने सम्भावना बढेको छ । सम्भवतः यही हप्ताभित्रै मन्त्रीपरिषद् विस्तार हुने गठबन्धन दलका नेताहरूले बताएका छन् ।
४५ जना मिटरब्याज पीडितको निवेदन सङ्कलन
कैलालीमा ४५ जना मिटरब्याज पीडितको निवेदन सङ्कलन भएको छ। जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको मिटरब्याज पीडित सहायता कक्षमार्फत आजसम्म ४५ जनाले निवेदन दिएका हुन्।
पढाइसँगै करेसाबारी स्याहार्दै विद्यार्थी
कैलालीको जानकी गाउँपालिकामा विद्यार्थी पढाइसँगै करेसाबारीमा व्यस्त रहने गरेका छन् । जानकी–२ स्थित जय पार्वती आधारभूत विद्यालयमा ‘विद्यालय करेसाबारी कार्यक्रम’अन्तर्गत उनीहरूले खेतीसमेत गरेका छन् ।
‘गोरखापत्र नेपाली पत्रकारिताको आधार स्तम्भ’
सुदूरपश्चिम प्रदेशको विकासमा गोरखापत्रको भूमिका महत्वपूर्ण रहेको यस प्रदेशका प्रबुद्ध व्यक्तित्वहरुले बताउनुभएको छ।
गार्मेन्ट उद्योगलाई विद्यालय पोसाक बनाउने चटाराे
धनगढीको गार्मेन्ट उद्योगमा विद्यालय पोसाक बनाउन चटाराे छ । धनगढी उपमहानगरपालिका–५ जाई गाउँमा रहेको साथी गार्मेन्ट उद्योगलाई विद्यालयका लागि टी–सर्ट, सट्याकसुट, पाइन्ट लगायतको पोसाक बनाउन र बेच्न चटाराे भएको हो ।
भारतले पहुँच मार्ग निर्माण गर्न खोल्यो ट्र्याक
राष्ट्रिय गौरवको आयोजना दोधारा चाँदनी–सुक्खा बन्दरगाह निर्माण स्थलसम्म पहुँच मार्ग निर्माणमा भारतीय पक्षले तीव्रता दिएको छ । चार लेनको उक्त सडक तीन किलोमिटर ८२८ मिटर रहेको छ ।
घर निर्माणको काम अलपत्र
बाढीपहिरोबाट विस्थापित भएका घरपरिवारको घर निर्माणको काम अलपत्र परेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको डिजाइनभन्दा स्थानीयले आफ्नै मनोमानीमा घर बनाउन थालेपछि निर्माणको काम अलपत्र परेको हो ।
चराविद् डङ्गौरालाई राष्ट्रिय युवा प्रतिभा सम्मान
अढाई दशकदेखि चरा संरक्षणमा क्रियाशील कैलालीका हिरुलाल डङ्गौरा राष्ट्रिय प्रतिभा सम्मानका लागि छनोट हुनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयले उहाँलाई आर्थिक वर्ष २०७९/८० मा प्रदान गरिने राष्ट्रिय युवा प्रतिभा सम्मानका लागि वातावरण संरक्षण क्षेत्रबाट छनोट गरेको हो । भजनी नगरपालिका –६ निवासी डङ्गौरा बाल्यकालदेखि वन, वातावरण, वन्यजन्तु तथा चरा संरक्षणमा क्रियाशील हुनुहुन्छ ।
प्रहरीद्वारा ३८५ लिटर घरेलु मदिरा नष्ट
कैलाली प्रहरीले ३८५ लिटर घरेलु मदिरा नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय, भजनीबाट खटेको प्रहरी टोलीले भजनी नगरपालिका–५ र ७ बाट मदिरा बरामद गरेर जनप्रतिनिधिको रोहबरमा नष्ट गरेको हो ।
दोषीलाई कानुनी दायरामा ल्याउन ढिलो गर्नुहुँदैन: पूर्वमुख्यमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्टले नक्कली भुटानी शरणार्थी प्रकरणले सबै नेपालीलाई कलङ्कित तुल्याएको भन्दै दोषीलाई कानुनी दायरामा ल्याउन ढिलो गर्नु नहुने बताउनुभएको छ ।
एकै गाउँका तीन किशोरी तीन दिनदेखि बेपत्ता
कैलालीको एकै गाउँका तीन किशोरी बेपत्ता भएका छन् । कैलारी गाउँपालिका–९ जमुनीपुरका तीन किशोरी तीनदेखि बेपत्ता रहेका हुन ।
मजदुरीभन्दा ठेलाबाट दोब्बर कमाइ
दार्चुला जिल्लाका रामसिंह धामी ठेलामा तरकारी बेच्नुहुन्छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ बस्नुहुने ४८ वर्षीय धामी २० वर्ष भारतको दिल्ली लगायत विभिन्न ठाउँमा मजदुरी गरेर २०७६ चैत २८ गते घर फर्कनुभएको हो। घर फर्केपछि पनि पुनः भारत फर्कने सोच बनाएका धामीले यतै केही गर्ने सोच राख्नुभयो। धेरै लगानी लाग्ने कामका लागि पैसा नभए पनि उहाँले कम लगानीमा हुने व्यवसाय गर्नुपर्ने थियो।
बेवारिसे बन्यो ऐतिहासिक महत्वको गर्भा दरबार
ऐतिहासिक महत्वको गर्भा दरबार बेवारिसे बनेको छ । कैलालीको चुरे गाउँपालिका–४ खैरालामा रहेको राणाकालीन दरबार संरक्षण र प्रयोग नहुँदा जीर्ण हुँदै बेवारिसे बनेको हो ।
सशस्त्र प्रहरी नायब निरीक्षकमाथि खुकुरी प्रहार
कञ्चनपुरको दोधारा चाँदनीमा खटिएका एक सशस्त्र प्रहरी नायब निरीक्षकमाथि शुक्रबार राति खुकुरी प्रहार भएको छ ।