• १७ असार २०८१, सोमबार

नगर प्रहरी मृत्यु प्रकरणमा एक पक्राउ

blog

लोकेन्द्र जोशी

दार्चुला, फागुन १७ गते । दार्चुलाको महाकाली नगरपालिकामा कार्यरत महिला नगर प्रहरी मृत्यु प्रकरण अनुसन्धानका लागि एक जनालाई पक्राउ गरिएको छ ।

महाकाली नगरपालिका–४ खलङ्गामा डेरा गरी बस्ने महाकालीका वडा ८ कि २२ वर्षीया रविना पल्याल गत आइतबार कोठामा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको थियो ।  पल्याल मृत्यु प्रकरणको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय दार्चुलाले महाकाली नगरपालिका–८ कै रोशनसिंह धामीलाई पक्राउ गरेको छ । 

मृतक युवतीको परिवारले २९ वर्षीय रोशन धामीको नाममा किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोविन्द भण्डारीले जानकारी दिनुभयो ।

पक्राउ परेका युवक मृतक महिला नगर प्रहरीसँग नजिक रहेको र फोनमा कुराकानी हुनेगरेको भन्दै परिवारजनले प्रहरीमा किटानी जाहेरी दिएपछि उहाँलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । परिवारले दिएको जाहेरी सही भएमा पक्राउ परेका धामीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने बताइएको छ ।