तारेको माछा, टोकरीमा व्यापार
कैलालीको लम्कीचुहा–३, कर्णाली चिसापानी हुँदै यात्रा गर्ने र घुम्न जानेको पहिलो रहर हुन्छ– चिसापानीको माछा चाख्ने । तिनै यात्रु र पर्यटकलाई माछा बेचेर स्थानीय युवाले जीविका चलाउँदै आएका छन् । चिसापानीमा गाडी रोक्नासाथ या नयाँ मानिस देख्नासाथ ‘माछा माछा’ भन्दै तारेको माछा टोकरीमा लिएर पछि लागिहाल्छन् स्थानीय युवा । कर्णालीकै हो त ? भन्दै यात्रु र पर्यटक पनि माछा चाख्न छुटाउँदैनन् ।
सुदूरपश्चिमको विकासको लागि गम्भीर छु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिमको विकासका लागि आफू गम्भीर रहेको बताउनु भएको छ।
कमलबजारलाई महिला भलिबल उपाधि
पञ्चदेवल विनायक नगरपालिकाको टिमलाई पराजित गर्दै पालिकास्तरी खुला महिला भलिवबलको उपाधि कमलजार नगरपालिकाले हात पारेको छ ।
एलपीएल : युथ अफ टिकापुर र धनगढी स्पोर्ट्स विजयी
कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को छैठौं दिन शुक्रबार युथ अफ टिकापुर र धनगढी स्पोर्ट्स क्लब विजयी भएका छन् ।
नवजीवन सहकारीको शेयर पूँजी ५० करोड
सुदूरपश्चिम प्रदेशकै ठुलो सहकारी संस्थाको रुपमा रहेको नवजीवन सहकारी संस्थाको शेयर पूँजी ५० करोड पुगेको छ ।
‘रुपान्तरण अभियानले जनतामा नयाँ आशा जगाएको छ’
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको विशेष रुपान्तरण अभियानले जनतामा नयाँ, आशा जगाउन सफल भएको बताउनुभएको छ ।
प्रधानमन्त्रीले भेट्नुभयो विपिन जोशीका अभिभावक
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलमा हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीका बुबाआमासँग भेट गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड धनगढीमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी आइपुग्नुभएको छ । आज (शुक्रबार) बाट धनगढीमा सुरु हुने सुदूरपश्चिम महोत्सव तथा व्यापार मेला उद्घाटनका लागि उहाँ धनगढी आइपुग्नु भएको हो ।
पर्यटकको रोजाइमा महाकाली पुल
कञ्चनपुरको महाकाली नदीमाथि निर्माण भएको चार लेनको पक्की पुल पर्यटककाे रोजाइमा परेको छ । पुल अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको हो ।
जमिनको तिरो तिर्न भारतमा नोकरी
बाजुराका अधिकांश ठाउँमा पछिल्लो समय खेतीयोग्य जमिन बाँझो रहँदै आएको पाइन्छ । पाखो तथा भिरालो ठाउँको जमिनमा सिँचाइ सुविधा नहुँदा उक्त जमिन बर्सेनि बाँझो हुँदै गएका हुन् ।
शिक्षकको दरबन्दी मिलान
धनगढी उपमहानगरपालिकाले विद्यालय समायोजन कार्य सकेर शिक्षक दरबन्दी मिलान भइरहेको जनाएको छ । गत साउनदेखि उपमहानगरपालिकाले विद्यालय समायोजनको काम सुरु गरेको हो । विद्यार्थी सङ्ख्या न्यून रहेका १४ वटा विद्यालयमा तह र कक्षा समायोजन गरी यही मङ्सिरमा दरबन्दी समायोजन गरिएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिका, शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीका अनुसार १४ वटा विद्यालयको तह र कक्षा समायोजन एवं ७५ जना शिक्षकको दरबन्दी मिलान गरिएको छ ।
प्रधानमन्त्री प्रचण्ड धनगढी आउनुहुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) शुक्रवार दिउँसो कैलालीको धनगढी आउँदै हुनुहुन्छ । कैलाली उद्योग वाणिज्य सङ्घले धनगढीमा आयोजना गर्न लागेको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आउन लाग्नु भएको हो ।
उपकुलपतिमा गैरआवासीय नेपालीको प्रस्ताव
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा गैरआवासीय नेपालीले समेत प्रतिस्पर्धा गरी उपकुलपति नियुक्त हुने व्यवस्था गर्न राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा सहमति भएको छ । समितिमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० मा छलफलका क्रममा यस प्रकारको सहमति भएको हो ।
एलपीएल : यूथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी
कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को औँ पाँचौँ दिन बिहीबार सम्पन्न दुई खेलमा यूथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी भएका छन् ।
सुदूरपश्चिम महोत्सवको तयारी पूरा
भोलिदेखि धनगढीमा आयोजना हुने सुदूरपश्चिम महोत्सव तथा व्यापार मेलाको तयारी पूरा भएको छ ।
ट्याक्टरको सहायताले ट्रली तारिँदै
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ स्थित बनहरा नदीमा ट्याक्टरको सहायता उखुले भरिएको ट्रली तारिँदै । पुलको अभावमा यस क्षेत्रका किसानले सामान ओसार पसारमा सास्ती खेप्नु परेको छ ।
अछाम र सुर्खेत सिमानामा पर्ने जङ्गलघाटको पुल तोकिएकै स्थानमा बन्ने
अछाम र सुर्खेतको सिमानामा पर्ने जङ्गलघाटमा ठेक्का लगाइएको पुलको निर्माण कार्य अगाडि बढ्ने भएको छ । बुधबार अछाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह तथा अछाम र सुर्खेतका नागरिकबिच जङ्गलघाटमा भएको अन्तरक्रिया कार्यक्रममा शाहले अब तोकिएकै स्थानमा पुल बन्ने बताउनुभयो ।
भिरको ढुङ्गा लागेर महिलाको मृत्यु
बाजुरामा घाँस काट्ने क्रममा भिरबाट खसेको ढुङ्गा लागेर एक जना महिलाको मृत्यु भएको छ । बुढीनन्दा नगरपालिका–३ की अन्दाजी ३७ वर्षीया धर्मा विष्टको भिरमा घाँस काट्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर उहाँको मृत्यु भएको हो ।
पश्चिम सेती प्रसारण लाइन छिट्टै निर्माण गरिने
चार सय केभीको पश्चिम सेती (बझाङ–वनलेक–दोदोधरा) विद्युत प्रसारण लाइन छिट्टै निर्माणका लागि सम्बन्धित निकायलाई निर्देशन दिने सङ्घीय सरकारले प्रतिबद्धता जनाएको छ ।
समायोजन भएका विद्यालयका ७५ जना शिक्षकको दरबन्दी मिलान
धनगढी उपमहानगरपालिकाले विद्यालय समायोजनको कामपछि शिक्षक दरबन्दी मिलानको काम पनि सम्पन्न भएको छ ।
प्रधानमन्त्री प्रचण्ड शुक्रबार धनगढी आउनुहुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार धनगढी आउने कार्यक्रम तय भएको छ । मङ्सिर २२ गते शुक्रबारदेखि धनगढीमा सुुरु हुन गइरहेको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड धनगढी आउनलाग्नु भएको हो ।
हवाई सेवा बन्द हुँदा करोडौँका संरचना प्रयोगविहीन
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको पाटनस्थित विमानस्थलमा विगत दुई वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको छ। हवाई सेवा बन्द हुँदा करोडौँ रुपियाँ लगानी गरी निर्माण गरिएका संरचना प्रयोगविहीन छन्। सरकारको करिब १६ करोड रुपियाँ लगानीमा बनेका संरचना विमानस्थल, टर्मिनल भवन र रनवेलगायतका संरचना अलपत्र परेका छन्। केही वर्ष पहिले कैलाली–धनगढी–बैतडी–धनगढी १७ मिनेट हवाई दुरीमा समिट एयरले उडान सेवा सञ्चालन गर्दै आएको थियो।
तोरी फुलेर किसानका खेत पहेँलपुर (फोटो फिचर)
कैलालीमा तोरी फुलेर खेत पहेँलपुर बनेको छ । किसानको खेतमा अहिले सर्वत्र ढकमक्क तोरी फुलेको हो ।
एलपीएल : घोडाघोडी र कैलाली विजयी
कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) मा बुधबार घोडाघोडी क्रिकेट एकेडेमी र कैलाली जिल्ला क्रिकेट क्लब विजयी भएका छन्।