गाउँमै सिकलसेल परीक्षण
टीकापुर नगरपालिका–५, मौरनियाका भिखुराम चौधरीका दुईवर्षे छोरालाई लगातार ज्वरो आएपछि अस्पतालमा जँचाउनुभयो । औषधी उपचार गर्दा पनि निको नभएपछि सिकलसेल भएको थाहा भयो । उक्त रोग पत्ता लागेपछि बालकको नियमित उपचार भइरहेको छ । भिखुरामले छोरामा लागेको रोग पत्ता लगाउनै धेरै समय खर्चिए पनि अहिले भने सिकलसेलको पहिचान गाउँघरमै हुने गरेको छ । भजनी नगरपालिका–१, गौनियाँका ५२ वर्षीय खोजराम चौधरीले आफ्नै वडामा आयोजना गरिएको सिकलसेल स्क्रिनिङ क्याम्पमा जँचाउँदा सिकलसेलको शङ्कास्पद लक्षण देखायो ।
सिकलसेलपीडित समस्यामा
घोडाघोडी नगरपालिका–१, हिम्मतपुर मुक्त कमैया शिविरका ३३ वर्षीय अपाङ्गता छविलाल चौधरीकी श्रीमतीलाई सिकलसेल एनिमियाले च्यापेपछि परिवारको बिचल्ली भएको छ । हातमा सिप र श्रीमतीको साथले ह्विलचेयर चलाएर घर गुजारा चलाउँदै आएको चौधरी परिवारको मूली नै बिरामी परेपछि चिन्ताले गिजोलेको छ । छविलालकी ३२ वर्षीय श्रीमती ताराकुमारी चौधरीलाई खुट्टा दुख्न थालेको एक वर्ष भएको थियो ।
पूर्व–पश्चिम राजमार्ग मर्मत
कञ्चनपुर–कैलालीअन्तर्गत पूर्वपश्चिम राजमार्ग मर्मतको काम सुरु गरिएको छ । सडकमा परेका खाल्डाखुल्डी मर्मत ९पुर्न०का लागि ठेक्कामार्फत सो काम अगाडि बढाइएको हो ।
सीसा, कुखुराको प्वाँखको व्यवस्थापनमा चुनौती
धनगढी उपमहानगरपालिकामा सीसा, कुखुराको प्वाँख, खसी, बोकाको रौंजस्ता फोहोर व्यवस्थापनमा चुनौती देखिएको छ ।
भारतमा सूदुरपश्चिमका खेलाडीलाई सर्वाधिक स्वर्ण
भारतको उत्तराखण्ड स्थित देहरादुनमा भएको सातौँ अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पीयनसीपमा सूदुरपश्चिमका खेलाडीले जिते सबैभन्दा बढी स्वर्ण पदक जितेका छन् ।
जग्गा प्लटिङ कार्यविधि खारेजीको माग गर्दै प्रस्ताव दर्ता
धनगढी उपमहानगरपालिकामा जग्गा प्लटिङ कार्यविधि २०८० को विपक्षमा बहुसङ्ख्यक वडा अध्यक्षसहित कार्यपालिका सदस्य उभिएका छन्।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
‘आफ्ना गाउँमी आफ्नै डाक्टर’
बझाङ जिल्लाको दुर्गाथली गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक दृष्टिले महत्वपूर्ण रहेको छ । परम्परादेखि देवीदेवता एवं दुर्गादेवी नाच्ने ठाउँ (थली) लाई जोडेर यस गाउँपालिकाको नाम दुर्गाथली राखिएको हो । साबिकका सैनपसेला, मौलाली र चौधारी गाविस मिलेर यो गाउँपालिका बनेको हो । यो पालिका जिल्लाकै देवभूमिका रूपमा परिचित छ । यस गाउँपालिकाको अध्यक्षमा युवानेता दिलबहादुर थापा (तुफान) निर्वाचित हुनुभएको डेढ वर्ष भएको छ । गाउँपालिकाको विकास निर्माण, समस्या, चुनौतीलगायतका विषयमा केन्द्रित रहेर गोरखापत्रका लागि बझाङ समाचारदाता शैलेन्द्र रोकायाले उहाँसँग गर्नुभएको कुराकानी :
बेलौरी छोटी भन्सार कार्यालय पुनः सञ्चालन
बेलौरी नगरपालिकामा रहेको छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याइएको छ । त्रिनगर भन्सार कार्यालय धनगढीबाट नायब सुब्बा ज्ञानेन्द्र खत्रीको नेतृत्वमा चारजना कर्मचारीलाई कार्यालय सञ्चालनका लागि खटाइएको छ ।
घाइते गर्भवतीको हेलिकप्टरबाट उद्धार
घाइते अवस्थामा फेला परेकी पाँच महिने एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ। घाइते अवस्थामा भेटिएकी ढकारी गाउँपालिका-७ ढुंगाचाल्ना निवासी ३५ वर्षीया कल्धरी बुढाको थप उपचारका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हेलिकप्टरबाट उद्धार गरिएको हो।
जग्गा नापी सुचारुको माग गर्दै प्रदर्शन
कैलालीको गोदावरी नगरपालिकामा रोकिएको जग्गा नापीको काम सुचारु गर्न माग गर्दै प्रदर्शन गरिएको छ । विगत छ महिनादेखि जग्गा नापीको काम रोकिएको भन्दै स्थानीय बासिन्दाले मंगलबार नगरपालिका घेराउ गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते
अछाम, पुस ३ गते । अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । मङ्गलसेन नगरपालिका–६ ठूलासैन नजिकै मध्यपहाडी पुष्पलाल राजमार्गमा जिप दुर्घटना भएको हो । हुम्ला जिल्लाको सिमीकोट गाउँपालिका–३ का कार्बु लामाले चलाएकोे भे १ च २५७६ नं. को जिप दुर्घटनामा परी १४ जनामध्ये १३ जना घाइते र एकजना सामान्य घाइते भएका हुन् । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताउनुभयो ।बाजुराबाट सुर्खेततर्फ जाँदै गरेको जिप ओरालोमा एक्कासि ‘ब्रेक फेल’ भई सडकको किनारमा पल्टिएको थियो । रासस
साँदनी खोलाको पुलले बस्तीमा दिएको खुसी
डडेल्धुराको भित्रीमधेश क्षेत्र परशुराम नगरपालिका–७ का ५३ वर्षीय रामदत्त भट्टले साँदनी गाउँमा व्यापार थालेको दुई दशक भयो । गाउँमै सामान्यस्तरको व्यापारबाट घर गुजारा चलाइरहेका उहाँ हिजोआज भने बस्तीमा क्रमिक रुपमा हुँदै गएको विकासले हर्षित मात्रै होइन, व्यापार बढाउन हौसिएका छन् ।
सडकसँग जोडिँदै दुर्गम गाउँ
आफ्नै गाउँका टोलटोलमा सडक पुग्ला र घरघरले सवारीसाधन किनेर दुर्गम गाउँ पनि सुगम जस्तै सुविधा सम्पन्न होला भनेर त झनै उहाँले परिकल्पनासम्म गर्नुभएको थिएन ।
मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
कैलालीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
हिउँदे अधिवेशनको छैन सुरसार
सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन बस्ने सम्बन्धमा अझै सुरसार हुन सकेको छैन । प्रदेश सभाको आठौँ एवं बर्खे अधिवेशन अन्त्य भएको अढाई महिना हुन लागे पनि अर्को अधिवेशनको तयारी छैन । प्रदेश सभामा सरकारले नयाँ विधेयक पनि दर्ता नगराएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार प्रदेश सभा सञ्चालनका लागि अहिलेसम्म बिजनेस पेस भएको छैन ।
छलिया नाचेर सिडिओको बिदाइ
स्थानीयवासीले छलिया नाच्दै तामाको गाग्री उपहार दिएर प्रमुख जिल्ला अधिकारी (सिडिओ) को बिदाइ गरेका छन् । बैतडीबाट नवलपरासीपश्चिमको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा हुनुभएका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलाई स्थानीयले बाजागाजा बजाएर छलिया नाच्दै बिदाइ गरेका हुन् ।
पशु कल्याण ऐन बनाउन माग
पशु कल्याणका लागि ऐन बनाउनु पर्ने सरोकारवालाले माग गरेका छन् । सुदूरपश्चिम प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आज आयोजना गरेको एक कार्यक्रममा उहाँहरुले पशु कल्याणसम्बन्धी ऐनको आवश्यकता दर्शाउनुभयो ।
डा. केसीद्वारा अनसन अन्त्य
स्वास्थ्य, शिक्षा क्षेत्रको समग्र सुधार र सबैको समान पहुँचको मागसहित धनगढीमा सत्याग्रह थाल्नु भएका डा. गोविन्द केसीले आज अनसन तोड्नु भएको छ ।
शुक्लाफाँटामा दुई हात्ती थपिँदै
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुई हात्ती थपिँदैछन् । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको सो निकुञ्जमा पछिल्ला वर्षमा वन्यजन्तुको सुरक्षार्थ गरिने गस्तीका लागि हात्तीको अभाव रहेको थियो ।
प्रदेश राजधानी स्थल गोदावरीमा बल्यो बिजुली
बस्ती बसेको चार दशकपछि कैलालीको गोदावरी नगरपालिकाको पहाडी गाउँ बस्तीमा विद्युत् विस्तार भैईरहेको छ । नजिकको छिमेकी बजार अत्तरियाको बिजुली हेरेर जिन्दगी बिताउन विवश १२ नम्बर वडाको पहाडी क्षेत्रका स्थानीय बासिन्दा आफ्नै घरमा बिजुलीका चिम बल्न थालेपछि हर्षित भएका हुन ।
हेलिकप्टरबाट सुत्केरीको उद्धार
सुत्केरी हुन नसकेर गम्भीर बिरामी भएकी सुन्दरी थापाको हेलिप्टरमार्फत उद्धार गरिएको छ ।
शाहको कुशको शव बनाइ अन्त्येष्टि
रुस–युक्रेन युद्धमा रुसको तर्फबाट खटिएका टीकापुरका भरतबहादुर शाहको कुशको शव बनाइ कर्णाली नदीमा अन्तिम संस्कार गरिएको छ ।
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
मार्तडीबाट निर्माण सामाग्री लिएर बडिमालिका-२ भौनेरा जाँदै गर्दा खरिगाडमा दुर्घटना हुँदा तीन पुरुष र एक महिला गरेर चार जनाको घट्नास्थलमै मृत्यु भएको हो।