मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
धनगढी उपमहानगरपालिका–१८ इ गाउँमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडाका २८ वर्षीय पप्पुबहादुर कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले बताउनु भयो ।
सडकसँग जोडिन थाले दुर्गम गाउँबस्ती
दुर्गाथली गाउँपालिका–१, का विजय तिरुवालाई सवारीसाधन चढेर आफ्नो गाउँसम्म आउन पाइएला भन्ने कुराको विश्वास नै थिएन । यस्तो डाँडा, कठिन भिरपाखा र पहाडमा सडक बन्ला र गाडी आउला भन्ने कुरा तिरुवालगायत कतिपयका लागि सपना जस्तै थियो । गाउँ गाउँमा सडक पुग्ला र घर घरमा सवारीसाधन आउलान, यहाँका दुर्गम गाउँ सुगम सहर जस्तै सुविधायुक्त होला भनेर त झन् आफूले कहिलै कल्पनासम्म नगरेको उहाँ बताउनुहुन्छ ।
बैङ्कले घर फुटाएर छोडेपछि हारगुहार
धनगढीमा ग्लोबल आइएमई बैङ्कले घर फुटाइदिएपछि घरधनीले हारगुहार गरेका छन् । डेढ करोड ऋण लिएर बनाएको घरलाई बैङ्कले कार्यालय बनाउने नाममा भत्काइदिएको तर छोड्ने बेला सम्झौता अनुसार मर्मत नगरेको भन्दै भुवनसिंह कार्कीले हारगुहार गर्नुभएको हो । उहाँले मासिक दुई लाख बढी भाडा उठ्ने घरलाई बैङ्कले भाडामा नजाने बनाइदिएको आरोप लगाउँदै मर्मतसहित क्षतिपूर्तिको माग गर्नुभएको छ । कार्कीसमेतको स्वामित्व रहेको धनगढी उपमहानगरपालिका–२ मा शशाङ्क शाहीको घरलाई सन् २००७ बाट तत्कालीन बैङ्क अफ काठमाडौँले भाडामा लिएको थियो ।
सीमा विवाद समाधान गर्न सुदूरपश्चिम र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीबिच छलफल
सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सीमामा रहेको कर्णाली नदीका कारण बढ्दै गएको सीमा विवाद हटाउन दुवै प्रदेशका मुख्यमन्त्रीबिच छलफल भएको छ ।
दुई वर्ष अघि नै सम्पन्न हुनु पर्ने मार्तडी–कोल्टी सडकमा ठेकेदारको लापरबाही
बाजुराको मार्तडी देखि कोल्टी सम्मको सडक निर्माण कार्यमा ढिलाइ भएको छ । जिम्मा लिएका दुई वटा ठेकेदार कम्पनीको लापरबाही कारण सो सडक निर्माण कार्यमा ढिलाइ भएको हो ।
सर्वोच्चको आदेशविपरीत उत्खनन चुरे–मोहन्याल सीमा विवाद चुलिँदै
कैलालीका केही स्थानीय तहमा लामो समयदेखिको सीमा विवाद अझै सुल्झिएको छैन । सामान्य विवाद अन्य पालिकामा भएता पनि कैलालीका दुई पहाडी गाउँपालिका चुरे र मोहन्यालको सीमा विवाद जटिल अवस्थामा छ । मोहन्याल गाउँपालिकाको छिमेकी गाउँपालिका तथा नगरपालिकाका रूपमा बर्दगोरिया, घोडाघोडी र लम्कीचुहा रहेका छन् । सीमासम्बन्धी सामान्य विवाद बर्दगोरिया र घोडाघोडी नगरपालिकासँग रहे पनि पछिल्लो समय लम्कीचुहा नगरपालिकासँग बढी नै विवाद चुलिएको छ । मोहन्याल गाउँपालिकाका अध्यक्ष देविदत्त उपाध्यायले मोहन्याल गाउँपालिका क्षेत्रभित्र हस्तक्षेप गर्दै ढुङ्गा, बालुवा, गिट्टी उठाउँदै आएको लम्कीचुहा नगरपालिकाले भौतिक संरचना निर्माणको कार्यसमेत गर्न थालेपछि विवाद चुलिएको बताउनुभयो ।
आधुनिक बसपार्कको डीपीआर तयार
कैलालीको धनगढीमा बन्ने आधुनिक बसपार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको छ ।
राष्ट्रिय कृषि गणना २०७८ : सुदूरपश्चिम प्रदेशस्तरीय नतिजा सार्वजनिक
राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय कृषि गणना, २०७८ को सुदूरपश्चिम प्रदेशस्तरीय नतिजा सार्वजनिक गरेको छ । धनगढीमा आज आयोजित नतिजा सार्वजनिक कार्यक्रममा कृषि गणना, २०७८ अनुसार सुदूरपश्चिममा चार लाख ५७ हजार सात ५६ किसान परिवारले एक लाख ९२ हजार आठ सय ८५ हेक्टरमा कृषिकार्य गरेको जानकारी दिइएको छ ।
'खेल र खेलाडीको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ'
खेल र खेलाडीको सर्वाङगिण विकासका लागि प्रदेश सरकार र सम्बन्धित मन्त्रालयको मन्त्रीका हैसियतले आफू सदैव प्रतिबद्ध रहेको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउँदले बताउनुभएको छ ।
सुदूरपश्चिमलाई बालमैत्री प्रदेश बनाउँछौं : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमलाई बालमैत्री वातावरण भएको प्रदेश बनाउन प्रदेश सरकार लागिरहेको बताउनु भएको छ।
मुक्त कमैया, हलिया पुनःस्थापना कार्यविधिका लागि सुझाव सङ्कलन
सुदूरपश्चिम प्रदेश सरकारले तयार पार्न लागेको मुक्त कमैया, कमलरी, हलिया पुनःस्थापना कार्यविधिका लागि सरोकारवालाबाट सुझाव सङ्कलन गरिएको छ।
५४ हजारलाई टाइफाइडको खोप दिइने
जिल्लाका आठ वटै स्थानीय तहका लक्षित जनसङ्ख्याको १६ देखि ४५ वर्ष उमेर समूहका करिब ५४ हजार छ सय ३५ जनालाई टाइफाइड विरुद्धको खोप दिइने भएको छ ।
‘लागुऔषध हब बन्न नदिन प्रयास गर्नेछु’
लागुऔषध दुर्व्यसन बढेको कैलालीलाई हब बन्न नदिने गरी आफूले हरसम्भव प्रयास गर्ने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले प्रतिवद्धता जनाउनुभएको छ ।
ढिके नुनबाट टाढिँदै बझाङी
साइपाल गाउँपालिका–४ धुलीका सोनाम तामाङ ढिके नुन प्रयोग गरेरै हुर्किनुभयो । सात दशक पुराना उहाँलाई बाल्यकालदेखि नै ढिके नुनका लुकाल (भेडाच्याङ्ग्रामा बोकिने भारी) बोकेको खुब सम्झना आउँछ । च्याङ्ग्रा भेडामा बोकेर गाउँगाउँमा नुनको व्यापार गर्ने तामाङ दशकयता भने आयोडिनयुक्त धुलो नुन खाइरहनुभएको छ ।
कोरोनाकालीन संरचना प्रयोगविहीन
कोरोना महामारी नियन्त्रणका लागि बनेका संरचना प्रयोगविहीन भएका छन् । सेती प्रादेशिक अस्पतालमा बनेको कोरोना अस्थायी अस्पताल र बडहरामा रहेको होल्डिङ सेन्टर महामारी हटेसँगै प्रयोगमा आएका छैनन् । कोरोना सङ्क्रमितको उपचारका लागि प्रदेश सरकारको लगानीमा सेती प्रादेशिक अस्पतालमा ५० शय्याको अस्थायी अस्पताल निर्माण गरिएको थियो । महामारीका बेला कैयौँ बिरामीको जीवन बचाएको कोरोना अस्थायी अस्पताल आफैँ बिरामी जस्तै भएको छ ।
मुक्तिकोट दलित बस्ती अभावको भुमरीमा
बाजुरा जिल्लाको स्वामिकार्तिक गाउँपालिका– १ मा रहेको मुक्तिकोट दलित बस्तीमा गाँस, बास र कपासको चरम अभाव देखिएको छ । यहाँ पिउनलाई खानेपानीसमेत छैन । करिब ३८० घरपरिवार रहेको यो दलित बस्ती पहिरोको जोखिममा छ । गत वर्ष असोजमा आएको अविरल वर्षाका कारण बस्तीको तल र माथिबाट पहिरो गएपछि यस्तो समस्या देखिएको हो ।
ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु
ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका –५ मा पाँच वर्षीया शान्ति भट्टको ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो ।
सहिद, बेपत्ता पारिएका र घाइते परिवारको स्वास्थ्य बिमा गरिँदै
टीकापुर नगरपालिकाले सहिद, बेपत्ता पारिएका तथा घाइते परिवारलाई स्वास्थ्य बिमा गरिदिने गरेको छ । पालिकाले गत वर्ष ४६ परिवारको बिमा गरिदिएको थियो ।
घाँस बेचेर शिक्षकलाई तलब
एउटा सरकारी विद्यालयमा कार्यरत शिक्षक विद्यालय परिसरमा रहेको मैदानको घाँस बेचेर तलब खान्छन् भन्दा पत्यार नलाग्न सक्छ ।
आगलागीबाट पाँच गम्भीर घाइते
भारतको बैंग्लोरमा ग्याँस लिक भइ आगलागी हुँदा मजदुरी गर्ने एक नेपाली परिवारका पाँच जना गम्भीर घाइते भएका छन् ।
मष्टा गाउँपालिकामा 'श्रमदान, महाअभियान'
बझाङ मष्टा गाउँपालिकाका जनप्रतिनिधी सहित स्थानीयले महिनामा कम्तीमा पनि दुई दिन अनिवार्य श्रमदान गर्ने कार्यको सुरुवात गरेको छ ।
गोदावरीमा जिपलाइन सुरु
कैलाली जिल्लाकोे अत्तरिया नगरपालिका गोदावरीमा जिपलाइन सेवा सुरु भएको छ ।
थारु होमस्टे महोत्सव हुने
कैलालीको धनगढी उपमहानगरपालिका–१६ मा रहेको भादामा थारु होमस्टे गाउँ भादा महोत्सव हुने भएको छ ।
सडकको अनुगमन गर्न यातायातमन्त्री ज्वाला दार्चुला आउनुहुँदै
दार्चुला तिंकर सडकको स्थलगत अनुगमनमा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला दार्चुला आउँदै हुनुहुन्छ ।