• १३ साउन २०८१, आइतबार

आइएलओको टोलीद्वारा रोजगार कार्यक्रमको अनुगमन

blog

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काम गर्दै स्थानीय।

अविनाश चौधरी

धनगढी, चैत ९ गते। अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को टोलीले कैलालीको कैलारीमा सञ्चालित स्वरोजगार कार्यक्रमको अनुगमन गरेको छ। 

अन्तर्राष्ट्रिय श्रम सङ्गठनको नेपालका लागि कन्ट्री अफिसर ओक्साना लिपकानु, कन्ट्री निर्देशक नुमान ओज्कान, राष्ट्रिय कार्यक्रम संयोजक ताराप्रसाद बखरिया लगायतको टोलीले अनुगमन गरेको हो। टोलीले जनप्रतिनिसँग छलफलसमेत गरेको छ। 

छलफलको क्रममा कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले आफ्नो पालिकामा एउटा पनि उद्योग, कलकारखाना नरहेका कारण युवाले रोजगारी पाउन नसकिरहेको बताउनुभयो। उहाँले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत पनि बजेट अनुसार रोजगारी दिनुपर्ने बाध्यताका कारण सबैलाई यस कार्यमा समेट्न नसकिरहेको उल्लेख गर्नुभयो। 

यसैबिच, गाउँपालिकाको रोजगार सेवा केन्द्रले यस वर्ष ७७ महिला र छ पुरुष गरी ८३ जनालाई रोजगारी दिएको छ। रोजगार सेवा केन्द्रका शाखाका संयोजक नितु भण्डारीका अनुसार पाँच वर्षमा ९९० जनाले रोजगारी पाइसके छन्। आर्थिक वर्ष २०७९÷८० मा १२०, आर्थिक वर्ष २०७८÷७९ मा २२५, आर्थिक वर्ष २०७७÷७८ मा २४८ र आर्थिक वर्ष २०७६÷७७ मा ३१४ जनाले रोजगारी पाएका थिए। 

पछिल्ला वर्षमा रोजगारी पाउनेको सङ्ख्या घट्दै गएको छ। रोजगार सेवा केन्द्रलाई प्राप्त हुने बजेट घट्दै गएकाले रोजगारी पाउनेको सङ्ख्या घटाउनुपरेको कैलारी गाउँपालिकाका रोजगार सहायक इन्द्रश्याम चौधरीले बताउनुभयो।