लागुऔषध सेवनकर्तासँग गर्नुपर्ने व्यवहार बुझाउँदै प्रहरी
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो लागुऔषध सेवनकर्तासँग गर्नुपर्ने व्यवहार बुझाउन स्थानीय तहसम्म पुगेको छ ।
सुदूरपश्चिममा लगानीका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्व अध्यक्षले सुदूरपश्चिम प्रदेशमा लगानीकर्तालाई लगानी गर्नका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
खप्तड सडक अलपत्र
बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिकास्थित खप्तड पर्यटकीय सडकको निर्माण तीन वर्षदेखि रोकिएको छ । खप्तड राष्ट्रिय निकुञ्ज प्रवेशको बझाङतर्फको यो मार्ग प्रमुख सडकसमेत हो ।
घोरीघोरा लवाङ्गी पूजा तथा सांस्कृतिक महोत्सव सुरु
कैलालीको घोडाघोडी नगरपालिका –१ घोडाघोडी मन्दिर परिसरमा तीन दिने लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव आजदेखि सुरुभएको छ ।
एक लाख पशुलाई खोरेतविरुद्धको खोप
भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्र कैलालीले खोरेत रोग नियन्त्रणका लागि एक लाख खुरफट्टा जनावरलाई खोरेतविरुद्धको खोप लगाएको छ ।
‘सडक खन्दै स्थानीय तह, बाटो बिराउँदै समाज’
बैतडीका स्थानीय तहले सडक पूर्वाधार निर्माणमा करोडौं रुपियाँ खर्च गरेपनि सामाजिक काममा चासो नदिँदा समाज बाटो बिराउँदै गएको सरोकारवालाले बताएका छन् ।
पाहुनाको पर्खाइमा शुक्लाफाँटाको खयरकन्द्रा घरबास
शुक्लाफाँटा नगरपालिका–३ की वसन्ती चौधरी खयरकन्द्रा घरबास (होमस्टे)की सञ्चालक हुनुहुन्छ । घरबास सञ्चालनका लागि अतिथि सत्कार गर्ने कार्यमा उहाँ निपुण हुनुभएको छ ।
भूकम्प प्रभावितका लागि उपलब्ध आठ करोड फिर्ता
बाजुराका भूकम्पप्रभावित परिवारका लागि आएको पहिलो किस्ताको रु १४ करोडमध्ये रु आठ करोड फिर्ता गरिएको छ । पहिलो किस्ताको रु १४ करोडमध्ये रु १० करोड फिर्ता गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्र पठाएपछि सो रकम फिर्ता गरिएको हो ।
करेन्ट लागेर महिलाको मृत्यु
कैलालीमा बिहीबार एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । गोदावरी नगरपालिका–१ भरतपुरकी अन्दाजी २३ वर्षीया कोपिला जोशी मोटरबाट पानी तान्दा करेन्ट लागेर घाइते हुनुभएको थियो ।
एलपीएल : धनगढी स्पोर्ट्स क्लब सेमिफाइनलमा
बायाँ हाते स्पिनर भुवन कार्कीले असाधारण बलिङ प्रदर्शन गर्दै आठ विकेट लिएपछि धनगढी स्पोर्ट्स क्लब कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को सेमिफाइनल प्रवेश गरेको छ ।
कृषिजन्य उत्पादनको बजारीकरण गर्दै हाटबजार
बेलौरी नगरपालिका-३ का समीर चौधरीलाई बारीमा उत्पादित तरकारी बेच्ने झन्झट हटेर गएको छ । उत्पादित तरकारी सहजरुपमा गाउँ नजिकैको कलकत्ता बजारमा सञ्चालित हाटबजारमा बिक्री हुन थालेपछि उहाँ निकै खुसी छन् ।
ठेकेदार सम्पर्कविहीन भएपछि आयोजना अलपत्र
ठेकेदार कम्पनीले निर्माण कार्य अलपत्र पारी सम्पर्कविहीन हुँदा करोडौँ मूल्यको सडक आयोजना अलपत्र परेको छ । ठेकेदार सम्पर्कविहीन भएका कारण बझाङको खप्तडछान्ना गाउँपालिकामा रहेको खप्तड पर्यटकीय सडकको निर्माण कार्य रोकिएको हो ।
महेन्द्रनगरमा सात दिने निषेधाज्ञा जारी
कञ्चनपुरको महेन्द्रनगरमा निषेधाज्ञा जारी भएको छ । भीमदत्त नगरपालिका–४ मा रहेको संविधान चोकको आसपास क्षेत्रमा मूर्ति स्थापना गर्न दिने वा नदिने विषयमा राजनीतिक दलबिच मतभिन्नता देखिएपछि शान्ति सुव्यवस्थालाई कायम राख्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको हो ।
‘असुरक्षित गर्भपतन गराउँदा ज्यान जोखिममा पर्न सक्छ’
कञ्चनपुरमा पछिल्लो समय सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । तोकिएका सरकारी स्वास्थ्य संस्थामा उक्त सेवा निः शुल्क र गर्भपतन गराउनेको परिचयसमेत गोप्य राखिन थालिएपछि यो सेवा लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।
मृतकका परिवारसँग राजदूत गोडरको भेट
नेपालका लागि इजरायली राजदूत हेनान गोडरले हमासको आक्रमणमा परी मृत्यु भएका विद्यार्थीको परिवारसँग भेट गर्नुभएको छ । घोडाघोडी नगरपालिका–४, जनकपुरस्थित मृतक नारायणप्रसाद न्यौपानेको घरमै पुगेर राजदूत गोडरले परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।
काम गर्न भारत जानेको लस्कर
बाजुराका अधिकांश गाउँका स्थानीय हिउँदे खेती सकेर कामको खोजीमा धमाधम छिमेकी मुलुक भारततर्फ जान थालेका छन् । उनीहरू मजदुरीका लागि भारतका विभिन्न सहरमा जाने गरेको पाइएको छ । कात्तिक–मङ्सिरमा गहुँ खेती सकेर केही महिना मजदुरी गर्न भारत हिँडेको बुढीगङ्गा नगरपालिका–१० का धनबहादुर सार्कीले बताउनुभयो । गाउँमा कुनै रोजगारीको अवसर नहुँदा हिउँद र बर्सातको समयमा मजदुरीका लागि भारत जानुपर्ने बाध्यता भएको भनाइ उहाँको छ ।
बुलबुले तालमा ‘बुलबुल’ को आकर्षण
कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–१० मा रहेको बुलबुले ताल हिजोआज निकै आकर्षक बन्दै गएको छ। बुलबुले सामुदायिक वन क्षेत्रमा रहेको उक्त प्राकृतिक ताल सानो भए पनि बुलबुल भनेर कराउँदा बुलबुले निस्कने अनौठो विशेषता रहेको छ। यस तालमा पानीको फोका उठ्ने गर्दछ। मानिसले जति धेरै ‘बुलबुल’ भनेर चिच्यायो उति नै फोका जमिन मुनिबाट निस्केको दृष्य प्रस्ट देख्न सकिन्छ। सामुदायिक वन उपभोक्ता समितिले घेराबार गरेर तालको संरक्षण गरेको छ।
सहकारीलाई स्वरोजगारमुखी बनाउन मन्त्री देउवाको सुझाव
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले सुदूरपश्चिम प्रदेशलाई चिनाउन नवजीवन सहकारी संस्थाले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ । नवजीवन सहकारी जस्ता धेरै संस्था भए सरकार समेत बलियो हुने उहाँले बताउनुभयो ।
राप्रपाकाे बृहत् आमसभा कैलालीमा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बृहत् आमसभा कैलालीको घोडाघोडी नगरपालिका १० पहलमानपुरमा भएको छ ।
राजमार्गका बिजुलीका खम्बा व्यवस्थापन नगर्दा जोखिम बढ्यो
पूर्व-पश्चिम राजमार्ग चौडा गर्ने क्रममा शुक्लाफाँटा नगरपालिका क्षेत्रका बिजुलीका खम्बा व्यवस्थापन नगर्दा दुर्घटनाको उच्च जोखिम बढेको छ । राजमार्गको झलारी बजार क्षेत्रमै राखिएको दुई सय केभिएको ट्रान्सफर्मर जमिनभन्दा दुई फिट मात्रै माथि रहेको छ ।
सहकारीलाई स्वरोजगारमुखी बनाउन मन्त्रीको सुझाव
सहकारी संस्थालाई सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले सुदूरपश्चिम प्रदेशलाई चिनाउन नवजीवन सहकारी संस्थाले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।
इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम सरकारको २ लाख सहयोग
विद्रोही समूह हमासको आक्रमणमा परी गत असोज २० गते इजरायलमा ज्यान गुमाएका सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका विद्यार्थीका परिवारलाई सहयोग हस्तान्तरण गरिएको छ ।
तारा थलापरेपछि परिवारको बिचल्ली
घोडाघोडी नगरपालिका वडा नम्बर १ हिम्मतपुर मुक्त कमैया शिविरका ३३ वर्षीय अपाङ्ग छविलाल चौधरीको श्रीमतीलाई एकाएक सिकलसेल एनिमिया बिरामले च्यापेपछि परिवारको बिचल्ली भएको छ ।
रोजगारी र पूर्वाधार प्राथमिकतामा
मालिकार्जुन गाउँपालिका ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक तथा धार्मिक दृष्टिकोणले दार्चुलाको महत्वपूर्ण स्थानीय तह हो । सङ्घीयतापछि आठ वडामा विभाजित यो गाउँपालिका साबिकका मालिकार्जुन, डाँडाकोट, उकु, भगवती, हुनैनाथ र शङ्करपुर गाविस समेटिएर बनेको हो । पूर्वमा शैल्यशिखर नगरपालिका, पश्चिममा पवित्र महाकाली नदी, उत्तरमा महाकाली नगरपालिका र दक्षिणमा लेकम गाउँपालिका रहेको छ । पवित्र धार्मिक मठमन्दिर एवं प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालकै सा