• २० वैशाख २०८१, बिहिबार

कुलपति राईद्वारा एकल कविता वाचन

blog

कोहलपुर, फागुन ३० गते । सांस्कृतिक सत्ता र समताका लागि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको एकल कविता वाचन कार्यक्रम लुम्बिनी प्रदेशको कोहलपुरमा सम्पन्न भयो। यस अवसरमा कुलपति राईले लगभग एक दर्जन कविता वाचन गर्नुभएको थियो । वाचित कविताहरूमा सौन्दर्ययुक्त चेतना ,पहिचान ,मुक्ति र अग्रगमनका स्वरहरू गुन्जिएका थिए ।

उक्त कार्यक्रमको आयोजना ज्ञानोदय सामुदायिक पुस्तकालयले गरेको थियो । यस कार्यक्रममा कोहलपुरका साहित्यकार, बुद्धिजीवी तथा विद्यार्थीलगायतको बाक्लो उपस्थिति थियो । 

कुलपति राईद्वारा सांस्कृतिक सत्ता र समताको लागि भन्ने अभियान अन्तर्गतको एकल कविता वाचनको यो चौथो शृङ्खला हो । चितवनबाट सुरु भएको यो अभियान युएसएको बोस्टन र नर्थ क्यारोलिनामा दोस्रो र तेस्रो शृङ्खला सम्पन्न भएको थियो ।

योभन्दा अगाडि प्रज्ञा प्रतिष्ठानको साहित्य गद्य विभागद्वारा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय आख्यान महोत्सव कोहलपुरमा र सुदूरपश्चिम प्रदेशस्तरीय आख्यान महोत्सव धनगढीमा सम्पन्न गरी कुलपति राई एकल कविता वाचनमा सरिक हुनुभएको थियो ।