कर्णाली पुलबाट हाम फालेका शाहीको शव भेटियो
कैलालीको चिसापानीस्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला परेको छ ।
पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि शान्तिपूर्ण वातावरणमा पहिलो दिनको परीक्षा सम्पन्न भएको छ ।
सुदूरपश्चिमका दुई मन्त्रीद्वारा पदभार ग्रहण
सुदूरपश्चिम प्रदेशका दुई बिना विभागीय मन्त्रीले बिहीबार मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ।
श्रीएयरको जहाज साढे दुई घण्टा आकाशमै
धनगढीबाट काठमाडौंका लागि उडेको श्रीएयरको फ्लाइट नम्बर २२८ खराब मौसमका कारण दुई घण्टा २२ मिनेट आकाशमै फन्को मारेपछि यात्रुले सास्ती भोग्नुपरेको छ ।
खुटिया पुलमुनि मृत पुरुष फेला
कैलालीको गोदावरी नगरपालिका –९ बल्मी गाउँका ५५ वर्षीय रामबहादुर नेपाली खुटिया पुलमुनि मृत भेटिनुभएको छ ।
अस्पतालको आधा करोड रुपियाँ भाडा उठेन
टीकापुर अस्पतालको जग्गा भाडामा लिएर व्यवसाय गर्दै आएका १०१ जना व्यवसायीले भाडा नतिरेको पाइएको छ । २०८० सालको पुस मसान्तसम्म ५३ लाख ४६ हजार रुपियाँ भाडा उठ्न बाँकी रहेको छ । भाडामा बसेका १०८ जनामध्ये सात जनाले मात्रै पूरै भाडा चुक्ता गरेका छन् । समयमा भाडा नतिर्ने १०१ जनाबाट उठ्न बाँकी बक्यौता ५३ लाख ४६ हजार रुपियाँ रहेको अस्पतालका लेखा अधिकृत निता रेग्मीले बताउनुभयो ।
शुक्लाफाँटामा खरमजुरको अनुगमन
सुदूरपश्चिम प्रदेशमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजबाट अति सङ्कटापन्न खरमजुर चराको अनुगमन सुरु भएको छ ।
नाउपाद्वारा सुदूरपश्चिम मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता
नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा पार्टी कार्यालय टीकापुरमा बुधबार बसेको संस्थापक केन्द्रीय समिति र प्रदेश सभा सदस्यहरूको बैठकले यस्तो निर्णय गरेको हो ।
रानाथारू समुदायमा होलीको उल्लास
परम्परागत थारु पहिरनमा सजिएका बालबालिकादेखि तन्नेरी हुँदै पाकासम्म होलीको रङमा रमाइरहेका छन् । दुई समूहमा रहेका उहाँहरू छुट्टाछुट्टै घेरामा गोलबद्ध छन् ।
धनगढीका नगर प्रमुख हमालकी छोरी सम्पर्कमा
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालकी जेठी छोरी आरती हमाल सम्पर्कमा आउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशबाट एसइईमा पचपन्न हजार सहभागी हुने
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सुदूरपश्चिम प्रदेशबाट ५५ हजार १० जना विद्यार्थी सहभागी हुने भएका छन् । तीमध्ये २७ हजार २४४ छात्र र २७ हजार ७६६ छात्रा रहेका छन् । सुदूरपश्चिम प्रदेश शिक्षा विकास निर्देशनालयका सूचना अधिकारी कृष्णबहादुर बोहोराले एसइईको सम्पूर्ण तयारी सकिएको जानकारी दिनुभयो । यस प्रदेशका नौ वटै जिल्लाका लागि २११ परीक्षा केन्द्र, २११ केन्द्राध्यक्ष, ३७४ सहायक केन्द्राध्यक्ष तोकिएको बोहोराले बताउनुभयो ।
कर्णालीमा बेपत्ता शाहीको खोजी जारी
कर्णालीको पुलबाट नदीमा हामफालेर पौडी खेल्ने क्रममा बेपत्ता भएका ३० वर्षीय लोकेन्द्र शाहीको खोजी कार्य जारी रहेको छ । कैलाली र बर्दिया जिल्ला जोड्ने चिसापानीस्थित कर्णाली पुलबाट फागुपूर्णिमाको दिन दिउँसो १७ जनाले हामफालेका थिए । सोमध्ये १६ जना पौडी खेलेर पार भए पनि लोकेन्द्र बेपत्ता रहेका छन् । फागुपूर्णिमाको रमझमपछि मादक पदार्थ सेवन गरेका १७ जना युवाले पुलबाट हामफालेको बताइन्छ । उनीहरू पाइन्ट र जुत्तासहित नदीमा हामफालेका थिए ।
जनक शिक्षाको पाठ्यपुस्तक विक्री सुरु
जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले सुदूरपश्चिममा शैक्षिक सत्र सुरु हुने बित्तिकै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुगाउने लक्ष्य अनुसार मङ्गलवारदेखि पाठ्यपुस्तक बिक्री वितरण सुरु गरेको छ ।
छ महिनादेखि कर्मचारीले तलब पाएनन्
सुदूरपश्चिम प्रदेशका सीमानाकामा सञ्चालनमा रहेका ‘हेल्थ डेस्क’का कर्मचारीले छ महिनादेखि तलब पाएका छैनन् ।
प्रमुख हमालकी छोरी गोवाबाट सम्पर्कविहीन
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालकी जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कविहीन हुनुभएको छ ।
बिरामी हिमाली गिद्धको उद्धार
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ३ बाट बिरामी अवस्थामा रहेको हिमाली गिद्धको उद्धार गरिएको छ ।
गर्जमुनिका बादी गर्जो टार्नकै लागि भारत पलायन
शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिकी ४३ वर्षीया ज्ञानुदेवी बादीको परिवार छ वर्षअघि भारत पलायन भएको थियो । पुर्ख्यौली पेसाले जीविका चलाउन नसकेपछि उहाँको परिवार मुम्बई पलायन भयो ।
होरीमय बन्दै रानाथारू बस्ती
सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरमा बसोबास रहेको अल्पसङ्ख्यक रानाथारू समुदायमा ‘मरी होरी’ सुरु भएको छ । एक महिनासम्म ‘जिन्दा होरी’ मनाएको यो समुदायले होलिका दहनपछि सोमबारबाट मरी होरी मनाउन थालेको हो । मरी होरी आठ दिनसम्म मनाइने जनाइएको छ । एक महिना आठ दिनसम्म होरी पर्व मनाउने रानाथारूको होरी गत फागुन पूर्णिमाबाट सुरु भएको थियो । आफ्नो समुदायले जिन्दा र मरी गरेर दुई प्रकारले होरी पर्व मनाउने गरेको नेपाल रानाथारू समाजका पूर्वकेन्द्रीय अध्यक्ष जीवन रानाले बताउनुभयो ।
परम्परागत रुपमा होली मनाउँदै कञ्चनपुरका थारु समुदाय
होलीको रङ लगाउनुअघि उहाँले घरपरिवारलाई होलिका जलाएको खरानी देउथनुमा (देवस्थान) मा चढाएर ढोग गरेपछि मात्रै उक्त खरानीसहित परिवारलाई रङ लगाइदिनुभयो ।
तराईमा उल्लासपूर्वक होली मनाइँदै
कैलालीसहित तराईमा आज उल्लासपूर्वक होली पर्व मनाइँदैछ । एक–अर्कालाई रङ, अबिर दलेर रङ्गहरुको पर्व उल्लासपूर्वक मनाउन लागिएको हो ।
सकियो रङ्गविहीन रङ्गिलो 'होरी' (फाेटाे फिचर)
सेतो कुर्ता, जामा, पगरी र टोपी लाएर गोलो घेराको समूहमा ‘डेउणा’ गाउँदै हरेक बेलुकीपख खेलिने ‘होरी’ सकिएको छ ।
डुङ्गा पल्टिँदा एक युवकको मृत्यु
बाजुराको छेडेदह तालमा डुङ्गा पल्टिँदा एक जना युवकको मृत्यु भएको छ ।
ट्याक्टर दुर्घटना हुँदा पाँचको मृत्यु
मेल्लेख गाउँपालिकाको षोडशादेवीबाट साँफेबगर आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
अट्ठाइस महिलाको उद्धार
बाजुराबाट २८ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ । ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गरिएको जनाइएको छ । बाजुराको दुर्गम गाउँमा हुने मातृ मृत्युदर घटाउन ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत यत्तिका महिलाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।