सभापतिमा मनोनयनका लागि सहमति
सुदूरपश्चिमको सत्तारुढ गठबन्धनले आज मनोनयन हुने चार वटा समितिका सभापतिको मनोनयनका लागि सहमति गरेको छन् ।
माघी तयारीमा थारू समुदाय
कैलाली र कञ्चनपुरका थारू समुदायको पर्व माघ (माघी) पर्वको तयारीमा जुटेका छन् । माघी पर्वलाई धुमधामसँग मनाउन हप्ता दिन अघिबाट तयारीमा जुटेका हुन् । थारू बस्तीमा माघका लागि जङ्गलबाट दाउरा ल्याउने, सालको पात टिपेर दुनाटपरी बनाउने, कुटानीपिसानी, सुँगुरको मासुका लागि अन्तिम नामावली तयार पार्नेलगायतका कार्य भइरहेको छ ।
मावि चलाउन एउटै दरबन्दी
एउटा मात्रै दरबन्दीले छ वटा माध्यमिक विद्यालय चलिरहेको छभन्दा आश्चर्य लाग्न सक्छ । तथापि कञ्चनपुरको लालझाडी गाउँपालिकास्थित माध्यमिक विद्यालय एउटै दरबन्दीबाट सञ्चालन भइरहेका छन् । गाउँपालिकाका अध्यक्ष निर्मल रानाका अनुसार विद्यार्थीको अनुपातमा मावि शिक्षक दरबन्दी न्यून हुँदा पठनपाठनमा समस्या भइरहेको छ । भौगोलिक रूपमा विकटमा रहेको पालिकालाई शिक्षणका हिसाबले पनि विकट पारिएको छ । अध्यक्ष रानाले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी स्वीकृत गर्न माग गर्दै छ वटा माध्यमिक विद्यालय चलाउन एउटा मात्रै दरबन्दी स्वीकृत गर्नु अन्याय भएको बताउनुभयो ।
गाउँमा छैनन् कोल घुमाउने युवा
गुडका लागि प्रसिद्ध मानिने बैतडीमा पछिल्लो समय उखु पेल्ने युवा नहुँदा परम्परागत कोल थन्किने अवस्थामा पुगेका छन् भने गुड पकाउने खुदेउडा सुनसान बनेका छन् । गाउँका युवा रोजगारीका लागि बिदेसिएपछि महिलाहरूले परम्परागत कोलमा उखु पेल्न गोरु लगाएर गुड बनाउने परम्परा धानेका छन् ।
सुदूरपश्चिममा गठबन्धन र एमालेबाट उम्मेदवारी दर्ता
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का तर्फबाट उम्मेदवार बनेका उम्मेदवारहरूले सोमबार उम्मेदवारी दर्ता गराएका छन् ।
भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण
भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनीवार्य गरिएको छ ।
दलित बस्तीमा खानेपानीको हाहाकार
सिगासको थलागाउँको दलित बस्तीमा खानेपानी नहुँदा २५० घरधुरीका मानिस एक घण्टा ओराले झरेर ढडेखोलाको पानी पिउन बाध्य छन् । सिगास गाउँपालिका–६, थला गाउँको दलित बस्तीमा खानेपानीको धारा नहुँदा यस्तो समस्या भएको हो । खानेपानीको अभावमा बस्ती काकाकुल बनेको स्थानीय नरेन्द्र विकले बताउनुभयो । हिउँदमा खोलाको पानी र बर्खा लागेपछि आकासे पानी पिउनुपर्ने दलित समुदायको बाध्यता रहेको उहाँले बताउनुभयो ।
राष्ट्रिय सभा सदस्य निर्वाचन : सुदूरपश्चिम प्रदेशबाट तीन सदस्यको चयन हुँदै
राष्ट्रियसभा सदस्य निर्वाचन २०८० अन्तर्गत सुदूरपश्चिम प्रदेशबाट रिक्त हुन लागेका तीन पदमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ । सुदूरपश्चिम प्रदेशबाट पदावधि सकिन लागेका महिला, अपाङ्गता तथा अल्पसङ्ख्यक र अन्य समूह (खुला) गरी तीन पदका लागि निर्वाचन हुन लागेको निर्वाचन अधिकृतको कार्यालय कैलालीले जनाएको छ ।
गेटा आँखा अस्पतालमा उपचारमा आउने ६० प्रतिशत भारतीय नागरिक
कैलालीको घोडाघोडी नगरपालिका-४ सुन्दरपुरका नन्दकली सापकोटाले एउटा आँखा धमिलो हुँदै गएपछि उपचारका लागि गेटा आँखा अस्पताल जानुभयो ।
प्रदेश सभाका सभापतिको चुनाव पुस २५ गते
सुदूरपश्चिम प्रदेश सभाका चार वटा संसदीय समितिका सभापतिको निर्वाचन पुस २५ गते हुनेभएको छ । प्रदेश सभाले आइतबार जरुरी सूचना प्रकाशित गरेर सभापतिले निर्वाचनको जानकारी गराएको हो ।
हिउँदे अधिवेशनको तयारीमा स्थानीय तह
स्थानीय तहमा हिउँदे अधिवेशन तयारी सुरु भएको छ । पुसभित्रै अधिवेशन सकाउने गरी स्थानीय तह तयारीमा जुटेको हो ।
औषधी गाउँमा, डाक्टर जिल्लामा
सरकारले निःशुल्क औषधी किन्न बैतडीका १० वटा स्थानीय तहलाई वार्षिक २० लाख रुपियाँका दरले दुई करोड रुपियाँ पठाए पनि गाउँमा विशेषज्ञ डाक्टर नहुँदा बिरामी भने जिल्ला अस्पतालमा धाइरहेका छन् । बैतडी अपस्तालमा विशेषज्ञ डाक्टर भए पनि औषधी किन्ने बजेट नहुँदा बिरामीलाई तोकिएका निःशुल्क औषधी पाउन सकेका छैनन् । वार्षिक ३७ हजार बिरामीको उपचार, १४ हजारभन्दा बढीको ल्याब परीक्षण र चार सयभन्दा बढी जटिल खालका प्रसूति सेवा दिँदै आइरहेको बैतडी अस्पताललाई सरकारले औषधी किन्न वार्षिक १० लाख रुपियाँ मात्रै बजेट दिने गरेको छ ।
पथरैया नदीमा देखिए डल्फिन
कैलालीको पथरैया र मोहना नदीमा हिउँदमा दुर्लभ डल्फिन पहिलो पटक देखा परेका छन् ।
गोरखापत्रका सुदूरपश्चिम संयोजक शाह सम्मानित
गोरखापत्र दैनिकका सुदूरपश्चिम प्रदेशका समाचार संयोजक प्रकाशविक्रम शाह सम्मानित हुनुभएको छ। धनगढीको हिमशिखर सहकारी संस्थाले आफ्नो १५ औं वार्षिक साधारण सभामा उहाँलाई सम्मान गरेको हो।
सुन्तला बिक्री नहुँदा किसान मर्कामा
सुन्तला बिक्री नहुँदा बाजुराका किसान मर्कामा परेका छन् । किसानले उत्पादन गरेको सुन्तलाले कतै बजार नपाएपछि मर्कामा परेका हुन् ।
कञ्चनपुरमा आजदेखि जलपन्छी गणना सुरु
यहाँ आजदेखि जलपन्छी गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पन्छी संरक्षण संघ, हिमालयन नेचरगाइड, शुक्लाफाँटा नेचर गाइड एसोसिएसनलगायत संघसंस्थाले जलपन्छी गणना थालेका हुन् ।
धनगढीको सडकमा साइकल लेन सञ्चालन
कैलालीको धनगढीस्थित ६ लेन सडकमा साइकल लेन सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिकाले पहिलो चरण अन्तर्गत भन्सारदेखि धनगढी विमानस्थलसम्म साइकल लेन बनाएको हो ।
रोकिएका कानुनको आउने अधिवेशनबाट टुङ्गो लाग्छ : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अब सुरु हुने सदनको अधिवेशनमा राजधानीलगायत रोकिएका ऐन, कानुन, नीतिहरुको विषय टुङ्गो लाग्ने बताउनुभएको छ ।
तिलाचौरको सिद्धनाथ मन्दिर (फोटो फिचर)
कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा अवस्थित प्रख्यात सिद्धनाथ मन्दिर । प्राकृतिक सम्पदाले भरिपूर्ण यस मन्दिरको क्षेत्रफल निकै नै फराकिलो रहेको छ भने मन्दिर परिसरमा गणेश भगवानको मन्दिर लगायत अन्य विभिन्न देवताहरूको साना मन्दिर रहेको छ । जसले गर्दा यसलाई धार्मिक स्थल पनि मानिएको छ।
पश्चिम सेतीको काम छिट्टै सम्पन्न गर्न मुख्यमन्त्रीको निर्देशन
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पश्चिम सेती जलविद्युत आयोजनाको काम छिट्टै सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
पहिरन भाडामा दिएर आम्दानी
कैलालीको पर्यटकीय स्थलमा मौलिक पहिरन भाडामा दिने व्यवसाय फस्टाउन थालेको छ । विभिन्न जनजातिको पहिरन लगाएर फोटो खिच्नेदेखि टिकटक, रिल बनाउनेका कारण परम्परागत पहिरन भाडामा दिने व्यवसाय फस्टाउन थालेको हो । धनगढी उपमहानगरपालिकाको जाखोर ताल, गोदावरी नगरपालिकाको गोदावरी पुललगायत पर्यटकीय स्थलमा परम्परागत पहिरन भाडामा दिने व्यवसाय फस्टाइरहेको छ ।
होमस्टे प्रवर्धनका लागि महोत्सव
कैलालीको धनगढी उपमहानगरपालिका–१६ मा रहेको थारु होमस्टे गाउँ भादामा होमस्टे महोत्सव जारी रहेको छ । होमस्टेको प्रचारप्रसार एवम् प्रवर्धनका लागि महोत्सव आयोजना गरिएको हो ।
महाकाली नदीको हरिहर स्नान घाटमा मकरमेला र महोत्सव
कञ्चनपुरको महाकाली नदीको ओदाली ऐरीस्थित हरिहर स्नान घाटमा मकरमेला तथा धार्मिक पर्यटन महोत्सव आयोजना गरिने भएको छ । वैजनाथ सिद्धनाथ मन्दिर सेवा समितिले मेला तथा महोत्सवको आयोजना गर्न लागेको हो ।
रैथाने थारू आलु खेती गर्ने महिला समूहलाई कृषि उपकरण
कैलालीमा रैथाने थारु आलु गर्ने महिला कृषक समूहलाई कृषि उपकरण सहयोग गरिएको छ । कैलारी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा थारु आलु खेतीमा संलग्न कृषक समूहलाई कृषि उपकरण सहयोग दिएको हो ।