बाली जोगाउन खेतमै जाग्राम
कैलारी गाउँपालिका–३, भर्रीका कृषक नाथुराम चौधरीलाई गहुँबाली जोगाउन निकै चिन्ता छ । छाडा चौपायाले रातिको समयमा बाली सखाप पार्न थालेपछि उहाँ खेतमै जाग्राम बस्न थालेको महिना दिन भइसकेको छ ।
'मानव जातिको पहिचानका लागि कला संस्कृतिको जगेर्ना आवश्यक छ'
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले कला संस्कृति बिनाको मानव अपूर्ण हुने बताउनुभएको छ ।
थारु समुदायमा माघीको रौनक
तराईका भूमिपुत्र थारु समुदायमा माघ पर्वको रौनक सुरु भएको छ ।
सुन्तला बिक्री नहुँदा किसान मर्कामा
सुन्तला बिक्री नहुँदा बाजुराका किसान मर्कामा परेका छन् । किसानले उत्पादन गरेको सुन्तलाले कतै बजार पाएको छैन । कात्तिकमा पाकेको सुन्तला पुस महिनासम्ममा पनि बिक्री नभएको त्रिवेणी नगरपालिका–९, पैमाका धनराज उपाध्यायले बताउनुभयो ।
दाउरा चिर्न गएका बालकको रूखले च्यापिएर मृत्यु
दाउरा चिर्न गएका एक बालकको रूखमा च्यापिएर मृत्यु भएको छ । रामारोशन गाउँपालिका ७ सुतार निवासी केसे कामीको छोरा १४ वर्षीय जनक विकको ज्यान गएको हो ।
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस चलाएको छ।
सिमसार क्षेत्रमा पाइने जलपन्क्षीहरुकाे गणना सुरु
विश्व सिमसार क्षेत्र तथा पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा जलपन्क्षीहरुकाे गणना सुरु भएको छ ।
प्राविधिक विश्वविद्यालय खोल्ने तयारी
सुदूरपश्चिम प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय सञ्चालनको तयारी थालेको छ । सरकारले सम्भाव्यता अध्ययनका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
म्याद सकियो, पुल बनेन
पुल पुलेसा निर्माणमा ठेकेदारबाट कतिसम्मको ढिलासुस्ती र लापरबाही हुन्छ भन्ने उदाहरण धनगढी उपमहानगरपालिका–१६ स्थित घुरही खोलामा निर्माणाधीन पुल बनेको छ ।
बझाङमा भूकम्पको धक्का
बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा भूकम्पको गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो ।
गठबन्धन उम्मेदवारलाई जिताउनका लागि समिति गठन
राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन दलका उम्मेदवारलाई जिताउनका लागि समिति गठन गरिएको छ ।
आहारा खोज्दै घोडाघोडी आइपुगे आगन्तुक चरा
झन्डै पाँच हजार किलोमिटरको यात्रा तय गरेर कैलालीको घोडाघोडी तालमा साइबेरियन र मङ्गोलियन चरा पुगिसकेका छन् । सन् २००३ अगस्तमा विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी क्षेत्र चराको बासस्थलका लागि उपयुक्त गन्तव्य मानिन्छ ।
कर्णाली कोरिडोरमा सडक बने सुदूरपश्चिम र कर्णालीमा समृद्धि : उपप्रधानमन्त्री खड्का
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली कोरिडोरमा दुई लाइनको डेडिकेडेट सडक भए सुदूरपश्चिम र कर्णालीमा विकास समृद्धि आउने बताउनु भएको छ ।
हुम्लामा अनुदानको नुन पाँच वर्षदेखि गोदाममै
कर्णाली प्रदेशको हुम्ला जिल्लाका लागि अनुदानमा ल्याइएको एक सय ६० बोरा नुन अर्थात् ८० क्विन्टल अलपत्र अवस्था रहेको छ । नेपालगञ्जदेखि ढुवानी गरेर हिमाली गाउँपालिकाको कवाडीस्थित एक स्थानीयको घरमा गोदाम बनाई राखिएको पाँच वर्ष पुग्दा पनि कसैले चासो देखाएका छैनन् ।
सामुदायिक वनमा काँचा सालका रुख कटानी
कृष्णपुर नगरपालिका-२ बाणीस्थित गडबिजुला सामुदायिक वनमा काँचा सालका खडा रुख कटानी गरी तस्करी गरेको पाइएको छ । सामुदायिक वनमा तीन सालका रुख कटानी गरी तस्करी गरेको पाइएको हो ।
सुदूरपश्चिम सरकार आफ्नै विश्वविधालय खोल्ने तयारीमा
सुदूरपश्चिम प्रदेश सरकारले आफ्नै विश्वविधालय सञ्चालनको तयारी थालेको छ । सरकारद्वारा प्रदेश विश्व विद्यालय तथा उच्चशिक्षाको सम्भाव्यता अध्यायन सम्बन्धि तीन सदस्यीय कार्यदल गठन गरी काम कारबाही अगाडी बढाएको हो ।
सरकारले जनताको शिर झुकाउने गरी कुनै काम गरेको छैन: उपसभापति खड्का
नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले वर्तमान सरकारले जनताको शिर झुकाउने गरी कुनै पनि काम नगरेको बताउनुभएको छ ।
सहकारी अपलचनमा १९ जना दोषी ठहर
बाँके जिल्ला अदालतले सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगञ्जको अपचलन मुद्दामा दोषी ठहरिएका १९ जनालाई अधिकतम कसुरर सजाय र जरिवाना तोकेको छ । कसुर ठहर हुनेमा सहकारीका तत्कालीन सञ्चालक समिति र कर्मचारी छन् ।
गाडी पल्टिँदा एकको मृत्यु, २५ घाइते
सुर्खेतबाट नेपालगन्जतर्फ आइरहेको हाइस गाडी कोहलपुर सुर्खेत सडकखण्डअन्तर्गत बबईमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।
थारु प्रथा, परम्परालाई कानुनी मान्यता दिन माग
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले थारु समुदायको प्रथा, परम्परा र संस्कारजन्य मान्यतालाई कानुनी हैसियत प्रदान गर्न सरकारसँग माग गरेको छ।
नागरिक उन्मुक्ति पार्टीको पहिलो महाअधिवेशन : समुदायबीच सद्भाव हुनुपर्ने
नागरिक उन्मुक्ति पार्टीको पहिलो महाअधिवेशन टीकापुरमा सुरु भएको छ।
चिसो बढेपछि सर्वसाधारणलाई दाउरा
कैलालीमा अत्यधिक चिसो भएपछि आगो ताप्नका लागि सर्वसाधारणलाई दाउरा वितरण गर्न थालिएको छ।
विद्यार्थीलाई जीवनोपयोगी सीप सिकाउँदै जनचेतना आधारभूत विद्यालय
पढाइका कक्षा सुरु हुनुअगावै लालझाडी गाउँपालिका-४ जाइजालामा रहेको जनचेतना आधारभूत विद्यालयमा ‘म्युजिकल स्र्टुमेन्ट’ बज्न थाल्छ । विद्यार्थी आफ्ना पुस्तकले भरिएका झोला कक्षाकोठामा रहेका डेस्कमा राख्दै विद्यालयको प्राङ्गणमा जम्मा हुन थाल्छन् ।
देशको पहिचान नै मुख्य पहिचान हो : पूर्वप्रधानमन्त्री नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको पहिचानलाई जोगाउन समाजका सबै वर्ग लाग्नुपर्ने बताउनुभएको छ ।