• १९ वैशाख २०८१, बुधबार

उन्मुक्तिको रञ्जिता पक्षबाट कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबेदारी प्रस्तुत गर्दै

blog

प्रदेश सभा सदस्य कैलाश चौधरी । फाइल तस्बिर

प्रकाशविक्रम शाह

धनगढी, वैशाख २ गते।सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षबाट सो पार्टी प्रदेश सभा सदस्य कैलाश चौधरीले पनि मुख्यमन्त्री पदमा दाबेदारी प्रस्तुत गर्नुहुने भएको छ। 

चौधरीले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र ), नागरिक उन्मुक्ति र स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबेदारी प्रस्तुत गर्नुहुने भएको हो।

एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले केही समयपछि प्रदेश प्रमुख नाजिर मियाँलाई  भेटेर मुख्यमन्त्रीको दाबेदारी प्रस्तुत गर्ने बताउनुभयो।उहाँले एमाले, माओवादीका १०÷१०, उन्मुक्तिका छ र स्वतन्त्र एक गरेर २७ जनाले कैलाशको पक्षमा हस्ताक्षर गर्ने बताउनुभयो।

उन्मुक्तिको आन्तरिक विवादले कैलाशको पक्षमा दुई जना मात्र छन्।प्रदेश सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक हुन्छ।हाल ५३ सदस्यीय प्रदेश सभामा ५१ जना  छन्।एक जनाको मृत्यु भएको र एक जनाको प्रदेश सभा सदस्यको पद खारेज भएको छ।

यसअघि आइतबार नै उन्मुक्तिका संरक्षक रेशमलाल चौधरी पक्षधर लक्ष्मणकिशोर चौधरीले कांग्रेसका १८, उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार र राप्रपाका एक गरेर ३१ जनाको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दाबेदारी प्रस्तुत गर्नुभएको थियो ।