• ६ जेठ २०८१, आइतबार

सुशासन र विकास पार्टीको ‘एजेण्डा’ हुनुपर्छ : महामन्त्री थापा

blog

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा

सुदूरपश्चिम, वैशाख ४ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विकास र सुशासन पार्टीको मुख्य ‘एजेण्डा’ हुनुपर्ने बताउनुभएको छ । ‘समुदायमा कांग्रेस संवाद कार्यक्रम’मा महामन्त्री थापाले विकासका सावलमा दलहरुबीच राष्ट्रिय बहस छलफल गरी साझा धारणा बनाउन, भ्रष्टाचार निर्मूल गर्न र कानुनी शासनलगायतका मुद्दामा कांग्रेसले नेतृत्व गर्नुपर्ने बताउनुभयो । 

पार्टीको एजेण्डा २०८४ का लागि नभइ आज देखिएका यावत समस्याको समाधानका लागि हुनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “वर्ष २०८१ लाई पार्टी शुद्धीकरण र पुनः जागरणको वर्ष बनाउनुपर्छ, एक वर्ष कांग्रेसले सिंहदरबार, बालुवाटार नहेरी राष्ट्रका मुख्य-मुख्य समस्या समाधान खोज्न पहल गर्नुपर्ने बेला आएको छ, ।” पार्टीको भविष्यको नीति योजना बनाउनका लागि संवाद यात्रामा आएका सुझावले टेवा पुर्याउने उहाँले बताउनुभयो । पार्टी सञ्चालन प्रक्रिया त्रुटिपूर्ण हुँदा पार्टीमा गुट उपगुटको समस्या देखिएको भन्दै उहाँले गुटबन्दीविरुद्ध उपचार खोज्ने बेला आएको बताउनुभयो । रासस