आर्थिक सहयोग जुटेपछि सिकलसेल पीडित ताराको शल्यक्रिया सफल
आर्थिक अभावमा सिकलसेल एनीमियाबाट पीडित घोडाघोडी नगरपालिका वडा नम्बर १ हिम्मतपुर मुक्तकमैया शिविरका ३२ वर्षीया ताराकुमारी चौधरीको आर्थिक सहयोग जुटेपछि अप्रेसन सफल भएको छ ।
बाजुरामा भुवो पर्वको रौनक
बाजुरामा कौरव र पाण्डवको कथामा आधारित सांस्कृतिक पर्व भुवो सुरु भएको छ । बाजुराका जिल्लाका हरेक गाउँ बस्ती बस्तीमा यती बेला दमाहा बाजाका साथ स्थानीय युवाले हातमा ढाल तरबार समातेर भुवो सुरु गरेका छन् ।
भीमदत्त नगर प्रवक्ता खड्का मृत फेला
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवं नगरप्रवक्ता महेन्द्र खड्का मृतावस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले भीमदत्त –६ ऐठपुरस्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी गए राति वडाध्यक्ष खड्काको मृत्यु भएको हुन सक्ने जानकारी दिनुभयो ।
शीतलहरबाट जनजीवन कष्टकर : तरकारीबालीमा डढुवा रोगको जोखिम
शीतलहरसँगै बढेको चिसोले कैलाली, कञ्चनपुरसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ । लगातारको हुस्सु, कुहिरो एवं जाडोले जनजीवन कष्टकर बनेको हो । विशेषगरी चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने बढी प्रभावित भएका छन् ।
सुदूरपश्चिममा सार्वजनिक बिदा
सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ । भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले पुस २६ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो । आन्तरिक मामिला तथा कानुन
बिस वर्षपछि फार्मेसी व्यवस्थित
अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले जस्ताले छाएको टहरा थियो । फार्मेसीमा अहिले पाँच वटा कक्ष तयार भएका छन् ।
दुर्घटनामा दम्पतीको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ कुइकाका खकेन्द्र ढकाल र उहाँकी श्रीमती मैसरा ढकालको ज्यान गएको छ ।
खाद्य कम्पनीले पाएन लक्ष्यअनुसारको धान
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले लक्ष्यअनुसार धान खरिद गर्न असफल भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लक्ष्यको करिब २० प्रतिशत मात्रै धान खरिद गर्न सकेको हो ।
थारु समुदाय उत्थान विशेष कार्यक्रम सञ्चालन
थारु समुदायलाई लक्ष्य गरी कृषि ज्ञान केन्द्रले अनुदानका विशेष कार्यक्रम सञ्चालन गरेको छ । ‘थारु समुदाय उत्थान विशेष कार्यक्रम’ अन्तर्गत उक्त केन्द्रले बसन्ते मकैखेती प्रवर्द्धन र बसन्ते तरकारीखेती सम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो ।
प्रदेश सभाका चार समितिका सभापतिद्वारा शपथग्रहण
सुदूरपश्चिम प्रदेश सभाका चार समितिका सभापति बुधबार निर्विरोध रूपमा निर्वाचित भएका छन् । चारै जनाको शपथग्रहण समेत भएको छ ।
सुदूरपश्चिममा आज सार्वजनिक बिदा
सुदूरपश्चिम प्रदेश सरकारले भोलि बिहीबार प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । यो प्रदेशमा मनाइने भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले पुस २६ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।
गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार
बाजुराकी एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको बडिमालिका नगरपालिका-६ कोर्धकी ३० वर्षीया सीमा बडुवालको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।
धनगढीका लागि उडेको जहाज सुर्खेतमा अवतरण
काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज सुर्खेत विमानस्थलमा अवतरण गरेको छ ।
चिसोले जनजीवन प्रभावित
कैलालीसहित तराईमा बढ्दै गएको चिसोका कारण जनजीवन प्रभावित भएको छ । जाडो बढेपछि मान्छेलाई दैनिक कामकाजदेखि लिएर बाहिर आवतजावत गर्न कठिनाइ भएको हो ।
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक क्याम्पस बनाउन माग
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पसको नवनिर्मित भवनको शुभारम्भ गर्नुहुँदै क्याम्पसको भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेशसभा : विषयगत समितिका सभापति चयन आज
सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिका सभापति पदको चयन आज हुँदैछ । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै एक वर्षपछि प्रदेशसभाका विषयगत समितिका सभापति चयनको प्रक्रिया अघि बढाइएको हो ।
रात्रिकालीन बजारसहित उद्यानको डिपिआर तयार
सुदूर पश्चिम (सुप) प्रदेशको अस्थायी राजधानी आउने पर्यटकका लागि विश्राम गर्ने कुनै स्थान छैन । कोही पर्यटक आउँदा छोटो समयमा घुमेर जाने स्थानको अभाव छ । धनगढी भारतीय सीमासँग
सुदूरपश्चिममा हिउँदे अधिवेशन सुरु
कैलालीस्थित कैलारी गाउँपालिकाको हिउँदे अधिवेशन आजबाट सुरु भएको छ । गाउँ सभाका अध्यक्ष राजसमझ चौधरीले अधिवेशनको उद्घाटन गर्नुभयो ।
सहकारी क्षेत्रलाई सुधारेर लैजानुपर्छ : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वव्यापीरुपमा लोकप्रिय बनेको सहकारी क्षेत्रलाई नेपालमा पनि सुधार गरेर लैजानुपर्ने बताउनुभएको छ।
बाजुरामा सुत्केरीको उपचारका क्रममा मृत्यु
बाजुराको कोल्टीमा एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा १२ दिनकी सुत्केरीको ज्यान गएको हो ।
प्रदेश सभाका चार समितिका सभापतिमा एकल उम्मेदवारी दर्ता
सुदूरपश्चिमको प्रदेश सभाका चार समितिका सभापति पदमा मंगलबार चार जनाको मात्रै एकल उम्मेदवारी दर्ता भएको छ। एकल उम्मेदवारी परेकोले सभापति पदको चुनाव नहुने भएको छ।
‘पञ्चेश्वर परियोजनाको काम एक महिनाभित्र अघि बढ्छ’
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पञ्चेश्वर परियोजनाको प्रक्रियागत काम एक महिनाभित्र अघि बढाउने गरी हालै दुई देशबीच सहमति भएको बताउनुभएको छ । उहाँले हालै नेपाल भ्रमणमा आउनु भएका भारतीय विदेश मन्त्रीस्तरमा सो परियोजनाका बारेमा छलफल भएको जानकारी दिँदै उहाँले अबको एक महिनाभित्र परियोजनाको काम अघि बढाउने गरी निर्णय भएको जानकारी बताउनुभयो ।
माघी पर्वको अवसरमा कैलारीमा तीन दिन सार्वजनिक बिदा
थारु समुदायको महान् पर्व माघीको अवसरमा कैलालीको थारु बहुल कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
कोरोनाका कारण पश्चिमीनाकाबाट विदेशी पर्यटक जान पाएनन्
कञ्चनपुरको गड्डाचौकीबाट भारत जाने विदेशी पर्यटकलाई भारतीय पक्षले रोक लगाएपछि यहाँ पर्यटकीय गतिविधिमा कमी आएको छ ।