मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
कैलालीको घोडाघोडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मुहान सुकेपछि सुक्खाग्रस्त क्षेत्र घोषणा
पानीका मुहान सुकेपछि बैतडीको शिवनाथ गाउँपालिका सुक्खा ग्रस्त क्षेत्र घोषणा गरिएको छ । असी लाख रुपियाँ खर्च गरेर निर्माण भइरहेको खानेपानीको मुहान सुकेपछि शिवनाथ गाउँपालिका काकाकुल बनेको छ ।
निःशुल्क स्वास्थ्य उपचार
गौमूल गाउँपालिकाले आर्थिक रूपमा विपन्न घरपरिवारलाई निःशुल्क स्वास्थ्य उपचार दिने निर्णय गरेको छ । पालिकाका अध्यक्ष हरिबहादुर रोकायाले गाउँपालिका सभाले यसअघि कार्यान्वयनमा रहेका नीति तथा कार्यक्रमलाई थप प्रभावकारी र कडाइ गर्दै नयाँ नीति तथा कार्यक्रम अघि सारेको जानकारी दिनुभयो । गाउँपालिकाको केन्द्रमा आयुर्वेदिकमार्फत सेवालाई निरन्तरता दिने अध्यक्ष रोकायाले जानकारी दिनुभयो । गौमूल गाउँपालिका–१ बाहेक सबै वडा कार्यालयका केन्द्रसम्म सडक सञ्जाल जोडिएको छ ।
विश्वास जित्दै सहकारी
सहकारी संस्थाहरूले मासिक रूपमा हिसाबकिताब (आयव्याय) सार्वजनिक गर्न थालेका छन् । सहकारी विभागको निर्देशन अनुसार यहाँका सहकारीले नयाँ महिनाको पहिलो हप्ताभित्र हिसाबकिताब सार्वजनिक गर्ने गरेका हुन् । टीकापुर नगरपालिका–७, सत्तीक्षेत्रमा रहेका सामुदायिक सहकारी संस्थाले सार्वजनिक विवरण अनुसार असार मसान्तमा एक करोड ५७ लाख ९८ हजार सेयर पुँजी, पुस मसान्तसम्म पाँच लाखले वृद्धि भएको देखाएको छ ।
महिनावारीका बेला गोरस नदिने चलन
महिनावारी (छाउपडी) भएका महिलालाई गोरस (दुध, दहीलगायत) नदिने चलन कायमै रहेको छ । गाई र भैँसीको दुध, दही र मोही महिनावारी भएका महिलालाई दिँदा देउता रिसाउने तथा गाईवस्तु बाँझो हुने अन्धविश्वास छ । महिनावारी भएका महिलालाई गोरस दियो भने गाई, भैँसी बिरामी हुने तथा कहिल्यै नब्याउने भन्ने भ्रम रहेको स्थानीय बाजुरावासी बताउँछन् । पुस्तौँदेखि चलिआएको यो अन्धविश्वास अहिलेसम्म उस्तै छ । महिनावारी भएका बेला महिलाले काटेको घाँस गाईभैँसीलाई पनि दिँदैनन् । छाउपडीले काटेको घाँस गाईभैँसीले खायो भने बिरामी हुन्छन् भनेर महिनावारी हुँदा महिलालाई घाँस पनि कटाउँदैनन् ।
फलफूल प्रशोधन उद्योग सञ्चालन
जिल्ला सदरमुकामको डोटी घटालमा फलफूल प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको छ । उत्पादन सुरु गरेर बन्द भएको उद्योग पुनः सञ्चालन गरिएको हो । यहाँ उत्पादन हुने सुन्तला, मौसमलगायतका फलफूलका साथै सस उत्पादन गर्ने लक्ष्यका साथ उद्योग सञ्चालन गरिएको हो ।
वैकल्पिक राजमार्गलाई प्राथमिकतामा राखेर काम गर्छु : नेता आले
नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले धनगढी, खुटिया, दिपायल, बझाङ हुँदै उरै भन्ज्याङ जोड्ने वैकल्पिक राजमार्गलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभएको छ ।
सामुदायिक वनमा हतियार फेला
कैलालीको भजनी नगरपालिका-२ कटानपुरस्थित वनदेवी सामुदायिक वनमा हतियार फेला परेको छ ।
चिसोबाट किसानलाई पशु जोगाउन समस्या
गत पुसदेखि कैलालीसहित तराईका जिल्लामा चिसो अत्यधिक बढेसँगै जनजीवन प्रभावित भएको छ । चिसोले मानिस मात्र नभई घर पालुवा जनावरलाई समेत समस्या भएको छ ।
सम्पर्क नम्बरसहित प्रहरी घर घरमा
कमलबजार नगरपालिकाको हरेक घरका ढोकामा निलो स्टिकर नम्बरहरू टाँसिएका छन् । हत्या, हिंसा, अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न नागरिकलाई प्रहरीसँग सहज सम्पर्कका लागि नम्बरहरू टाँसिएका हुन् । इलाका प्रहरी कार्यालय कमलबजारले आपराधिक कार्य, विपत्, दुर्घटनाका सूचनामा सहजता र आवश्यक कानुनी कारवाहीका लागि सूचना प्रहरीसम्म पु्¥याउनका लागि घर घरमा सम्पर्क नम्बर टाँसिएको बताइएको छ ।
स्वदेशमै ‘लर्न एन्ड अर्न’ योजना बन्दै
सुदूरपश्चिम विश्वविद्यालयमा कृषिमा स्नातक पढेका पहिलो ब्याचका ४९ जना विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमका लागि इजरायल पठाउँदा पहिलो गाँसमै ढुङ्गा लागेपछि दोस्रो ब्याचका विद्यार्थीलाई स्वदेशमै सिक्ने र कमाउने योजना सुरु भएको छ । विश्वविद्यालयले उत्पादन गरेका विद्यार्थी इजरायल पठाउँदा गत असोज २० गते बिद्रोही हमास समूहको आक्रमणमा परी १० जनाको ज्यान गएको थियो भने एक जना बेपत्ता र केही घाइते छन् ।
डाक्टर पढ्न सङ्घर्ष गर्दै दलित विद्यार्थी
मेधावी विद्यार्थी चिकित्सक बन्ने सपना बोकेर तयारीका लागि काठमाडौँलगायत सुविधा भएको सहरमा पुग्छन् । चिकित्सा विषयको स्नातक तह ९एमबिबिएस०को प्रवेश परीक्षामा सफल हुनुका साथै पूर्ण सरकारी छात्रवृत्तिमा पढ्न विद्यार्थीले निकै मेहनत गर्नुपर्छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवाका दलित समुदायका एक विद्यार्थीले आर्थिक अभावकै कारण घरमै बसेर पूर्ण सरकारी छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्न नाम निकाल्न सफल हुनुभएको छ ।
सरोज चौधरी २९ औँ पटक भलमन्सा
कैलालीका सरोज चौधरी २९ औँ पटक आफ्नो गाउँको भलमन्सा (बरघर) मा चयन हुनु भएको छ । धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँको उहाँ २९ औँ पटक भलमन्सा हुनु भएको हो ।
प्रहरीमाथि चक्कु प्रहार गरी युवक फरार
दार्चुलाको महाकाली नगरपालिका–१ दहका २५ वर्षीय उमेश कुँवर दुई जना प्रहरीमाथि चक्कु प्रहार गरी फरार भएका छन् ।
जनप्रतिनिधि जनताप्रति जबाफदेही बन्नुपर्छ : प्रमुख जोशी
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले जनप्रतिनिधिहरू जनताप्रति उत्तरदायी र जबाफदेही हुनुपर्ने बताउनुभएको छ ।
पाटे बाघ मृत फेला
कैलालीमा पाटेबाघ मृत अवस्थामा फेला परेको छ । जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनमा पाटेबाघ मृत फेला परेको हो ।
जनप्रतिनिधिलाई योजना अनुगमन चुनौती
योजना अनुगमनमा जाँदा कमजोर काम भएकाले योजना पास हुँदैन भन्नु पर्छ, निर्माणकर्ता उल्टै धम्की दिन्छन्, यो भनाइ लम्कीचुहा नगरपालिकाका उपप्रमुख जुना चौधरीको हो । अनुभव आदानप्रदान गर्ने क्रममा टीकापुरमा भेला भएका कैलाली जिल्लाका स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षको अनुभव उहाँको जस्तै रहेको छ । जोशीपुर गाउँपालिकाका उपाध्यक्ष रेखादेवी कठरिया पाँच वर्षदेखि योजना पूरा नभएको बताउनुहुन्छ ।
बयलपाटा अस्पताल सङ्कटमा
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक सङ्कटमा परेको छ । अछाम, बाजुरा, डोटी र कालीकोटलगायतका नागरिकलाई निःशुल्क रूपमा प्रभावकारी उपचार सेवा प्रदान गर्दै आएको सो अस्पतालको बजेट नै घटेर आएपछि आर्थिक सङ्कट उत्पन्न भएको हो ।
रानाथारू भाषा लोप हुने खतरा
सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा बोलिने रानाथारू भाषा लोप हुने खतरा बढेको छ । भाषा संरक्षणको काम हुन नसक्दा सो समुदायको भाषा लोप हुने खतरा बढेको हो । यी दुई जिल्लामा बसोबास गर्ने रानाथारू जातिलाई २०७६ मा छुट्टै आदिवासी जनजातिका रूपमा सूचीकृत गरिएको थियो । छुट्टै जनजातिका रूपमा सूचीकरणपछि जनसङ्ख्याको हिसाबले अल्पसङ्ख्यामा देखिएको राना समुदायको भाषा पनि साँघुरिँदै जान थालेको छ ।
जनचाहनाअनुरूप काम गर्न विद्यार्थीको सुझाव
कैलाली जिल्लाका विभिन्न सामुदायिक स्कुलका विद्यार्थीले मुलुकमा ठुला परिवर्तन भए पनि जनचाहनाअनुरूप काम नभएको बताउँदै शासकहरूले कार्यशैली परिवर्तन गर्नुपर्ने सुझाव दिएका छन् ।
धनगढीमा ‘ग्रासरुट क्रिकेट’ विकास कार्यक्रम सञ्चालन गरिँदै
धनगढी उपमहानगरपालिकाले ‘ग्रासरुट क्रिकेट’ विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । उपमहानगरले ‘गो ड्रिमर्स’ को साझेदारीमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
हराउँदै छ कठरिया थारु पहिचानको घर
कठरिया थारु समुदायको पहिचान झल्काउने परम्परागत घर अहिले हराउन थालेको छ । कङ्क्रिटको घर निर्माण गर्नेक्रम बढेसँगै कठरियाको पहिचान झल्काउने परम्परागत घर हराउन थालेको हो ।
८० वर्षे उमेरमा धूमधाम बिहे
दार्चुलामा रोचक विवाह सम्पन्न भएको छ । अपि हिमाल गाउँपालिका–६ मज्जे बस्ने राइसिंह धामी र बिन्दु धामीले ८० वर्षको उमेरमा सांस्कृतिक तथा सामाजिक वैधानिक विवाह सम्पन्न गर्नुभएको हो ।
सुदूरपश्चिम प्रदेशमा लक्ष्य अनुसार खरिद भएन धान
सुदूरपश्चिम प्रदेशमा यस वर्ष लक्ष्य अनुसार धान खरिद हुन सकेन । प्रदेशभरिबाट ७५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीले न्यून मात्रामा धान खरिद गरेको हो ।