• ६ जेठ २०८१, आइतबार

सत्ता समीकरण जोगाउन सुदूरपश्चिमको मुख्यमन्त्री छोड्यौँ : अध्यक्ष श्रेष्ठ

blog

विमानस्थलमा पत्रकारसँग कुरा गर्नुहुँदै नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ।

प्रकाशविक्रम शाह

धनगढी, वैशाख ९ गते। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले अहिलेको सत्ता समीकरण बचाउनका लागि आफ्नो दलले सुदूरपश्चिममा मुख्यमन्त्री छोडेको बताउनुभएको छ। 

धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दे उहाँले अहिलेको सुदूरपश्चिम सरकारलाई बचाउने बताउनुभयो। उहाँले भन्नुभयो, ‘हाम्रो एक जना भौतिक पूर्वाधार मन्त्रालयमा जानुभयो। अर्को टीका थापालाई मन्त्रालय तोक्ने बित्तिकै सरकारमा जानुहुन्छ, बिना विभागीय मन्त्री भएर मात्रै नजानु भएको हो।’

अध्यक्ष श्रेष्ठले प्रदेशसभा सदस्य थापाले फेसबुकमा लेखेको कुरालाई लिएर सरकारको समर्थन लिएको बुझ्न नहुने बताउनुभयो।

नागरिक उन्मुक्तिको मुख्यमन्त्री बन्ने पालो कहिले आउँछ भन्ने प्रश्नको भने अध्यक्ष श्रेष्ठले जवाफ दिनुभएन। अध्यक्ष श्रेष्ठको पत्रकार भेटघाटमा भौतिक पूर्वाधार विकास मन्त्री कैलाश श्रेष्ठ र प्रदेश सभा सदस्य थापाको उपस्थिति थियो।