• ६ जेठ २०८१, आइतबार

सीमा क्षेत्रमा सशस्त्रको पैदल गस्ती

blog

सीमा क्षेत्रमा पैदल गस्तीको सुरुवात हुँदै ।

अविनाश चौधरी

धनगढी, वैशाख ९ गते । सीमा क्षेत्रमा सशस्त्र प्रहरीले पैदल गस्ती सुरु गरेको छ । सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्ने र विभिन्न जानकारी लिने उद्देश्यका साथ सशस्त्रको टोलीले पैदल गस्ती सुरु गरेको हो । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टरका गणपति सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेयको प्रमुख आतिथ्यता एवम् भारतीय सीमा सुरक्षा बल (एसएसबी) को उपस्थितिमा धनगढी उपमहानगरपालिकाको त्रिनगर इलाकाबाट गस्तीको सुरुवात गरिएको छ । \

नम्बर ३४ गण हेडक्वार्टरका सशस्त्र प्रहरी निरीक्षक पुष्करबहादुर बमको कमाण्डमा ३५ जनाको टोलीले पैदल गस्ती सुरु गरेको नम्बर ३४ गणले जानकारी दिएको छ । सो टोलीले पूर्व श्रीलङ्का टापुसम्म १०१ किलोमिटर दूरीमा पैदल गस्ती गर्ने जनाइएको छ । 

पैदल गस्तीको क्रममा टोलीले सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण, सीमा स्तम्भ र दशगजाको रेखदेख, खबर सङ्कलन, सुरक्षा स्थितिको जानकारी लिने कार्य गर्ने जनाइएको छ । यसैगरी, टोलीले स्थानीयवासी, जनप्रतिनिधिसहित अन्य निकायसँग विपत् जोखिम न्यूनीकरण, मानव बेचबिखन नियन्त्रण, सीमा अपराध एवम् लागुऔषध ओसारपसार नियन्त्रण लगायतको सवालमा छलफल गर्ने गणका सशस्त्र प्रहरी नायब उपरीक्षक साजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सशस्त्र प्रहरी टोलीले भारतीय समकक्षी एसएसबीसंग मिलेरसमेत संयुक्त गस्ती गर्ने छ ।