चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु
कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना निर्माण सुरु भएको छ । चुरे गाउँपालिका–२, ४ र ६ गरी तीन वडामा छवटा सिँचाइ योजना निर्माण सुरु गरिएको हो ।
सिँचाइ योजना अलपत्र, खेतीयोग्य जमिन बाँझो
जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले सञ्चालन गरेको सिँचाइ योजना अलपत्र परेपछि किसान खेतीयोग्य जमिन बाँझो राख्न बाध्य भएका छन् । सिगास गाउँपालिका–१, स्यापागैर सिँचाइ योजना विगत चार वर्षदेखि अलपत्र परेको छ । सो कार्यालयले निर्माण सुरु गरेको योजना पूरा नहुँदा अधिकांश जमिन बाँझो भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत रहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले आर्थिक वर्ष २०७६/७७ मा २० लाख रुपियाँमध्ये १३ लाख रुपियाँ खर्च गरेर योजना सुरु गरेको हो । तर २०८१ साल आइसक्दासम्म योजना पूरा हुने/नहुने टुङ्गो लाग्न सकेको छैन । सिँचाइका लागि खरिद गरिएका पाइप जङ्गलमा अलपत्र छन्, केही पाइप आगोले पोलिएका छन् ।
चित्रकलामा भविष्य खोजिरहेकी निर्मला
कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । उहाँ पढाइसँगै घरखर्च जोहो गर्नका लागि चित्र बनाउँदै आउनुभएको छ ।
द्रुतमार्ग निर्माणमा बजेट अभाव
सुदूरपश्चिम प्रदेशको मुख्य सहर धनगढीदेखि डोटीको दिपायल हुँदै बझाङ चैनपुर–उरै भन्ज्याङसम्म जोड्ने द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणका लागि बजेट अभाव भएको छ । चालु आर्थिक वर्षमा सरकारले पठाएको बजेट खर्च भइसकेकाले सम्पन्न हुनुपर्ने बाँकी कामका लागि बजेट अभाव देखिएको हो । धनगढी–दिपायल–चैनपुर–उरै भन्ज्याङ सडक योजना कार्यालयका अनुसार, चालु आर्थिक वर्षमा फास्ट ट्र्याकका लागि २५ करोड रुपियाँ बजेट आएको थियो । प्राप्त बजेट खर्च भएकाले बाँकी रहेको काम गर्न रकम अभाव भएको कार्यालयका सूचना अधिकारी दिनेश रौखेलाले बताउनुभयो । बजेट अभाव हुँदा निर्माण कम्पनीलाई भुक्तानी दिन समस्या भएको उहाँले बताउनुभयो ।
नरभक्षी चितुवा खोज्न क्यामरा
मानव र वन्यजन्तु (चितुवा) बिच द्वन्द्व बढेपछि नरभक्षी चितुवा र बँदेलको गतिविधि नियाल्न ग्वाल्लेक संरक्षित वन क्षेत्रमा ५० वटा स्वचालित क्यामरा जडान गरिएको छ । तल्लोस्वराड क्षेत्रको मेलौली, शिवनाथ र पञ्चेश्वरमा २८ जना चितुवाको आक्रमणबाट मरिसकेका छन् । चितुवा र जङ्गली बँदेलको आक्रमणमा परेर २० जनाभन्दा बढी घाइते भएका छन् । मानवले थापेको पासोमा परेर १२ वटा चितुवाको पनि मृत्यु भएको छ । मानव र वन्यजन्तुबिच द्वन्द्वबढेपछि राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यक्रम अन्तर्गत ग्वाल्लेक, मेलौली नगरपालिका–३, सलेना, तिताबै र महारुद्र क्षेत्रमा स्वचालित क्यामेरा जडान गरिएको क्यामरा ट्र्यापर सुमन मल्लले जानकारी दिनुभयो ।
संरक्षणको पर्खाइमा शुक्लाफाँटाका ताल
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको घनत्व बढी रहँदा त्यहाँभित्र वन्यजन्तुलाई पानी व्यवस्थापन गर्न थप पोखरी निर्माण गरिने भएको छ ।
मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएका छन् । कैलालीबाट अछाम आउने क्रममा डोटीको बुडरमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएकामध्ये श्रीमान मंगलसेन नगरपालिका ३ बिसाकोटका ३६ वर्षीय रमेश विकको धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो ।
सामुदायिक विद्यालय सुधार गर्दै कृष्णपुरका अभिभावक
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेका सामुदायिक विद्यालयको सुधारका लागि स्थानीय अभिभावक नै अग्रसर हुन थालेका छन् ।
‘‘कृषिमा छाडा चौपाया र बजारीकरण प्रमुख समस्या’’
कैलालीको टीकापुर नगरपालिका-२ की सरिता घर्तीमगरसँग १० कट्ठा जमिन छ । त्यही जग्गामा खेतीपाती गरी गुजारा गर्दै आउनुभएकी सरिताले यसपालि हिउँदे खेती लगाउनुभएन, खेत बाँझै रह्यो । छाडा पशु चौपायाको सास्तीले उहाँले खेती नलगाउनुभएको हो ।
मोहन्यालमा नौ वटा सिँचाइ योजनाको काम सुरु
कैलालीको मोहन्याल गाउँपालिकाका पाँच वडामा नौ वटा सिँचाइ योजनाको काम सुरु भएको छ । कृषकको खेतबारीमा सिँचाइ सुविधा पुर्याउन वडा नम्बर ३, ४, ५, ६ र ७ मा सिँचाइ योजनाको काम सुरु गरिएको हो ।
दलित बस्तीमा खानेपानीको समस्या
बुढीनन्दा नगरपालिका–७, सेरकाटिया दलित बस्तीमा खानेपानीको समस्या भएको छ । २०५० सालमा निर्माण भएको भैँसापानी प्याउना खानेपानी योजनाले बस्तीमा पानी सुविधा दिएको थियो । पछिल्लो समय उक्त खानेपानी योजनाको मर्मतसम्भार नहुँदा पाइपलाइन फुटेर बिग्रिँदै गएपछि खानेपानीको अभाव भएको हो । परिवारको सङ्ख्या धेरै र खानेपानीको धारा कम भएको र धारा पनि बिग्रिँदै गएपछि दलित बस्तीमा खानेपानी समस्या देखिएको स्थानीय जसवीर विकले बताउनुभयो ।
सरकारी विद्यालयमा स्मार्ट बोर्डबाट पठनपाठन
कैलालीको ग्रामीण भेगमा रहेको एक सरकारी विद्यालयमा स्मार्ट बोर्डबाट पठनपाठन सुरु भएको छ।धनगढी उपमहानगरपालिका–१२ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालयले १ देखि १० कक्षासम्म स्मार्ट बोर्डबाट पठनपाठन सुरु गरेको हो।
महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ ।
पुल निर्माणको काम अलपत्र
कैलालीको ६ लेन सडकमा पुल निर्माणको काम अलपत्र परेको छ । गोदावरी नगरपालिका –५ स्थित मनहरा र सुनी खोलामा पुल निर्माणको काम अलपत्र परेको हो ।
सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने
कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने बताएको छ । अहिले मलको आपूर्ति सहजरूपमा भइरहेकाले मल अभाव नहुने केन्द्रको भनाइ छ ।
जिप दुर्घटनामा पूर्व वडाध्यक्षको निधन
जिप दुर्घटना हुँदा एक जना पूर्व वडाअध्यक्षको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । मंगलबार जिल्लाको पूर्वतर्फ रहेको नवदुर्गा गाउँपालिकाबाट फर्किरहेको से १ ज २०६७ नम्बरको अल्टो जिप अमरगढी नगरपालिका –७ भुमाडीमा दुर्घटना भएको हो ।
द्वारिकाका नाममा करोडौं खर्च, स्मारक अलपत्र
द्वारिकादेवी ठकुरानीका नाममा प्रदेश र स्थानीय सरकारले विभिन्न कार्यक्रम गरि करोडौं रुपियाँ खर्च गरे पनि उहाँको स्मारकको जीर्णोद्धार गर्न कुनै कार्यक्रम नल्याएपछि सालिक ढल्ने अवस्थामा पुगेको छ ।
पासोमा परेको चितुवाको उद्धार गरिँदै
बैतडीमा मानव–वन्यजन्तुबिचको द्वन्द्व बढ्दै गएको छ । मङ्गलबार बिहान सिगास गाउँपालिका–९ च्वाँभेरीखोलामा मानिसले थापेको पासोमा चितुवाको गोडा फसेको छ ।
देखियो अति सङ्कटापन्न खरमजुर
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अतिसङ्कटापन्न खरमजुर देखिएको छ । जङ्गल सफारीका क्रममा घाँसे मैदानमाथि उड्दै गरेको अवस्थामा खरमजुर देखा परेको नेचरगाइड महानन्द जोशीले जानकारी दिनुभयो । यसअघि चैत दोस्रो साता शुक्लाफाँटामा गरिएको खरमजुर गणनाका क्रममा सो प्रजातिको चरा एउटा पनि फेला परेका थिएनन् । शुक्लाफाँटामा केही सङ्ख्यामा खरमजुर रहेको तथ्याङ्क रहे पनि पहिलो चरणको गणनाका क्रममा खरमजुर नभेटिएपछि गणना टोली निराश भएर फर्किएको थियो ।
बझाङ प्रदेश सभाका विजेता सरकार निर्माणमा निर्णायक
बझाङमा प्रदेश सभा (क) क्षेत्रमा उपचुनाव भइरहेको छ । धेरैलाई लाग्छ, एक क्षेत्रमा भएको हारजितले के फरक पार्छ र । सो क्षेत्रबाट निर्वाचित भएर आउने प्रदेश सभा सदस्य भने सुदूरपश्चिम प्रदेश सरकार निर्माणमा निर्णायक हुने छन् । प्रदेश सरकारका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री तथा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा परेर मृत्यु भएपछि यहाँ वैशाख १५ गते उपचुनाव हुँदै छ । यो क्षेत्र प्रदेश सरकार गठनका लागि निर्णायक भएकाले चुनावमा होमिएका प्रमुख दलहरूले यसलाई प्रतिष्ठाको लडाइँ बनाएका छन् । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बाट जो जसले जिते पनि वर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाउने पक्कापक्की छ ।
घोडाघोडी ताल ढाक्ने झाडी हटाइँदै
जैविक विविधताले महत्वपूर्ण तराईकै ठुलो सिमसार क्षेत्र घोडाघोडी ताल मिचाहा प्रजातिको वनस्पतिले ढाक्दै गएपछि सरसफाइको प्रयास थालिएको छ । २०७८ सालमा प्रदेश सरकारले नेपालको पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरेसँगै पहिलो पटक घोडाघोडी तालको मिचाहा प्रजातिको वनस्पति बेसरमको झाडी हटाउन थालिएको हो ।
शुक्लाफाँटामा बाघ बढे
महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ । दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ ।
नसर्ने रोगसम्बन्धी परियोजना शुभारम्भ
कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकामा नसर्ने रोगसम्बन्धी परियोजना सुरु गरिएको छ ।
कैलालीमा पाँच अर्ब राजस्व सङ्कलन
कैलाली भन्सार कार्यालय धनगढीले नौ महिनामा रु. पाँच अर्ब ७३ करोड ४३ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले चालु आव २०८०-८१ को साउनदेखि चैत मसान्तसम्म उक्त राजस्व सङ्कलन गरेको हो ।