आवश्यकता अनुसार कानुन बनाउन पाएका छैनौँ
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसँग भौगोलिक सिमाना जोडिएको वराहताल गाउँपालिका सडक पूर्वाधारको समस्या खेपिरहेको छ । पर्यटकीय स्थल वराहतालको नामबाट नामकरण गरिएको यस पालिका भूगोलका हिसाबले ठुलो र भौगोलिक रूपमा विकट छ । सो पालिकाको अध्यक्षमा हुनुहुन्छ, भीमबहादुर भण्डारी । नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष भण्डारी पालिकाका लागि आवश्यक नीति, नियम, ऐन, कानुन, कार्यविधि निर्माण गर्नुलाई आफ्नो कार्यकालको सफलताका रूपमा लिनुहुन्छ । आवश्यक ऐन कानुनले पालिकाको काममा सहज भएको अनुभव उहाँको छ । प्रस्तुत छ, अध्यक्ष भण्डारीसँग गोरखापत्रका काँक्रेविहार समाचारदाता नवीन शाहीले गर्नुभएको कुराकानी :
लागुऔषधको अखडा बन्दै सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेश लागुऔषध कारोबारी तथा प्रयोगकर्ताका लागि मुख्य अखडा बन्न थालेको छ । लागुऔषध कारोबारीले कारागार र प्रयोगकर्ताका कारण सुधारगृह भरिन थालेका छन् । लागुऔषध कारोबार तथा सेवनमा बालबालिकादेखि वृद्धसम्म संलग्न रहेको पाइएको छ । लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार लागुऔषधका लागि काठमाडौँपछि कैलाली जिल्ला दोस्रो स्थानमा छ ।
टीकापुरमा सेनाको ब्यारेक राखिँदै
टीकापुरमा नेपाली सेनाको क्याम्प राख्न पहल थालिएको छ । टीकापुर नगरपालिकाले २०७५ सालमै जग्गा उपलब्ध गराउने निर्णय पठाए पनि काम सुरु हुन सकेको थिएन ।
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ धनगढीमा चलचित्र काँडेतारको ‘च्यारिटी सो’ हुने भएको छ ।
आगो बालेर दुर्गम गाउँमा बिजुली बिस्तार
विकास गर्न बजेट भएर मात्र होइन, कर्मचारीमा काम गर्ने इच्छाशक्ति आवश्यक पर्छ भन्ने कुरा अहोरात्र खटेर दुर्गम गाउँमा बिजुली बलेपछि पुष्टि भएको छ ।
पाहुनाको रोजाइमा ढिक्री र सिन्की
कैलाली जिल्लाको भादामा सञ्चालित थारू होमस्टे (घरबास) भ्रमणमा पुगेका मुख्यमन्त्री कमलबहादुर शाहले थारू भाषामा ‘महिन आकुर सिन्किक् टिना देऊ’ (सिन्कीको तरकारी अझै दिनुहोस्) भन्नुभयो । थारू समुदायको रैथाने परिकार ढिक्री र सिन्की आफ्नो मन पर्ने परिकार भएकाले थपेर खाएको भनाइ उहाँको छ । थारू भाषा तथा संस्कृतिसँग चिरपरिचित मुख्यमन्त्री शाहका लागि थारू परिकार कुनै नौलो चिज थिएनन् ।
सेती नदीमा जोखिमपूर्ण वारपार
दुई वर्षअघि अविरल वर्षासँगै सेती नदीमा आएको बाढीले केदारस्युँ गाउँपालिका र थलारा गाउँपालिका जोड्ने देउरास्थित झोलुङ्गे पुल बगाएपछि स्थानीयलाई खोला वारपार गर्न जोखिम भएको छ । स्थानीय पूर्वाधार विकास आयोजना कैलालीले झोलुङ्गे पुल निर्माणका लागि ठेक्का लगाएको एक वर्ष बितिसक्दा पनि निर्माण सुरु नहुँदा स्थानीयले यस्तो समस्या भोग्दै आएका हुन् ।
कञ्चनपुरमा ‘सिकलसेल एनिमिया’ रोगको जोखिम
पछिल्लो समय कञ्चनपुर पनि सिकलसेल एनिमिया तथा थालेसिमिया रोगको जोखिममा छ । रानाथारु समुदायमा यो रोगको जोखिम देखिएपछि जिल्ला स्वास्थ्य कार्यालयले निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार पाँच सय ५० जनाको रगत परीक्षण गरेको थियो ।
थलारा गाउँपालिकाद्वारा गाउँमै गएर योजना सम्झौता
शनिबार दिउँसो जिल्लाको थलारा गाउँपालिका–९ मालुमेलास्थित वडा कार्यालयमा भिडभाड थियो । कोही स्थानीय बजारमा फोटोकपी गर्न, फाइल किन्न स्टेसनरी पसलमा लाइनमा थिए भने कोही काखीमा फाइल च्याप्दै वडा कार्यालयमा जाँदै थिए ।
शुक्लाफाँटामा दश शय्याको नगर अस्पताल
शुक्लाफाँटा नगरपालिका–४ असैनामा १० शय्याको नगर अस्पताल भवन निर्माण थालिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको रु पाँच करोड ४७ लाख २९ हजार आठ सय ४७ ९मूल्य अभिवृद्धिकरबाहेक०मा ठेक्का प्रक्रियामार्फत निर्माण भइरहेको छ ।
भट्टलाई हटाउने निर्णय अविलम्ब सच्याउन माओवादी प्रदेश कमिटीको निर्देशन
नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश संसदीय दललाई नेता खगराज भट्टलाई दलको नेताबाट हटाउनले निर्णय अविलम्ब सच्याउन निर्देशन दिएको छ ।
सेवानिवृत्त शिक्षकको शैक्षिक उन्नयनमा निःशुल्क सहयोग गर्ने प्रतिबद्धता
कैलालीका सेवानिवृत्त शिक्षकहरू आफूहरूसँग रहेको विज्ञतालाई स्थानीय पालिकाले प्रयोग गर्न नसकेको बताउँछन् । कैलालीको टीकापुरमा भएको सेवानिवृत्त शिक्षकको भेलाले शैक्षिक सुधारमा निःशुल्क सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
शुक्लाफाँटाको गजराज ‘शेषचन्द्र’ले अब पर्यटक घुमाउने
एक वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट आमा नारायणकलीसँगै शुक्लाफाँटा ल्याइएको गजराज शेषचन्दलाई गत पुसदेखि तालिम दिन थालिएको हो । शनिबार शेषचन्द्रले तालिम पू्रा गरेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत प्रमोद भट्टराईले निकुञ्जमा हात्तीलाई प्रयोग गर्न तालिम दिनुपर्ने भएकाले अढाई वर्षको हात्तीलाई प्रशिक्षण दिएको बताउनुभयो ।
दुर्गम स्वराड सुगमतर्फ
भारतीय गाउँको बिजुली हेरेर अँध्यारोमा बस्न बाध्य तल्लो स्वराड क्षेत्रमा राष्ट्रिय प्रसारणको बिजुली र सडक सुविधा एकैसाथ पुगेपछि अँध्यारो स्वराड उज्यालो बन्न थालेको छ । सर्वसाधारणले दुर्गम स्वराडलाई सुगम उन्मुख रूपमा लिन थालेका छन् । राष्ट्रिय प्रसारण लाइनसँगै सडक सञ्जाल पुगेपछि भारतसँगको परनिर्भरता हटेको छ । केही वर्षअघिसम्म नेपाली मुद्रासमेत नचल्ने तल्लो स्वराड क्षेत्रका तीन वटा स्थानीय तहमा अहिले नेपालकै बिजुली बल्न थालेको छ ।
कृषि सडक निर्माण सुस्त
कैलालीको धनगढी उपमहानगरपालिकास्थित उर्मी हुँदै भादा, कैलारी गाउँपालिका जोड्ने कृषि सडक निर्माण सुस्त बनेको छ । निर्माण कम्पनीले तदारुकता नदेखाउँदा सरकारको प्राथमिकता प्राप्त कृषि सडक निर्माण सुस्त बनेको हो । ठेकेदारले सुरुवाती चरणमा सडकमा डोजर चलाए पनि काममा तदारुकता नदेखाएको स्थानीयको आरोप छ । भएको सडक भत्काएर निर्माण कम्पनीले काममा ढिलासुस्ती गर्दा आउजाउ गर्न समस्या भइरहेको थारू होमस्टे गाउँ भादा पर्यटन व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले बताउनुभयो ।
खोलाको पानी पिउन बाध्य
सिगासको थला गाउँको दलित बस्तीमा खानेपानीको समस्या भएको छ । यहाँको २५० घरधुरी एक घण्टा ओरालो झरेर ढडेखोलाको पानी पिउन बाध्य छन् । सिगास गाउँपालिका–६, थला गाउँ दलितबस्तीमा खानेपानी नहुँदा समस्या भएको स्थानीय नरेन्द्र विकले बताउनुभयो । हिउँदमा खोलाको पानी र बर्खा लागेपछि आकासे पानी पिउनुपर्ने बाध्यता रहेको छ ।
कृषि र पर्यटनका क्षेत्रमा लगानी गर्न आग्रह
सुदूरपश्चिम प्रदेशमा लगानी जुटाउने विषयमा सो प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को प्रतिनिधिमण्डलबिच छलफल भएको छ । एनआरएनएका पूर्वउपाध्यक्ष अर्जुनकुमार श्रेष्ठका अनुसार सो छलफलका क्रममा मन्त्री शाहीले कृषि र पर्यटनका क्षेत्र प्रदेश सरकारको प्राथमिकताको विषय भएको बताउँदै लगानी गर्न एनआरएनएका अगुवाहरूलाई आग्रह गर्नुभएको थियो ।
असहायका लागि भवन निर्माण हुँदै
कैलालीमा रहेका असहाय, मानसिक रोगीका लागि भवन निर्माण हुने भएको छ । सडकमा अलपत्र परेका, मानसिक रोगी, असहायहरुलाई साहरा दिंदैआएको साहरा घर नामक संस्थाले सो भवन निर्माण गर्न लागेको हो ।
टीकापुर बजारमा थुप्रियो फोहोर
टीकापुर बजारको फोहोर नउठेपछि थुप्रिन थालेको छ । नगरपालिकाले फोहोर उठाउन छोडेपछि फोहोर राख्ने भाँडाहरु भरिएका छन् ।
सुदूरपश्चिममा कुष्ठरोगको जोखिम अझै कायमै
सुदूरपश्चिम प्रदेशमा कुष्ठरोगको जोखिम अझै कायमै रहेको छ। ८८ पालिका रहेको यो प्रदेशको ४५ पालिकामा अझै पनि एक भन्दा बढी कुष्ठरोगी रहेका कारणले यो कुष्ठरोगको जोखिम कायमै रहेको हो।
किसानलाई ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल
व्यावसायिक तरकारीखेतीमा संलग्न कृष्णपुर नगरपालिका-६ का एक सय १० किसानलाई ५० प्रतिशत अनुदानमा प्लाष्टिकको टनेल उपलब्ध गराइएको छ । तरकारीखेती गर्नमा सघाउ पुर्याउनका लागि वडा कार्यालयले चालु आवको स्वीकृत कार्यक्रमअन्तर्गत तीन लाख बजेटमा किसानलाई टनेल उपलब्ध गराएको हो ।
केराको थामबाट रेसा उत्पादन
कैलालीको टीकापुर–८ स्थित धनसिंहपुरमा केराको थामबाट रेसा उत्पादन थालिएको छ । धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाले उद्योग स्थापना गरी रेसा उत्पादन थालेको हो ।
प्रदेश विपद् ऐन संशोधन विधेयकमाथि छलफल सुरु
सुदूरपश्चिम प्रदेशको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रदेश सभामा छलफल सुरु गरिएको छ ।
अलपत्र पर्यो लिफ्ट सिँचाइ आयोजना
शुक्लाफाँटा नगरपालिका-९ सिसैयामा आठ वर्षअघि निर्माण भएको लिफ्ट सिँचाइ आयोजना अलपत्र परेको छ । सिँचाइ आयोजना पूर्णरुपमा सम्पन्न नगरी अलपत्र छाडिएको हो ।