• २९ वैशाख २०८१, शनिबार

बझाङको मतपेटिका हेलिकप्टरमार्फत ओसारियो

blog

हेलिकप्टरमार्फत मतपेटिका ओसारिदै ।

शैलेन्द्र रोकाया 

बझाङ, बैशाख १६ गते । बझाङको प्रदेश (क) को उपनिर्वाचनका लागी जिल्लाको बिकट साइपाल गाउँपालिकाबाट सोमबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत मतपेटिका ओसारेको छ । 

शनिबार भएको निर्वाचनमा जिल्लाको प्रदेश (क) का साईपाल गाउँपालिका बाहेक सबै मतदान केन्द्रबाट मतपेटिका शनिबार राति नै जिल्ला सदरमुकाम चैनपुर पुगाइएको छ ।  

मुख्य निर्वाचन कार्यालयले आइतबार (आज)  बिहान ११ बजे सर्वदलीय बैठक राखेर आज दिउँसोबाट मतगणना गर्ने कार्यक्रमको तयारी गरेको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भन्नुभयो, “सबै मतदान केन्द्रबाट मतपेटिका आइसकेको छ । आज बिहान ११ बजे सर्वदलीय बैठकपछि दिउँसो १ बजेबाट मत गणना गर्ने तयारी छ” । 

जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको छ । जिल्लाभरी ४९.११ प्रतिशत मत खसेको समेत मुख्य निर्वाचन कार्यालयले जनाएको छ । ६१ हजार ७७४ मतदाता रहेको बझाङ प्रदेश (क) मा ३० हजार २२८ मत खसेको छ । जसमा पुरुष १४ हजार ४२९ र महिला १५ हजार ८९९ रहेको समेत मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।