• १ जेठ २०८१, मङ्गलबार

बझाङमा मतगणना सुरु

blog

बझाङमा भइरहेको उपनिर्वाचनको मतगणना सुरु । तस्बिर : भूमिराज पिठातोली/रासस

शैलेन्द्र  रोकाया
बझाङ, वैशाख १६ गते ।
बझाङमा मतगणना सुरु भएको छ । आइतबार दिउँसोबाट बझाङ  प्रदेश सभा १ को मतगणना सुरु भएको हो ।

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार सर्वदलीय बैठकले आचारसंहितामा तयार गरेसँगै मतगणना सुरु भएको हो । छविसपाथिभेरा गाउँपालिकाको १ र २ वडाको मतगणना भइरहेको छ ।

शनिबार बझाङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा उपनिर्वाचन भएको थियो । आइतबार बिहानसम्म मतपेटीका सदरमुकाम चैनपुरमा सङ्कलन गरिएको थियो ।