• २५ वैशाख २०८१, मङ्गलबार

चितुवाको आक्रमणबाट घाइते

blog

चितुवा । फाइल तस्बिर

महेन्द्रनगर (कञ्चनपुर), वैशाख १४ गते । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा चितुवाको आक्रमणमा परी एक युवक घाइते भएका छन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक आनन्द चन्दका अनुसार शुक्लाफाँटा-८ स्थित भगवती सामुदायिक वनमा चितुवाको आक्रमणबाट स्थानीय २६ वर्षीय रविन्द्र धामी घाइते भएका हुन् । 

वनमा स्याउला टिप्न गएका बेला चितुवाले उनलाई आक्रमण गरी घाइते बनाएको हो । घाइते धामीको कैलालीको धनगढीमा उपचार भइरहेको छ । पारिफाँटा, मरभोजलगायत क्षेत्रमा पछिल्लो समय चितुवाले स्थानीयलाई आक्रमण गर्ने क्रम बढेको स्थानीयले बताएका छन् । भवगती सामुदायिक वनका अध्यक्ष केशव धामीले वनको नर्सरीभित्र चन्दले स्याउला टिपिरहेका बेला चितुवाले आक्रमण गरेको बताउनुभयो । उनको हात र टाउकोमा घाउ छ । रासस