बाजुराको कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदी
बाजुरामा रहेको कारागार भवन जीर्ण भएको छ । भूकम्पले चर्किएर चिराचिरा परेको भवनमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी रात कटाउन बाध्य छन् । अपराध गरेर सुधारका लागि बनाइएको कारागारको कैदीबन्दी भवन नै भूकम्पका कारण चिराचिरा परेपछि उनीहरु डरले रात बिताउने गरेका छन् ।
सुदूरपश्चिममा आजै नयाँ सरकारको गठनका लागि आह्वान गरिने
सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि आज आह्वान हुने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार साँझ राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाले आजै नयाँ सरकार गठनका लागि आव्हान गर्ने तयारी भएको छ ।
बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु
जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको हो ।
परीक्षाफल नआउँदै पाठ्यपुस्तक विद्यालयमा
वार्षिक परीक्षा दिएर बसेका विद्यार्थीले परीक्षाफल प्रकाशन गर्नुअगावै पाठ्यपुस्तक पाउने भएका छन् । गत वर्ष नयाँ भर्ना गरेको छ महिना हुँदासम्म पाठ्यपुस्तक नपाएका विद्यार्थीले यस पटक छिट्टै पाउने भएका हुन् । जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय धनगढीले चैत १३ बाट नै बाजुरा जिल्लालाई पहिलो चरणमा किताब बिक्रीवितरण सुरु गरेको छ । स्थानीय पुस्तक विक्रेताले पाठ्यपुस्तक बाजुरा पु¥याइसकेका छन् । विगतका केही वर्ष समयमै किताब नपाउँदा शिक्षकले बालबालिकालाई पढाउन निकै समस्या र सास्ती भोग्नु परेको थियो । बाजुरा जस्तो दुर्गम जिल्लालाई यस वर्ष भने पहिलो प्राथमिकतामा राखिएको बताइएको छ ।
फेरियो मार्तडी बजारको रूप
जिल्ला सदरमुकाम मार्तडीस्थित मार्तडी बजारको रूप फेरिएको छ । बडीमालिका नगरपालिकाले मार्तडीमा रहेका पुराना संरचनना भत्काई नयाँ निर्माण गरेसँगै बजारको रूप फेरिएको हो । बिचबाटोमा अलपत्र परेको खानेपानीका पाइप, सडक तथा सडक पेटीलगायतका संरचना व्यवस्थित गरेसँगै बजारको मुहार फेरिएको बडीमालिका नगरपालिका–८ का स्थानीय रामबहादुर बोहोराले बताउनुभयो । “सरकारी कामकाजका लागि सदरमुकाम मार्तडी आउने सेवाग्राहीलाई बास बस्न समस्या थियो, पछिल्लो समयमा भने सुविधासम्पन्न होटल तथा लज निर्माण गरिएका छन्,” उहाँले भन्नुभयो ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहको राजीनामा
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिनुभएको छ । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा बुझाउनुभएको हो ।
राजीनामा दिँदै सुदूरपश्चिमका मुख्यमन्त्री
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने तयारी गर्नुभएको छ। बिहीबार विश्वासको मत लिने तयारी गर्नुभएका शाहले विश्वासको मत प्राप्त नहुने देखेपछि राजीनामा दिने तयारी गर्नुभएको हो।
ट्याक्टर दुर्घटना हुँदा भारतीय नागरिकको मृत्युु, ११ घाइते
धनगढीमा ट्याक्टर दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्युु भएको छ । बिहीबार दिउँसो धनगढी उपमहानगरपालिका १२ जुगेडा ‘बी’ गाउँमा भारतबाट जन्ति बोकेर आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार अन्दाजी ३० वर्षका गोविन्द रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्रीले ५ बजे विश्वासको मत लिने
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज दिउँसो ३ बजे लिने भनिएको विश्वासको मत ५ बजे लिने हुनुभएको छ ।
धारापानीमा सडकले ल्याएको सहजता
शुक्लाफाँटा नगरपालिका-८ धारापानीका भुवन गौतम सवारीसाधन घरआँगनमै पुग्दा निकै खुसी हुनुहुन्छ । उहाँको गाउँसम्म ट्रयाक्टर र मोटरसाइकलमा सामान ढुवानी हुन थालेको छ ।
पर्यटन प्रवर्धनका नाममा मास्दै सिमसारको सौन्दर्य
पर्यटन प्रवर्धनका नाममा पूर्वाधार विकास तथा सर्वसाधारणको बाक्लो चहलपहलका कारण सिमसार क्षेत्रको प्राकृतिक सौन्दर्य र स्वरूप नासिँदै गएको छ । यसले पर्यावरणमा पनि असर पारिरहेको विज्ञको भनाइ छ । रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल जैविक विविधताले महत्वपूर्ण भए पनि अव्यवस्थित पूर्वाधार तथा विकास निर्माणले प्राकृतिक स्वरूप बदलिएको छ ।
बलियाले नदेखेका हलियाका समस्या
हलिया मुक्त भएको १५ वर्ष बितिसक्दा पनि मीना भुलले गाँस, बास पाउन सक्नुभएको छैन । उहाँ धुलाम्मे सडक किनारमा गिट्टी कुटेर छाक टार्दै आउनुभएको छ । बिहान उज्यालो नहुँदै सडक किनारमा आइपुग्ने अर्का मुक्त हलिया केशे भुल दिनभर कुटेको गिट्टी प्रतिकट्टा ८० रुपियाँमा पनि बिक्री नहुँदा छाक टार्न समस्या भएको बताउनुहुन्छ ।
मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेश सभाबाट विश्वासको मत लिदैं हुनुहुन्छ । तत्कालीन सहयात्री दलहरूले साथ छोडेपछि आफ्नो पक्षमा बहुमत जुटाउन उहाँले विश्वासको मत लिन लाग्नु भएको हो ।
धनगढी–दिपायल द्रुतमार्ग धमाधम कालोपत्र हुँदै
सडक निर्माणका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारले रु. २५ करोड बजेट विनियोजन गरेपछि कालोपत्रको काम पनि प्रारम्भ गरिएको सडक आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाले बताउनुभयो । उक्त सडकखण्ड एक महिनाभित्रै कालोपत्र सम्पन्न हुने गरी धमाधम काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
रैथाने प्याजको प्रमाणीकरण
घरायसी उपभोगका लागि प्रयोग हुने बैतडी जिल्लाको रैथाने प्याजलाई राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्र (नार्क) ले प्रमाणीकरण गरेको छ । ठुलो गाना, सेतो र हरियो धर्सा भएको रैथाने प्याजलाई ‘बैतडी स्थानीय प्याज’ नाम दिइएको छ । नार्कले बैतडीको प्याजलाई मान्यता दिएसँगै दशरथ चन्द नगरपालिका–२, थलालगाउँका महिला किसानले बिउका लागि सामूहिक प्याज खेती नै सुरु गरेका छन् । २४ रोपनीमा सामूहिक प्याज खेती गरेर बिउ उत्पादन सुरु गरिएको छ । त्यस्तै जिल्लाबाहिर र भित्र प्याजको बिउ बिक्री गरेर थलालगाउँका महिला किसानले २० लाख रुपियाँ भित्र्याएका छन् । बैतडीको प्याजको बिउ प्रतिकिलो पाँचदेखि छ हजार रुपियाँसम्म बिक्री हुन थालेको छ ।
बैङ्कले कर्जा नदिँदा समस्या
बैङ्क तथा वित्तीय संस्थाले कर्जा नदिँदा व्यवसायी समस्यामा परेका छन् । स्थानीय तहमा दर्ता तथा नवीकरण भएका व्यवसायीलाई बैङ्क तथा वित्तीय संस्थाले कर्जा नदिँदा व्यवसायी समस्यामा परेका हुन् । बडीमालिका नगरपालिकाले व्यवसायी दर्ता, कार्यविधि र करसम्बन्धी गरेको छलफल कार्यक्रममा व्यवसायीले स्थानीय तहमा दर्ता तथा नवीकरण भएका व्यवसायीलाई बैङ्क तथा वित्तीय संस्थाले कर्जा नदिँदा समस्या भएको बताएका हुन् ।
कैलालीमा ट्रकमा आगलागी
कैलालीमा एक ट्रकमा आगलागी भएको छ। उखु बोकेर कञ्चनपुरबाट बर्दियाको राजापुरतर्फ गइरहेको ना ५ ख ४२६९ नम्बरको ट्रकमा आज आगलागी भएको हो।
उन्मुक्ति पार्टीको केन्द्र र प्रदेशमा फरक–फरक ह्विप
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी र दलका सदस्यलाई नियन्त्रण गर्न आक्रामक देखिनुभएको छ ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्षद्वारा मुख्यमन्त्रीलाई विश्वासको मत नदिन 'ह्विप'
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन 'ह्विप' जारी गर्नु भएको छ ।
रुखबाट लडेर महिलाको मृत्यु
भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको हिमाली गाउँपालिका –५ रिठ्ठाकी आपसरी बुढथापा रहनुभएको छ ।
महाकाली सिँचाइ आयोजनाः असारसम्म दुई हजार हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य
महाकाली सिँचाइ आयोजनाको तेस्रो चरण अन्तर्गत आगामी साढे दुई महिनामा दुई हजार हेक्टर क्षेत्रफल सिँचाइ पुर्याउने लक्ष्यसहित काम अघि बढाइएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको यस आयोजनाको तेस्रो चरण अन्तर्गत हाल मूल नहरसँगै शाखा नहर निर्माण भइरहेको छ ।
सङ्कटमा भेडापालन
बाजुराको बुढीनन्दा नगरपालिका–१० का चीनबहादुर विष्ट गर्मी लागेसँगै भेडा लिएर औलबाट गाउँतिर फर्किंदै हुनुहुन्छ । गत कात्तिकमा लेकबाट औलतिर झरेका विष्ट अहिले लेकतिर फर्किन लाग्नुभएको हो । विष्टसँगै अन्य तीन परिवार पनि छिमेकी जिल्ला अछाममा चरिचरनका लागि लिएका भेडाबाख्रासहित बिच बिचमा बास बस्दै घर (लेकतिर) फर्किंदै छन् । चिसो मौसममा औलतिर झर्ने र गर्मीमा लेकतिर जाने भेडापालकको दैनिकी नै हो ।
धनगढीमा राष्ट्रिय खो खो हुने
नेपाल खो खो सङ्घको आयोजनामा चैत २४ देखि २७ गतेसम्म सुदूरपश्चिको धनगढीमा प्रथम यु–२१ राष्ट्रिय पुरुष तथा महिला खो खो प्रतियोगिता हुने भएको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले चैत २२ मा विश्वासको मत लिनुहुने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चैत २२ गते विश्वासको मत लिनुहुने भएको छ ।