• १२ साउन २०८१, शनिबार

ट्याक्टर दुर्घटना हुँदा भारतीय नागरिकको मृत्युु, ११ घाइते

blog


भावना जोशी
अत्तरिया, चैत २२ गते । धनगढीमा ट्याक्टर दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्युु भएको छ । बिहीबार दिउँसो धनगढी उपमहानगरपालिका १२ जुगेडा ‘बी’ गाउँमा  भारतबाट जन्ती बोकेर आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार अन्दाजी ३० वर्षका गोविन्द रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनामा १० जना भारतीय नागरिक घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ००२ त ५८५२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको र मृतक रानाको शव पोष्टकार्टमका लागि सेती प्रादेशिक अस्पतालमै  राखिएको प्रहरीले जनाएको छ ।