• १२ साउन २०८१, शनिबार

कैलालीमा ट्रकमा आगलागी

blog

आगो निभाउँदै सुरक्षाकर्मी।

अविनाश चौधरी

धनगढी, चैत २१ गते। कैलालीमा एक ट्रकमा आगलागी भएको छ। उखु बोकेर कञ्चनपुरबाट बर्दियाको राजापुरतर्फ गइरहेको ना ५ ख ४२६९ नम्बरको ट्रकमा आज आगलागी भएको हो। 

कैलारी गाउँपालिका–३ सुर्मीनालामा ट्रकमा विद्युत तार छोएर आगलागी भएको इलाका प्रहरी कार्यालय हसुलियाका इन्चार्ज लोकेन्द्र चन्दले जानकारी दिनुभयो। 

ट्रकमा लागेको आगोलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारणले मिलेर निभाएका छन्। आगो नियन्त्रणमा आएको चन्दले जनाउनुभयो। 

केही दिन अगाडि चिसापानीस्थित कर्णाली पुलमा लाइटर बोकेको र पूर्वपश्चिम राजमार्गमा खुर्सानी बोकेको ट्रकमा आगलागी भएको थियो। कर्णालीमा ट्रकमा लागेको आगोले पुलमासमेत क्षति पुर्‍याएको थियो।