काठमाडौँ, जेठ १८ गते । युइएफए च्याम्पियन्स लिगको उपाधि फ्रेन्च महारथि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जितेको छ ।
जर्मनीमा शनिबार राति भएको फाइनलमा पिएसजीले इटालियन क्लब इन्टरमिलानलाई ५–० गोलले हराउँदै उपाधि जितेको हो । भर्खर फ्रेन्च लिग वान विजेता पिएसजी पहिलो पटक च्याम्पियन्स लिग च्याम्पियन बनेको हो ।
एकपक्षीय खेलमा पिएसजीलाई जित दिलाउन डेसिरे डुएले दुई तथा अचरफ हाकिमी, ख्विचा क्वारात्स्खेलिया र सेनी मायुलुले एक एक गोल गर्नुभयो । खेल भर पिएसजीको दबाब झेलेको इन्टरको गोल फर्काउने प्रयास सफल बन्न सकेन । एजेन्सी